Saturday, July 24, 2021
Homeप्रदेशकम्युनिष्टहरु यो देसको सबै भन्दा ठूलो समस्या भए : चन्द्र भण्डारी

कम्युनिष्टहरु यो देसको सबै भन्दा ठूलो समस्या भए : चन्द्र भण्डारी

,

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले देशको सबैभन्दा ठुलो समस्या नै कम्युनिस्टहरु भएको आरोप लगाएका छन् । सत्तामा हुँदा पनि र नहुँदा पनि कम्युनिस्टहरु समस्या बन्ने गरेको उनको भनाई थियो ।

‘कम्युनिस्टहरु सरकारमा हुँदा या नहुँदा समस्या बन्ने गरेका छन्,’ रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै डा. भण्डारीले भने,‘इतिहास साक्षी छ कि कम्युनिस्ट जहिले समस्या मात्र बने ।’ विगतमा सत्ता बाहिर हुँदा पनि सडकमा आउने देखि हिंसा मच्चाउने सम्मको कार्य गरेको इतिहास स्मरण गराए । अहिले सत्तामा हुँदा आफ्नो पार्टीको विवादका कारण प्रतिनिधि सभा विघटन गरेको बताए ।

जुन संसदबाट प्रधानमन्त्री बन्यो त्यही संसद विघटन गर्ने कार्य प्रधानमन्त्री केपी शर्मा ओलीले गरेर दुर्घटनामा देशलाई लगेको टिप्पणी गरे । उनले भने,‘नेपालका कम्युनिस्टहरु समस्या निकाल्न सक्छन् तर समाधान गर्न सक्दैनन् भन्ने पुष्टि भएको छ ।’ देशका लागि कम्युनिस्ट सबैभन्दा बिडम्बना भएको बताउँदै अब काँग्रेसले निकास दिनुपर्ने बताए ।

काँग्रेसले देशलाई सधै निकास दिएको भण्डारीको भनाई थियो । उनले भने,‘काँग्रेसले सधै त्याग गरेर भएपनि निकास दिएको छ ।’ काँग्रेसले नै देशलाई निकास दिने बताए । संविधान बचाएर काँग्रेसले नै निकास निकाल्नुपर्ने बताए ।

केही नेताहरुले आफू, परिवार र गुटगत स्वार्थमा लागेर समस्या मात्र सृजना गर्न लागिरहेको आरोप लगाएका छन् । उनले भने,‘हामी विकास, संस्कृतिको बाधक बनिरहेका छौं ।’ अहिलेको नेतृत्वबाट समस्या समाधान हुने आशा मरेको बताए । सडकमा अवरोध गरेर आफै आफै लडिरहेको टिप्पणी गरे । जनतालाई सत्ताको स्वार्थका लागि फेरि लडाउने भिडाउने काम हुनथालेकोमा सचेत हुनुपर्ने बताए । देशले सधै आन्दोलन थेग्न नसक्ने उनको भनाई थियो ।

अरुण तेस्रो तुहाएर जनतालाई दशकौं सम्म अध्यारोमा राखेको टिप्पणी गरे । भण्डारीले भने,‘अरुण तेस्रो बनेको भए उहिल्यै देशमा लोडसेडिङ्ग अन्त भइसक्थ्यो । जनतालाई अध्यारोमा राख्ने काम भयो ।’ देशमा राष्ट्रवादका नाममा १७ हजार मान्छे मारिएको उल्लेख गर्दै तर तिनै नेताहरुले देशलाई बर्बाद पारेको आरोप लगाए । उनले भने,‘जनतालाई भ्रममा पारेर देशको भविष्य अन्धकारमा लाने कामहरु भए ।’

Loading comments...

आजको समाचार

निगमलाई कम्पनीमा लैजाने विवादमा समितिको चासो

काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने सम्बन्धमा उत्पन्न कर्मचारी विवाद र यसले निगमको काम ठप्प भएको सम्बन्धमा संसदीय समितिले...

जसपा विवादको फैसला सोमबार

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालभित्र देखिएको आधिकारिकतासम्बन्धी विवादको टुंगो आगामी सोमबार लगाउने भएको छ । आयोगले हाल विवाद निरुपणका लागि इजलास गठन...

पैसाको लोभमा आफ्नै साथीको हत्या

  चितवन । चितवनमा पैसाको लोभका कारण आफ्नै साथीको गोली हानी हत्या भएको छ । सेनाको एउटै गणमा संगै काम गर्ने आफ्नै साथीको हत्या गरी...

चेल्सीले हाजार्ड फर्काउन प्रयास गर्ने

लन्डन । इंग्लिस क्लब चेल्सीले आफ्नो पूर्व बेल्जियन फरवार्ड इडेन हाजार्डलाई क्लबमा फर्काउन प्रयास थालेको छ । हाजार्ड २०१९ मा ८८ मिलियन पाउन्डमा स्पेनिस...

साताका लोकप्रिय समाचार

देउवालाई १ सय ६५ सांसदको साथ, एमालेभित्र को–को देखिए ओलीविरोधी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १ सय ६५ र विपक्षमा ८३ मत खसेको...

खोप लगाउन पनि सोर्सफोर्स !

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन लक्षित समूह प्राथमिकीकरण गरे पनि केही जिल्ला तथा पालिकामा समूहबाहिरकाले समेत खोप लगाएको पाइएको छ । योजनाविपरीत...

ओलम्पिक टोलीलाई बिदाइ

काठमाडौं । टोकियो ओलम्पिक २०२० मा जाने नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ नेतृत्वको टोलीलाई सोमबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का...

समर ओलम्पिक आजदेखि

टोकियो । विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करण ग्रीष्मकालीन ओलम्पिक शुक्रबारदेखि जापानमा सुरु हँुदै छ । उद्घाटन समारोह नेपाली समयअनुसार दिउँसो १ः४५ बजेपछि हुनेछ ।...

बेलायतमा २४ घन्टाभित्र ४८ हजारभन्दा बढी सङ्क्रमित

लन्डन । बेलायतमा कोरोना महामारीका थप सङ्क्रमितहरु देखिएका छन् । यहाँ पछिल्लो हप्ता हरेक दिनजसो सङ्क्रमितहरु बढेका हुन् । दुई महिना अघिदेखि निकै शक्तिशाली...

ट्रेन्डिङ

एसडीजीका लागि सवैको सहभागिता आवश्यक

काठमाडौं । सवै पक्षको संलग्नता, सहकार्य, प्रतिवद्धता र जवाफदेहिता भएमा मात्र दीगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न सकिनेमा सरोकारवालाहरुले जोड दिएका छन् ।...

बजेट अधिवेशन बोलाउने सरकारको तयारी

काठमाडौं । सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि संसद् बैठक बोलाउने तयारी गरेको छ । बुधबार बिहान प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?