Wednesday, September 22, 2021
Your Ads Here
Homeकलाकिताव जात्रा सकियो : बिजय कुमार उत्कृष्ट, जसराजलाई ५५ हजारको सम्मान

किताव जात्रा सकियो : बिजय कुमार उत्कृष्ट, जसराजलाई ५५ हजारको सम्मान

,
sharethis

काठमाडौं । किताब यात्रा फाउन्डेसनले आयोजना गरेको किविता जात्रामा पुस्तक सम्बन्धि विभिन्न बहस भएका छन् । १७ माघबाट सुरु भएको सो जात्रा शनिबार सकिएको छ । ‘प्रेम साहित्य सम्मान’, ‘किताब जात्रा बेस्ट सेलर अवार्ड’को घोषणासँगै जात्रा सकिएको हो । कोरोना प्रभावका कारण यस वर्ष ‘किताब जात्रा’ मासमिडिया र भर्चुअल मिडियामार्फत गरियो ।

यसपटक ‘प्रेम साहित्य सम्मान’ कवि जसराज किराँतीलाई प्रदान गरिएको छ । एक समारोहबीच जात्राको समापनसँगै पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा सो सम्मान नेपाली वाङ्मयमा विशिष्ट योगदान पु-याएको भन्दै किरातीलाई गरिएको हो । उनलाई ५५ हजार ५ सय ५५ रूपैयाँ र सम्मापनपत्र प्रदान गरियो । बुईपा– ६, खोटाङ्गका ७५ वर्षिय किराँतीलाई ‘ग्रामीण जीवन स्वयम् आत्मसात् गर्दै त्यहाँका सरल तर शक्तिशाली बिम्ब कविताका अनेकन आयाममा प्रयोग गरी उच्च काव्यिक मूल्यबोध स्थापित गर्न सफल भएको’ ठहर गर्दै साहित्य सम्मान प्रदान गरिएको फाउन्डेसनका अध्यक्ष ऋषिराम अधिकारीले बताएका छन् । किराँतीलाई ‘किताब जात्रा’मा कलाकार मदनकृष्ण श्रेष्ठ–हरिवंश आचार्यले सो सम्मान प्रदान गरे । सम्मानपश्चात बोल्दै किराँतीले आफूले कविता लेख्दा कहिल्यै पनि सम्मान वा पुरस्कारबारे नसोचेको बताए, ‘मैले पढ्न पाएको पनि होइन र लेख्छु भन्ने लागेको पनि थिएन । गाउँमै बसेर स्वअध्ययन गर्दै कविता लेख्न थालियो । राम्रो लेखियो कि लेखिएन भन्ने पनि सोच्दै नसोची लेखियो र यो सम्मान पाउँदा राम्रै लेखिएछ कि भन्ने लागिरहेको छ ।’

त्यस्तै, यस वर्षको ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ विजयकुमारको किताब ‘सम्बन्धहरू’ले प्राप्त गरेको छ । अनलाइन बुकसेलिङ प्ल्याटफर्म ‘किताब यात्रा डटकम’ सञ्चालन गरिरहेको किताब यात्रा प्रा.लि.ले ‘किताब जात्रा’को अवसरमा आफ्नो प्ल्याटफर्मबाट सर्वाधिक बिक्री भएको पुस्तकलाई हरेक वर्ष यो अवार्ड दिने गरिएको किताब यात्राका सिइओ विकेश भट्टराईले जानकारी दिए । बिजय कुमारलाई उनलाई फाउन्डेसनका अध्यक्ष अधिकारी र लेखक बुद्धिसागरले अवार्ड प्रदान गरे ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   आमा बनिन् प्रियंका कार्की

विशेष अवार्डसहित सम्मानित भएका विजयकुमारले भने, ‘कुनै कृति बिक्री हुँदैमा उत्कृष्ट हुने र बिक्री नहुँदैमा नराम्रो हुने होइन । तर, कुनै पुस्तक धेरै पाठकले पढ्छन् भने त्यसको गुणवत्ताको राम्रो मूल्यांकन हुन्छ र यस्ता अवार्डले त्यसको परख गर्न सघाउ पु¥याउँछ ।’ पाठकले मन पराएको कृतिलाई विशिष्ठ पहिचान दिन यस्ता अवार्डले भूमिका खेल्ने उनले बताए ।
जात्राको सन्दर्भमा किताब यात्रा डटकमले विशेष छुटसहित किताब खरिद गर्न पनि सकिने गरी ‘किताब यात्राको किताब जात्रा अफर’ सञ्चालन गरेको किताब यात्राका निर्देशक कृपेशकिशोर घिमिरेले बताए ।

