Sunday, June 13, 2021
Home भर्खरै संकटकाल लगाएर भएपनि ओली चुनावमा जान्छन् : डा. दिक्षित

संकटकाल लगाएर भएपनि ओली चुनावमा जान्छन् : डा. दिक्षित

,

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले देश अहिले ठूलो संकटबाट गुज्रिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले भने,–‘अहिले हामी अत्यन्तै जोखिमपूर्ण अवस्थामा छौं । देशको अवस्था यस्तो छ कि निकट भविष्यमा के हुन्छ ? भन्नेपनि थाहा छैन् । यो अन्यौलग्रस्त र डरलाग्दो स्थिति हो । हामी जनताले धोकामात्रै पायौं । नेकपाका नेताहरुले ठूलो पाप गरे । केही काम गरेनन् ।’

शनिवार राजधानीमा आयोजित कार्यक्रममा डा. दिक्षितले आफूहरु जनताले नेकपा नेताहरुको पदीय भागबण्डा र लोभका कारण धोका पाएको भएपनि प्रचण्डको ग्रुपले चाहीँ ओली नमरिदिएकोले धोका पाएको भन्दै कडा टिप्पणी गरे । उनले भने,‘नेकपाले सरकार गठन गरेको दिनदेखि, त्यो भन्दा अलिक अगाडि दिनदेखि नै यीनीहरुबीच यत्रो झैझगडा भएको रहेछ, मुलुकको त वास्ता रहेनछ उनीहरुलाई, उनीहरु त कसले प्रधानमन्त्री पड्काउने ? कहिले पड्काउने ? अढाई वर्ष पड्काउने कि अहिले पड्काउने ? अथवा गिद्धजस्तो भएर कुन बेला ओली मर्ला भनेर बसेका रहेछन् । अब अनफर्चुनेट्ली, ओली मरिदिएनन्, ओलीजी त मरिदिनुभएन, उहाँ त झन अहिले तन्दुरुस्त, हिजो देखिहाल्नुभयो उहाँ तन्दुरुस्त हुनुहुन्छ, त्यसैले यीनले धोका खाए, हामीले त धोका खायौं, खायौं, तर विचरा प्रचण्ड ग्रुपले पनि धोका खाएकै हुन्, किनभने हामीले धोका खायौं, यीनको बेईमानीबाट, प्रचण्डले धोका खाए ओली नमरिदिएकोले ।’

उनले अहिलेपनि नेपाल कोरोनाको जोखिममा रहेको अवस्था सुनाए । तर, नेपाली जनताको स्वास्थ्यमा खेलबाड गर्ने काम नेताहरुले गरिराखेको उनको गुनासो छ । उनले भने,‘आफू प्रधानमन्त्री बन्नको लागि जनता मार्ने ? दिनहुँ आन्दोलन भएका छन्, खोई मास्क ? नेताहरु त स्वार्थी र लोभी रहेछन् ।’ उनले ओली र प्रचण्ड भित्रभित्र काटाकाटको अवस्था रहेको तर बाहिर देखाउँदा मिलेको जस्तो गरेर नाटक गरेको पनि आरोप लगाए । त्यस्तै, ओली र माधव नेपालबीच पनि काटाकाटकै अवस्था रहेको पनि उनले सुनाए । उनले भने–‘झन ओली र प्रचण्ड त मिल्न सम्भव नै थिएन । अहिले माधव नेपालले प्रचण्डको साथ लिएर ओलीलाई खेद्छैन् ।’ दिक्षितले नेकपालाई जनताले दिएको भोट त कुहिएर गएको रहेछ भनेर हिनताबोध गरे ।

दिक्षितले लोकतन्त्रको खम्बा भनेको न्यायापालिका भएको भन्दै यसलाई कमजोर पार्ने काम कसैबाट पनि हुन नहुने धारणा राखे । तर, अहिले न्यायालाई पनि कमजोर तुल्याउने काम भैरहेको भन्दै उनले दुःख व्यक्त गरे । उनले भने–‘हामीले न्यायलाई कमजोर बनायौं भने डेमोक्रेसी बच्न गाह«ो हुन्छ ।’

