Monday, May 17, 2021
Home प्रदेश प्रदेश ३ बुधबारदेखि पश्चिमी वायु फेरि प्रवेश, वर्षा र हिमपातको

बुधबारदेखि पश्चिमी वायु फेरि प्रवेश, वर्षा र हिमपातको

,

काठमाडौँ । यस वर्ष हिउँद याममा करीब पाँच महिनापछि गत शनिबार राजधानी काठमाडौँसहित देशभर हल्का वर्षा भयो । मौसमविद्हरुले पनि मौसम पूर्वानुमान गर्दै वर्षातपछि क्रमशः तापक्रम वृद्धि भई गर्मी बढ्ने पूर्वानुमान गरेका थिए ।

नेपालमा पश्चिमी वायु प्रवेश गरी गत बिहीबारदेखि शनिबारसम्म मौसम बद्ली हुनका साथै शनिबार अपरान्ह हल्का वर्षा पनि भएको थियो । आइतबार बिहानैदेखि साँझसम्म पारिलो घाम लागे पनि बिहान र साँझ पख चिसो बढेको थियो । मौसमी प्रणालीमा केही परिवर्तन आउने भएकाले अझै केही दिन चिसो हुने र नयाँ मौसमी प्रणालीको विकास भई दुई दिनपछि वर्षात हुने मौसमविद्को भनाइ छ ।

मौसमविद् सजिना शाक्यले आगामी बुधबारदेखि नेपालमा पश्चिमी वायु फेरि प्रवेश गरी वर्षा र हिमपातको सम्भावना रहेको बताइन् । उनका अनुसार पश्चिमी वायुको प्रभावले पश्चिमी पहाडी भू–भाग तथा अन्य पहाडी भेगमासमेत बदली र हल्का वर्षाको सम्भावना रहेको छ । तीन दिनसम्म हल्का बदली र थोरै स्थानमा वर्षा हुनेछ । यो क्रम फेब्रुअरी महिनाभर जारी रहनेछ । अब विस्तारै तापक्रम वृद्धि भई गर्मी बढ्दै जाने बताइएको छ ।

राजधानी काठमाडौँसहित देशभर दिउँसोपख घाम लागे पनि चिसो अझै रहने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले चिसो अझै रहने तथा तराईका भू–भागमा हुस्सु र कुहिरोको अझै सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । आज सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । रातिको समयमा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

भोलि मङ्गलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ । आगामी २८ गते बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम दुई दशमलव पाँच र अधिकतम तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लामा माइनस दुई दशमलव सात डिग्री सेल्सियस रहेको छ ।

(Visited 117 times, 1 visits today)
Loading comments...

आजको समाचार

ओली नेपालविच सिंहदरबारमा ‘वान टु वान’ वार्ता

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच ‘वान टु वान’ छलफल शुरु...

ओली २ जेठमा नर्किए नयाँ दल गठन गरेर अगाडी बढनुपर्छ : पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालका उपाध्यक्ष नितेश पौडेलले २ जेठ २०७५ मा फर्किने सहमती कार्यान्वयन नभए नयाँ पार्टी गठन...

कोरोना संक्रमणबाट उदयपुरका ४ जनाको मृत्यु

उदयपुर । उदयपुरमा आईतवार एकै दिन कोरोनाले ४ जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका– १० का ६३ वर्षिय खगेन्द्र मगरको बेल्टार कोभिड १९...

‘भेरोसेल’को दोस्रो डाेज लगाउने तालिका यस्ताे छ (सूचीसहित)

काठमाडाैं ।  सरकारले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आजदेखि काठमाडौँ जिल्लामा लगाउने शुरुआत गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँ सूचना प्रकाशित गरी...

प्रशासनमा नयाँ संस्कृति

सरल अर्थमा सुशासन सेवाको अनुभूति हो । सुशासन शब्द र परिभाषामा होइन अनुभूत गरिने विषय हो । शासकीय प्रणालीको वैधता यसैले सिद्ध गर्छ ।...

साताका लोकप्रिय समाचार

८० रुपैयाँको स्यानिटाइजर १६५ रुपैयाँमा विक्री

काठमाडौँ । ८० रुपैयाँको स्यानिटाइजर २ गुणा बढी नाफा लिएर १ सय ६५ रुपैयाँमा विक्री गरेर उपभोक्तालाई ठग्ने गरेको पाइएको छ । वाणिज्य आपूर्ति...

