Friday, April 23, 2021
Home प्रदेश प्रदेश ५ शिवको घर बनाउने सपना : नेताले आश्वासन दिए, पुरा गरेनन्

शिवको घर बनाउने सपना : नेताले आश्वासन दिए, पुरा गरेनन्

श्रीमतीले टाउकोमा हानेर लागेको चोटको पनि आर्थिक अभावले उपचार भएन

,

गुल्मी । अहिले सत्तास्वार्थका लागि केन्द्रमा राजनीतिक विवाद उत्कर्षमा छ । विगतमा मत माग्दा जनतासामु गरेका प्रतिवद्धता बिर्सेर नेताहरु पदकै निम्ति प्रतिस्पर्धा गरिरहेका छन् । केन्द्रपछि नागरिकको आश स्थानीय सरकार हो । जसबाट तत्काल आइपर्ने साना–साना समस्या समाधान गर्न सकिन्छ । तर अहिले विपन्न नागरिकको पक्षमा स्थानीय सरकार पनि निष्क्रिय हुँदा नागरिकमा दल र सरकारप्रतिको विश्वास हराउँदै गएको छ ।

गुल्मीको छत्रकोट गाउँपालिका ४ दिगाम सिनचौरका ३७ बर्षीया शिव परियार विगत ६ बर्षदेखि बाँसले बारेको छाप्रोमा छन् । स्थानीय तह र प्रदेश तथा संघीय निर्वाचनमा दलका उम्मेद्धवार तथा पार्टीका नेता–कार्यक्रताले घर बनाइदिने आश्वासन दिएर भोट भागे । आश्वासनमा परेर शिवले भोट दिए । तर शिवको घर बनाइदिने आश्वासन अहिले भने बिर्सिएका छन् । ‘निर्वाचनताका घर बनाउन सहयोग गर्ने आश्वासन पाएको हुँ ।’ शिवले भने, ‘भोट दिनेले जितेर पनि गए, तर मेरो समस्याप्रति गम्भिर भएनन् ।’

स्थानीय तहको निर्वाचनपछि छत्रकोेट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थ र वडाध्यक्ष डिल्लिराम न्यौपाने उनको घरमै पुगि फोटा पनि खिचेर घर बनाइदिने आश्वासन दिएको पनि उनी बताउँछन् । ‘गाउँपालिका र वडाध्यक्षले हुन्छ भन्दै आश्वासन दिनुभएको थियो ।’ उनले भने, ‘तर अहिलेसम्म घर बनाउने कुराको कुनै टुङ्गो छैन ।’ बाँसले बारेको छाप्रोमुनि गुजारा गर्नुपर्दा बर्षायामको समयमा पानी चुहिएर निदाउनै नसकिने तथा हिउँदको समयमा आगलागीको डर भएको उनले सुनाए । उक्त छाप्रोमा शिवसहित उनकी आमा, एक छोरा र एक छोरी गरी चार जनाको परिवार बस्दै आएका छन् ।

यसबीचमा संचालन भएको जनता आवास कार्यक्रममा पनि आफु छनोटमा नपरेको उनको गुनासो छ । नेपालको संविधानको भाग २, धारा ३७ को उपधारा १ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने कुरा उल्लेख गरिएपनि गुल्मी छत्रकोटका शिवले भने उक्त अधिकार प्रयोग गर्न पाएका छैनन् । सोही वडाका वडाध्यक्ष डिल्लिराज न्यौपानेले राजनीति गर्नेले मागेको कुरा दिन्नौं भन्न नसकेर आश्वासन दिएको प्रतिक्रिया दिए । शिवको घर र घरको आर्थिक अवस्था नाजुक रहेको आफुलाई जानकारी हुँदाहुँदै पनि कार्यविधिले गर्दा उनको घर बनाउन नसकिएको न्यौपानेको भनाई छ । ‘उनको खरे घर होइन्, बाँसले बारेको झुपडि हो ।’ वडाध्यक्ष न्यौपानेले भने, ‘त्यस्तो परिवारलाई सहयोग गर्ने नीति कार्यविधिमा छैन ।’ एकपटक उपचार गर्न जाँदाको पाँच हजार भने कार्यविधिअनुसार गाउँपालिकाबाट दिएको र केही अवस्थामा आफुले पनि व्यक्तिगत रुपमा सहयोग गरेको उनले बताए ।

आमा पनि मानसिक रोगी
उनका बुबाका दुवटी श्रीमती हुन् । शिव कान्छीतिरका हुन् । ४० बर्षअघि आफन्तले भारतमा घरमा अर्की श्रीमती नभएको भन्दै शिवकी आमालाई कान्छी श्रीमतीको रुपमा बिहे गराइदिए । बिहे गरेर शिव जन्मेको दुई बर्षको हुँदा उनकी आमालाई सर्पले टोक्यो । पाचँ बर्षको हुँदा आमा पागल भइन् । तीन बर्षपछि आमालाई ठिक भयो । तर शिव १२ बर्षको हुँदा आमा–आमा छुटिए । आमाले शिवको मुख हेरेर बसिन् । तर बुबाले जेठी आमालाई लिएर बुटबल झरे । छुट्टिदाँ उनीहरुलाई पुरानो घर प¥यो । आठ बर्षपछि उक्त घर पनि भत्कियो । उनीहरु छिमेकी ध्रुव ज्ञवालीको गोठमा दुई बर्ष बसे । दुई बर्षपछि विविध कारणले गोठ पनि छोड्नुप-यो । त्यसपछि अकंलको छोराले टिन दिएर बाँसको छाप्रोले बारेर अहिलेसम्म पनि छाप्रोमै गुजारा चलाएका छन् ।