उनले नेकपाका विभाजित शक्तिहरु दुवैको आ–आफ्नो दाउ र रणनीति रहेको पनि सुनाए । प्रचण्ड र माधव नेपाल संसद पूनःस्थापनाको पक्षमा उभिएको र ओली चुनावको अन्तिम तयारीमा जुटिसकेको पनि उनले सुनाए । उनले संसद विघटनको मुद्दा अहिले सर्वोच्च अदालतको संवैधानिक इजलाशमा बहसको क्रममा रहेकोले यो विषयमा बाहिर जथाभावी टिप्पणी गर्न नहुने धारणा राखे । उनले भने–‘सर्वोच्च अदालतलाई कसैले पनि लत्याउनुहुँदैन् । बरु, संसदकोबारेमा बोलौं । तर अदालतको विषयमा नबोलौं ।’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अदालतको फैसलाप्रति सम्मान गर्ने भनेर लिएको अडान सही रहेको भन्दै उनले प्रशंसा समेत गरे ।

उनले प्रधानमन्त्री ओलीको हाउभाउ हेर्दा पनि उनी निर्वाचन जाँदैछन् भन्ने कुरा निश्चित् भएको पनि सुनाए । उनले भने,‘केपी ओली चुनावको लागि रेडी छन् । प्रचण्ड र माधव नेपाल समूह निर्वाचनमा नजाने भन्दैछन् । भोलि निर्वाचन भयो भने सबै दल निर्वाचनमा सहभागी हुन्छन् ।’ दिक्षितले प्रधानमन्त्री ओली संकटकाल लगाएर भएपनि निर्वाचनमा जाने सुनाए । चुनाव हुने भयो भने कोही पनि पाँच वर्षको लागि बाहिर नबस्ने भन्दै सबै दल निर्वाचनमा जाने पनि उनले दाबी गरे । भोलि राष्ट्रपतीय शासन लागु भएपनि त्यो ओली नै शासन गर्ने पनि उनले सुनाए ।

उनले आज दलहरु सडकमा उत्रिनुको कुनै कारण नै नभएको पनि जिकिर गरे । अदालतमा विचाराधिन भएको विषयमा यसरी सडकमा आन्दोलन गर्नुको कुनै तुक नहुने उनको भनाई छ । उनले नेपालमा यस्तो खालको संसदीय व्यवस्था चल्न नसक्ने भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीय शासन चाहिने आवश्यकत्ता औंल्याए ।

(Visited 159 times, 1 visits today)
Loading comments...

आजको समाचार

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

भालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

  स्याङ्जा । शनिवार रातीदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाँउपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि...

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

  काठमाडौं । अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५...

‘कसले भन्छ किसानले अनुदान पाउदैनन्, मलाई हेर्नुस्’

काठमाडौं । खेती किसानीमा लागेका किसानहरुको एउटा सदाबहार गुनासो हुन्छ । ‘वास्तविक किसानले कहिल्यै अनुदान पाउदैनन्, कागजपत्र मिलाएरै नक्कली किसानले सरकारी अनुदान असुल्छन ।...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

साताका लोकप्रिय समाचार

कोरोना संक्रमणबाट आमाकाे मृत्यु भएको चार दिनपछि छोराको मृत्यु

  उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ७ बेल्टार बजारमा कोभिड १९ को संक्रमणबाट ४ दिनको अन्तरालमा आमा छोराको मृत्यु भएको छ । बेल्टार बजारको प्रतिष्ठित...

मन्त्री बन्न दर्जन आकांक्षीको दौडधुप

काठमाडौं । पटकपटक मन्त्री परिषद् विस्तार र पुनर्गठन गर्दै आइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिमण्डललाई पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डललाई...

कोरोना संक्रमणबाट पत्रकार बास्तोलाको निधन

  पोखरा । कोरोना संक्रमणका कारण पोखराका अग्रज पत्रकार यज्ञप्रसाद बास्तोलाको निधन भएको छ । उनको ७० वर्षको उमेरमा गएराति पोखराको चरक मेमोरियल अस्पतालमा उपचार...