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

प्रशासकीय कार्यविधिको स्तरोन्नति

सवारी कर तिरेर ब्लुबुक नवीकरण गर्न गएको भाइ कर तिर्नेको भीडमा तीन दिनसम्म उभिँदा पनि कर बुझाउन नसकेपछि रिसाउँदै ‘अब म मोटरसाइकल चढदिनँ’ कर...

सिंहदरबारमा ओली र नेपालविच छलफल

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा छलफल शुरु भएको छ । वार्ताका लागि नेता नेपालसहित भीम रावल,...

ट्रेन्डिङ

काठमाडौं र भक्तपुरका सिडियो फेरिए

काठमाडौं । गृह मन्त्रालयले काठमाडौ र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडियो) परिवर्तन गरेको छ । आइतबारको मन्त्रीस्तरीय निर्णयबाट सिडिओहरू हेरफेर गरिएको हो । काठमाडौंको प्रमुख...

११५ दिनपछि दाेलखाकाे भीमेश्वर मन्दिर खुला

दाेलखा । कोरोना भइरसका कारण लकडाउनदेखि बन्द रहेको दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर दर्शन गर्न आजदेखि खुल्ला गरिएको छ । मन्दिरमा भीडभाड बढ्ने भएपछि लकडाउनदेखि...

तेजाब प्रहार गर्ने केशरीलाई आठ वर्ष कैद

हेटौँडा । जिल्ला अदालत मकवानपुरले हेटौँडाकी बिन्दवासिनी कंशकारमाथि तेजाब प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई आठ वर्ष कैद र रु एक लाख जरिवाना गर्ने...

कक्षा १२ को परीक्षा : ४० नम्बरका लागि अनलाइन परीक्षा हुने

काठमाडौँ । लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले...

देश बाहिरबाट सुरु गरिएको सांगीतिक शो ‘हल अफ फेम सिजन २’ दर्शककाे मन जित्दै

मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको मेलबर्नमा मुख्यालय रहेको अष्ट्रेलियाको सामूदायिक अनलाईन टेलिभिजन एमएनटीभी अष्ट्रेलियाको आयोजनामा हाल सञ्चालित हल अफ फेम सिजन २ नेपाल बाहिरबाट लगानी...

टोटनह्यामद्वारा आर्सनल पराजित

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा टोटनह्यामले आर्सनललाई २–१ ले पराजित गर्यो ।टोटनह्यामको मैदानमा भएको लण्डन डर्बीमा घरेलु टोलीलाई विजयी गराउन...

बिमा भुत्तानीमा सरकारी चासो

कोरोना महामारीको संक्रमण बढेसँगै कोरोना संक्रमित बमकले गरेको बिमाबमोजिम दाबी भुक्तानी नपाएपछि बिमा कम्पनीको व्यवहारलाई लिएर सार्वजनिक रूपमा निकै टीकाटिप्पणी र आक्रोश व्यक्त हुँदै...

चार अनाथ बालबालिकालाई अजयमेरुका युवाको सहयोग

गन्यापधुरा गाउपालिका वडा नं. १ मा रहेका ४ जना अनाथ बालबालिकाहरुलाई अजयमेरुका युवाहरुले सहयोग गरेका छन् । शनिबार गन्यापधुरा गाउपालिका वडा नं. १ सुन्नमा रहेका...

मोरङको बेलबारीमा दुई पक्षबीच भीडन्त हुँदा एकको मृत्यु, ४ घाइते

विराटनगर । मोरङको बेलबारी नगरपालिकामा दुई पक्षबीच आज भीडन्त हुँदा एक जनाको मृत्यु हुनाका साथै चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका...

निजी विद्यालय, सरकार र जुहारी

यतिबेला निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सनले अभिभावकलाई विद्यार्थीको शुल्क तिर्न वक्तव्य जारी गरेका छन् । प्रत्युत्तरमा नेपाल सरकारले पनि शुल्क नलिन...

भारतमा कोभिड –१९ बाट २४ घण्टामा दुई हजार भन्दा बढीको मृत्यु

नयाँदिल्ली । भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसै अवधीमा भारतमा एकै दिनमा करिब ३...

कोरोनाको संक्रमण बढ्न थालेपछि गोकर्णेश्वर मन्दिर बन्द

काठमाडौँ । राजधानीमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेसँगै उत्तरपूर्वी भेगको प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर बन्द गरिएको छ । गत चैत ११ गतेदेखि बन्द रहेको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)