राज्यले मात्र होइन, दैवले पनि ठग्यो
शिवलाई राज्यले मात्र होइन्, दैवले पनि ठगेको छ । उनले तम्घासमा तीन बर्षसम्म सिलाई सिकेका थिए । त्यसपछि उनी श्रीमती लिएर बुटबल झरे । बुटबलमा एक छोरा र एक छोरी जन्मिए । थप कमाई हुने आशले कालिगढ कामकै लागि उनी आफन्तको साथमा ०७६ फागुनमा काठमाडौ गए । काठमाडौंमा काम गर्ने कालिगढकी साहुनीले सच्चाईमा लगेर गइन् । सच्चाई भन्ने सबै कार्यक्रमको हो भनेर उनी कार्यक्रममा पनि गए । तर उक्त कार्यक्रम क्रिश्चियन धर्मको रहेछ । उनले पछि थाहा पाए र उनी पागल भए । त्यत्तिबेला लकडाउन भएकोले पनि उनलाई उपचारमा गाह्रो भयो । आफन्तहरुले बल्लतल्ल अस्पताल पु-याए । २० दिनको अस्पताल बसाईपछि उनी निको भएको आशमा औषधी नलिइकनै बुटबल फर्के । उनी बुटबल आएलगत्तै श्रीमतीसँग झगडा सुरु भयो । त्यत्तिबेला श्रीमतीले टाउकोमा हानेको चोट अझै छ । उनले हानेको कारण टाउकाको अप्रेशन गर्नुपर्ने छ । अप्रेशन गर्दा दुई लाख खर्च लाग्ने भएपनि रकम अभावमा उपचार गर्न नसकेको शिव बताउँछन् ।

दुई महिना पछाडी बिरामी, सात लाख खर्च
शिव उपचार गराएपछि बुटबल फर्किए लगत्तै श्रीमतीले छोरी माइत पठाएर आफु हिँडिन् । शिवले छोरालाई लिएर घर फर्किए । घर फर्किएको दुई महिनापछि पुन: मानसिक समस्या भयो । बिरामी भइसकेपछि आफन्तले पाल्पा लगे । पाल्पा पनि नभएपनि थप उपचारको लागि काठमाडौं लगे । काठमाडौंमा करिब सात लाख खर्च भयो । ‘ऋणधन गरेर आफन्तले औषधी गराए, ऋण तिर्न अझै बाँकी छ ।’ उनले भने, ‘भाग्यले नै ठगेपछि कसको के लाग्छ र ?’ अहिले घरमा उनकी ६० बषिय आमासहित तीन बर्षीय छोरा आयुस र ६ बर्षकी छोरी आयुसा छन् ।

शिव आफैंलाई पनि मासिक चार हजारको औषधी खानुपर्छ । ‘कहिलेकाही त औषधी खाने रकम समेत हुँदैन, बिहान बेलुका छाक टार्न पनि समस्या हुन्छ ।’ शिवले भक्कानिँदै भने, ‘एकमाथि अर्को समस्या थपिदा छोराछोरीलाई राम्रो शिक्षा पनि दिन पाएको छैन ।’ आफुलाई राम्रो घर बनाउने र छोराछोरीलाई राम्ररी पढाउने इच्छ्या रहेको उनले बताए । त्यसको लागि उनले सबैसँग सहयोगको आशा पनि गरेका छन् । कोही कसैले शिवको परिवारलाई सहयोग गर्न चाहे शाइन रेसुङ्गा विकास बैंकमा रहेको खाता नम्बर ००१००७०००९७३२३०००००१ अथवा ९८५७०४९३३३ मा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ ।

(Visited 47 times, 1 visits today)
Loading comments...

आजको समाचार

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

भारतमा कोरोना : अहिलेसम्मकै धेरै, एकै दिन ३ लाख ३२ सङ्क्रमित

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमण झनै तीब्र बनेको देखिएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका समाचारहरुमा यो संक्रमणका कारण यहाँ मृत्यु हुने...

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल...

एमाले बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण...

साताका लोकप्रिय समाचार

विवेक र नर्मतालाई उपाधि

पोखरा । १५ औं संस्करणको पोखरा म्याराथनअन्तर्गत ५ किमी छात्र–छात्रा दौड भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार भएको दौडमा छात्रतर्फ ज्ञानज्योति इङलिस...

१२ सय ८१ जनामा कोरोना संक्रमण, ८ जनाकाे मृत्यु

काठमाडाैं ।  नेपालमा सोमबार थप १२ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १२ सय २७...