मिथिलाञ्चलमा वटसावित्री पर्वको रौनक

  जनकपुरधाम । कोरोना भाइरस र लकडाउनका कारण मिथिलाञ्चलका अधिकांश पर्व प्रभावित भएको छ । वटसावित्री पर्वमा पनि कोरोनाको असर देखिएको छ । वरको रुख...

युवा संघ पनि २ जेठकै अवस्थाबाट अगाडी बढछ : नरेश शाही

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले ‘फुटेर होईन जुटेर, व्यक्तिको लागि होईन राष्ट्रको लागि’ भन्दै एकताबद्ध भएर...

ट्रेन्डिङ

चार वर्षमा ६ किलोमिटर कालोपत्रे !

काठमाडौं । संघीय राजधानी काठमाडौंकै सडकखण्ड ठेक्का सम्झौता भएको चार वर्षमा ६ किलोमिटर मात्र कालोपत्रे भएको छ । चावहिल–साँखु...

रोनाल्डो अली दाइको कीर्तिमाननजिक

लिस्वन । युरोपेली च्याम्पियनसिप अघिको अन्तिम मैत्रीपूर्ण खेलमा इजरायलविरुद्ध ४–० को जित निकालेको गोलमा १ गोल गरेपछि टोलीका कप्तान तथा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो...

सरकार र ‘विप्लव’ समूहबीच भित्रभित्रै वार्ता

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रूपमा भित्रभित्रै वार्ता गर्दै आएको छ । सरकारी पक्षले वार्तालाई परिणाममुखी बनाउन भन्दै...

सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओली नजाने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने सर्वदलीय बैठकमा प्रधानमन्त्री तथा नेकपा...

मन्त्रिपरिषद् बैठकः सीडीओलाई सर्वस्व अधिकार

काठमाडौं । सरकारले कोरोना भाइरस नयाँ प्रजाति संक्रमण नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई शक्तिशाली बनाउने नीति लिएको छ । मन्त्रिपरिषद् बैठकले कुनै पनि...

संकट र सरकार

गत ८ वैशाखको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस भएका संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७...

अदुवाले मूल्य नपाउँदा किसान निराश

इलाम । गत वर्ष अदुवाको मूल्य पाएसँगै फाकफोकथुम गाउँपालिकाका तीन किसान गिरिजा खनालले सँधैको भन्दा धेरै खेती गरेका थिए । खनालले गत वर्ष पाँच...

राजधानीकर्मी पोखरेल सम्मानित

गुल्मी । राजधानी राष्ट्रिय दैनिकका गुल्मी जिल्ला संवाददाता हुमाकान्त पोखरेल सम्मानित भएका छन् । नयाँ बर्षको अवसरमा बुधबार पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको पद...

साउथह्याप्टनको तेस्रो स्थानमा पुग्ने अवसर गुम्यो

लन्डन । ईङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा साउथह्याप्टनले शीर्ष तेस्रो स्थानमा पुग्ने अवसर गुमायो । उल्भ्ससँग बराबरी खेलेर अंक बाड्नुपरेपछि शीर्ष तीन...

फेरिँदै उपत्यकाको सडक : तीन महिनामै नौ हजार खाल्डाखुल्डी पुरियो, २७ किमी कालोपत्र

काठमाडौँ । काठमाडौँ उपत्यकाको मुख्य सडक केही वर्ष अघिसम्म दिउँसै धुलाम्मे देखिन्थ्यो । मोटरसाइकल चालक र पैदलयात्री धुलोको ठुलो मारमा पर्थे । सरकारी कर्मचारी...

राष्ट्रियसभा निर्वाचनः बागमति प्रदेशमा आज मतदान

कोरोना संक्रमितलाई छुट्टै बुथ काठमाडौं । बाग्मती प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि आज उपनिर्वाचन हुँदै छ । निर्वाचन आयोगले कोरोना संक्रमितले पनि...

गाडीकाे पास छ भन्दैमा काठमाण्डाै नआउनुहाेला, नागढुंगाबाट फर्किनु पर्छ

काठमाडाै‌ । सवारी पास बनाइहालेँ, अब ढुक्कसँग उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनुभएको छ ? या त अब सवारी पास बनाइएर उपत्यका जान्छु भन्ने...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)