बारा । बारामा कानु पत्रकार संघ जिल्ला कार्यसमिति चयन भएको छ । महागढीमाई नगरपालिकाका उपप्रमुख तारादेवी कानुको प्रमुख आतिथ्य एवम् नेपाल पत्रकार महासंघ संघ प्रदेश २ का सदस्य सिकेन्द्र पासवानको बिषेश अपस्थितीमा सम्पन्न भेलाले एभिन्यूज टेलिभिजन एवम् राजधानी दैनिक बाराका सववादाता अजय साहको संयोजकत्वमा ८ सदस्यी जिल्ला कार्य समिति चयन भएको छ ।
समितिको उपाअध्यक्षमा कृषा दैनिकमा कार्यरत नरेश गुप्ता, सचिवमा प्राईम टेलिभिजन बारा सववादाता श्रीकान्त गुप्ता, सहसचिवमा बर्षात एफएमका संववादाता रमेश साह, कोषअध्यक्षमा संस्कार एफएममा कार्यरत पुजा साह चयन भएको नवगठित अध्यक्ष साहले जानकारी दिए ।
सदस्यहरुमा अनिल साह, अनिल गुप्ता, रंन्जु साह सर्व सहमत रुपमा चयन भएका छन् । समितिको सबै पदाअधिकारीहरुलाई उपप्रमुख कानु र महासंघ प्रदेश २ का सदस्य पासवानले संयुतm रुपमा टिका लगाई सम्मान गरेका थिए ।
अध्यक्ष साहसहित सबै कार्य समितिका पदाअधिकारीहरु सक्रिय रुपमा पत्रकारिता गर्दे आएका छन् । अध्यक्ष साहले प्रतिक्रिया दिँदै पेशाप्रति जवाफदेहितालाई निष्टा पूर्वक पालन गर्दै कानु समाजको अवाजलाई पनि बुलन्द गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । संघका सल्लाहकार समयोजक अरुण साहले समाजमा भएका विकृतिहरुलाई कलमको माध्यमले अन्त्य गर्नुपर्ने संघका पदधिकारीहरुलाई सुझाएका थिए ।