स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए

काठमाडौं । कोभिड–१९ सङ्क्रमण नभएको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई मान्यता नदिइँदा १२२ यात्री आज विमानबाट ओरालिएका छन् । सुरिया हेल्थ केयर प्रालि र मेरिट मल्टिकेयर...

दिल्लीमा एकसाता कर्फ्यु घोषणा, भारतमा कोरोना सङ्क्रमितकाे संख्या एक करोड ५० लाख नाघ्यो

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा एकसाता लामो कर्फ्यु घोषणा गरिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले आज रातदेखि अर्को सातासम्मका लागि कोभिड-१९ विरुद्ध कर्फ्यु घोषणा...

माधव नेपाल समुहकाे ९ गतेकाे कार्यक्रम स्थगित

काठमाडाैं ।  नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले बिहीबार राखेको कार्यक्रम स्थगित गरेको छ । कम्युनिष्ट पार्टी स्थापनाको दिन (९ वैशाखमा) नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा...

ट्रेन्डिङ

कोरोना भाइरसको प्रभाव विश्वव्यापी बन्दै ‘नमस्ते’

न्युयोर्क।    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आयरिस प्रधानमन्त्री लिओ बारड्करले शुक्रबार ह्वाइट हाउसमा नमस्ते गरेर एक अर्कालाई अभिभावदन गरेको तस्बिर यतिबेला चर्चामा छ...

झ्याङछ्युब छ्योर्तेनको ह्राप्ने सम्पन्न

सिन्धुपाल्चोक । झ्याङछ्युब छ्योर्तेन (बोधिसत्व स्तुपा) को ह्राप्ने (प्राण प्रतिष्ठा) सम्पन्न भएको छ । सिन्धुपाल्चोक जिल्ला लिसंखु पाखर गाउँपालिका–२, लिसंखु (ह्रिस्याङगो) मा निर्मित छ्योर्तेनलाई...

आजबाट रिट निवेदन दर्तासँगै नियमित सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठकले मंगलबारदेखि रिट निवेदन दर्ता र त्यसको सुनुवाइ गर्ने निर्णय गरेको छ । लकडाउनको अवधिमा अदालतबाट सम्पादन हुने काम–कारबाही...

पोषण सामाग्रीसहितको झोला पाउँदा गर्भवती र सुत्केरी दंग

सप्तरी, राजविराज । पोषणयुक्त सामाग्रिसहितको झोला पाएपछि यहाँका विपन्न समुदाय खुशी भएका छन् । पोषण कार्यक्रम अन्तरगत राजविराज नगरपालिका तथा युनिसेफले संयुक्त रुपमा गर्भवती र...

तार्केश्वरको गुप्तेश्वर मन्दिरमा आजदेखि महायज्ञ

काठमाडौं । काठमाडौंस्थित तार्केश्वर नगरपालिका–४, ५ र ६ को संगमस्थलमा रहेको गुप्तेश्वर महादेवको प्रांगणमा आज (शुक्रबार) देखि सप्ताहव्यापी धार्मिक महायज्ञ सुरु हुने भएको छ...

पुर्व मन्त्री बस्नेतलाई पितृ शोक

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पुर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतलाई पितृ शोक परेको छ । पुर्व मन्त्री बस्नेतका पिता खडगबहादुर...

राईको उपचारमा बोहोराको सहयोग

काठमाडौं । नेपाल स्पेन कोस्टाब्लान्का समाजले एपीएफ क्लबका पूर्वखेलाडी तथा महिला टिमका प्रशिक्षक नरकुमार राईको छोरीको उपचारका लागि ४० हजार नगद सहयोग गरेका छन्...

रनबहादुर विक, छिमेकीलाई विषालु साग खुवाए र आत्महत्या गरे

गलकोट । बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ रिजाल चोकको एक परिवारलाई जरिङ्गो नामको विषालु साग दिने व्यक्तिले आत्महत्या गरेका छन् । छिमेकीलाई दिएको जरिङ्गोको साग खाएर...

सुदूरपश्चिममा चार दिने शिशुसहित २७ जनामा देखियो कोरोना

धनगढी । सुदूरपश्चिममा चार दिनको शिशुसहित एकै दिन २७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । बिहीवार धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा...

कोरोना अपडेटः विश्वभर २ लाख ९२ हजारको मृत्यु

जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ९२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४३ लाख ४३ हजार नाघेको छ । जोन्स...

टिचिङ अस्पतालका सफाइ कर्मचारीमा पनि कोरोना संक्रमण, भारतबाट आएका एक जना सशस्त्रको क्याम्पमा

काठमाडौं । दाङमा ती व्यक्ति कोरोना संक्रमित भएको सार्वजनिक भएकोमा एक जना काठमाडौंमै बसोबास गर्दै आएको खुलेको छ । तुलसीपुर उपमहानगरपालिका ७ खर्चवा...

नेकपा सांसदहरुको दुईतिर बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै पक्षले आ–आफ्ना पक्षका सांसदहरुको बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ बजे बालुवाटारमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)