जात्रामा सात विमर्श सत्र सञ्चालन भएको थियो । पहिलो सत्रमा ‘कहाँ छौं हामी ?’ शीर्षकमा भूषिता वशिष्ठको सहजीकरणमा लेखक डा. सञ्जीव कुमार उप्रेती, बुद्धिसागर र दुर्गा कार्कीले बहस गरेका थिए । दोस्रो सत्रको बहस ‘शब्द पछ्याउँदै जाँदा’ शीर्षकमा महिला लेखकहरू माया ठकुरी, भुवन ढुङ्गाना र भागिरथी श्रेष्ठ सहभागी थिए । कवि शकुन्तला जोशीले बहस सहजीकरण गरेकी थिइन् ।

तेस्रो सेसनमा ‘पर्दाभित्र, पर्दाबाहिर’ शीर्षकमा निर्देशक प्रकाश सायमीको सहजीकरणमा नायक राजेश हमाल र नायिका करिष्मा मानन्धरले आफ्नो पठन अनुभूति सार्वजनिक गरेका थिए । सेसनअघि बलिउड कलाकार सोनु सूद मन्तव्य प्रशारण गरिएको थियो ।

‘अँध्यारोबाट उज्यालोतिर’ शीर्षक रहेको सेसनमा डा. सन्दुक रुइत, महावीर पुन र कुलमान घिसिङले आफ्नो अनुभव सुनाएका थिए । जात्रामा सप्ताव्यापी रुपमा यस्ता थुप्रै बहसहरु भए ।

तपाइको प्रतिक्रिया

(Visited 121 times, 1 visits today)

आजको समाचार

राजनीतिमा व्यक्तिको होइन, कार्यशैलीको महत्व हुन्छ

राजनीतिमा व्यक्तिको होइन कार्यशैलीको महत्व हुन्छ भने कुरा अहिले होइन प्राग, ऐतिहासिक कालबाटै मान्य हुँदै आएको हो । पूर्ववैदिक युगकै समयमा ठूलाले सानालाई बलियोले...

कुहिएको झन्डै पाँच सय टन चामल बिक्री गर्न सुर्खेत पठाइयो

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनताको स्वास्थ्यमाथि चरम खेलबाड गर्दै आएको पाइएको छ । आफ्नो गोदाममा रहेको कुहिएको झन्डै...

किन हुन्छ सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि बारम्बार आक्रमण ?

काठमाडौं । कञ्चनपुरमा सोमबार साँझ भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी...

लागूऔषध चरेस कारोबारको नयाँ शैली

काठमाडौं । लागूऔषध कारोबारमा संलग्न गिरोहले लागूऔषध चरेसको नयाँ शैलीबाट ओसारपसार गर्दै व्यापार गर्दै आएको पाइएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेस...

सर्पदंशले दिदीभाइको ज्यान गयो

राजविराज । सुतेको अवस्थामा सर्पले टोकेर दिदीभाइको ज्यान गएको छ । सप्तरीको खडक नगरपालिका २ सिस्वाबेल्ही टोल निवासी राजेश मण्डलका १४ बर्षीया छोरी सुनिता...

साताका लोकप्रिय समाचार

राष्ट्रपतिको जन्मगाउँ मानेभञ्याङमा पानी समस्या हट्यो

भोजपुर । पानीको अभाब झेल्दै आएका राष्ट्रपति विद्यादेवी भण्डारीको जन्मस्थान भोजपुर मानेभञ्याङका स्थानीयको समस्या हटेको छ । विगत लामो समयदेखि पानीको समस्यामा रुमलिएका यहाँका...

महाधिवेशनमा कांग्रेसः तीन गुट, गुटभित्रै फुट

काठमाडौं । सत्ताको प्रमुख बागडोर सम्हालेको दल नेपाली कांग्रेस महाधिवेशनमा होमिइसकेको छ । गत १८ भदौबाट कांग्रेसलाई महाधिवेशन लागेको हो । अहिले कांग्रेसका वडा...

प्रतिनिधिसभाबाट बजेट पारित, बैठक ७ असोजसम्म स्थगित

काठमाडौं । नेकपा एकालेका सांसदहरुको नाराबाजीसहितको विरोधका बीच प्रतिनिधिसभाबाट बजेट पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस...

संविधानको पुनर्लेखन गरौँ : प्रभु साह

  काठमाडौं । पूर्वमन्त्री प्रभु साहले संविधान पुनर्लेखन आवश्यक रहेको बताएका छन । आईतबार संविधान दिवसको दिन सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वमन्त्री साहले संविधानमा रहेका विभिन्न खाले...

ट्रेन्डिङ

केही दिन वर्षाको क्रम बढ्ने, बाढी/पहिरोको सम्भावना

काठमाडौँ । आजदेखि तीनदिन मौसम बदली हुने भएकाले मुलुकका विभिन्न क्षेत्रमा विगतको तुलनामा पानी पर्ने क्रम बढ्ने र केही स्थानमा भारी वर्षा हुने भएको...

मन्त्रिपरिषद् पुनर्गठनलगत्तै ठूलो संख्यामा सचिवको सरुवा

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनलगत्तै सरकारले ठूलो संख्यामा सचिवहरूको सरुवा गरेको छ । नवनियुक्त मन्त्रीहरूले शपथ गरेलगत्तै बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)