विजय यादव निर्विज र सरिता साहले अभिनय गरेको ‘मैरेज करव’को भिडियो सार्वजनिक

रौतहट । नेपालकै चर्चित कलाकार विजय यादव निर्विज र सरिता साहले अभिनय गरेको ’मैरेज करव’को भिडियो सार्वजनिक गरिएको छ ।

काठमाडौंको चोभारमा कैद गरिएको उक्त भिडियोमा चर्चित गायिका सेलिना कुँवर र रौतहटको फातुवा विजयपुर सन्तपुर निवासी तराई मधेशका पहिलो पटक फिल्म स्टडीमा स्नातक गरेका कलाकार विजय यादव निर्विजले स्वर भरेका छन् । उक्त भोजपुरी गिति एल्वम ‘मैरेज करब’ भिडियो टिसीरीजद्वारा सार्वजनिक भएको छ ।

नेपालको तराई मधेस, भारतको विहार, युपी, झारखण्डका साथै मरिसस लगायतका ठाउँमा भोजपुरी गीत, संगित, फिल्मको प्रभाव अत्याधिक रहेको छ । केही समय यता नेपाली कलाकारहरु पनि भोजपुरी भाषामा उत्कृष्ट गित संगित रेकड गर्न थालेको छन । गीतको सम्पूर्ण काम मुम्बईमा भएको छ।

केही महिना पहिला टि—सिरिजद्वारा निर्विज प्रोडक्सनको पहिलो गिति एल्वमको पहिलो गित ‘रुपवा सलोना’ भन्ने बोलको टाईटल गीत सार्वजनिक गरिएको थियो त्यो गीत दर्शक बाट अत्याधिक रूचाइको थियो र यो दोस्रो पटक आउन लागेको गीत अझ धेरै माया पाउने अपेक्षा रहेको निर्विज प्रोडक्सनका सिईओ रचना सिवाकोटीले बताए ।

आजाद सिंहको उक्त गीतमा भोजपुरी संगितमा चर्चित संगितकार संतोष राजले संगीत गरेका छन्। अजय कुमारको निर्देशनमा रहेको गीतमा क्यामेरामा कैद गर्ने काम रामशरण उप्रेतीले गरेका छन् नृत्य निर्देशक अर्जुन बीसीले गरेका छन् ।

निर्विज प्रोडक्सन का सिइओ रचना सिवाकोटी पहिलो चोटी सहायक निर्देशकको काम गरेका छन् । गीतको प्रोडक्सन मैनेजरमा मदन श्रेष्ठ रहेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 278 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानियले भगवती चाैधरीसंग भने : यसपाली जिताएर पठाउछौं