तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका—३ मुसाङखेलमा एक व्यक्तिले बञ्चरो प्रहार गरि आफ्नै श्रमतीको हत्या गरेका छन् । ४३ बर्षीय नरबहादुर लिम्बुले आइतबार बिहान ११ बजे बञ्चरो प्रहार गर्दा उनकी ४७ वर्षीया श्रीमती मईतरानी लिम्बुको मृत्यु भएको हो ।
टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा मईतरानीको शव घर नजिकको बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरिक्षक कोमल ठाकुरले जानकारी दिए ।
सामान्य घरायसी बिवादमा बारीमा काम गरिरहेको अवस्थामा नरबहादुरले आफ्नी श्रीमतीलाई एक्कासी बञ्चरो प्रहार गरेको मृतकको भतिज बिवस लिम्बुले बताए । घटनामा संलग्न लिम्बुलाई प्रकाउ गरिएको प्रहरी नायव उपरिक्षक गौतम थापाले जानकारी दिए ।
नरबहादुरले गाँउबाट मादक पदार्थ सेवन गरी घर आएको स्थानीयवासी र प्रहरीको अनुमान छ । मृतकका दुई छोरा छन् । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।