Saturday, May 15, 2021
Home Editor-Picks चौदण्डीगढीविरुद्ध सावित्रा एक्लैको ८ गोल

चौदण्डीगढीविरुद्ध सावित्रा एक्लैको ८ गोल

,

काठमाडौं । विभागीय टोली एपिएफ क्लबको अपराजित यात्रा कायमै रहेको छ । राष्ट्रिय महिला फुटबल लिग अन्तर्गत सोमबारको खेलमा एफिएफले चौदण्डीगढी नगरपालिका उदयपुरमाथि १४–० को फराकिलो जित हासिल गरेको छ । एफिएफको जितमा सावित्रा भण्डारी साम्बाले ८, अनिता केसी र अनिता बस्नेतले समान २-२ तथा अनु लामा र रविना गोलेले १–१ गोल गरिन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफले पहिलो र दोस्रो हाफमा समान ७–७ गोल गर्यो । खेलको चौथो मिनेटमा एपिएफका सावित्रा भण्डारीले गोल गर्दै अग्रता बनाएको थियो । यस्तै, १८औं मिनेटमा भण्डारीले नै गोल गर्दै अग्रता दोब्बर बनाएको थियो । पहिलो हाफको ३६औँ मिनेटमा गोल गर्दै भण्डारीले ह्याट्रिक पुरा गरिन् । यसैगरी पहिलो हाफको ४३ र दोस्रो हाफको ५३, ५६औँ मिनेटमा गोल गर्दै दोस्रो ह्याट्रिक पुरा गरिन् । भण्डारीले खेलको ७१ र ८६औँ मिनेटमा गोल गरिन् ।

यसैगरी, अनिता केसीले २४औँ र ३९औँ मिनेटमा गोल गरिन भने अनिता बस्नेतले पहिलो हाफको अतिरिक्त समय र दोस्रो हाफको ६४औँ मिनेटमा गोल गरिन् । यस्तै, ७५औँ मिनेटमा अनु लामाले तथा ७९औँ मिनेटमा परिवर्तित खेलाडी रविना गोलेले गोल गरिन् ।

पहिलो चरणको खेलमा एफिएफले चौदण्डीगढीलाई २२–० को फराकिलो अन्तरले हराएको थियो । जितसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेको एपिएफले ७ खेलबाट २१ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको आर्मीको १६ अंक रहेको छ । पराजित चौदण्डीगढीले अहिलेसम्म खाता खोल्न सकेको छैन ।

(Visited 61 times, 1 visits today)
Loading comments...

आजको समाचार

सिर्जना : लकडाउनमा उकुसमुकुस

यो हप्ता कहाँ जाने ? कसरी जाने ? कुन रुट बनाउने ? ‘कहाँ, कसरी र कुन ?’ प्रश्नले नचिथोरेको पनि हप्तौं भएछ । खुला आकाश...

आमालाई ढुंगा हानेको बद्लामा छोराले गरे बञ्चरो प्रहार गरेर बाबुको हत्या

दैलेख । आमालाई कुटपिट गरेको बदलामा बञ्चरो प्रहार गरेर दैलेखमा एक युवाले बुबाको हत्या गरेका छन् । डुंगेश्वर गाउँपालिका–६ माथिल्लो डुंगेश्वरबजारका २१ वर्षीय विकास...

१ सय १९ सिलिन्डर एयर लिफ्टबाट ल्याइयो

काठमाडौं । गृह मन्त्रालयले कोरोना महामारीबाट उत्पन्न परिस्थितिमा अक्सिजन अभाव हुन नदिन सक्रियता बढाएको छ ।गृह मन्त्रालयले मोरङ र सुनसरीमा रहेका विभिन्न अक्सिजन प्लान्टबाट...

बुधबारबाट अरुण तेस्रोको काम ठप्प

संखुवासभा । संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारबाट अवरुद्ध भएको छ । सुरुङ भित्र मजदुरको मृत्यु भएपछि...

ओली ४२औं प्रधामन्त्री

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले तेस्रोपटक पद तथा गोपनीयताको शपथ लिएका छन् । २४ असोज २०७२ मा पहिलोपटक देशको कार्यकारी...

साताका लोकप्रिय समाचार

डिजिटल प्लेटफर्म खोज्नुपर्ने सिनेकर्मीको भनाइ

काठमाडौं । कोरोना संक्रमणका कारण १६ वैशाखदेखि काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा लकडाउन सुरु भएपछि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) यतीबेला डिजिटल माध्ययमबाटै भर्चुअल...

गण्डकीमा मुख्यमन्त्रीमा पुनः पृथ्वीसुव्वा गुरुङ नियुक्त

पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधबार साँझ उनलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । प्रदेश प्रमुख...

झलनाथ खनाल काेराेना जितेर घर फर्किए

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल आज निको भई घर फर्किएका छन् । कोभिड–१९ सङ्क्रमित भएपछि यही वैशाख १८ गते नर्भिक इन्टरनेशनल...

सर्वोच्चमा ‘भर्चुअल’ बहस पैरवी

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ संक्रमण ध्यानमा राखेर मुद्दा बहस पैरवी ‘भर्चुुअल’ माध्यमबाट गर्ने भएको छ । सर्वोच्चको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय...

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

ट्रेन्डिङ

फुट सँघारमा जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुट सँघारमा पुगेको छ । दुई ध्रवमा विभाजित जसपा नेता एकअर्काको निर्णय मान्न तयार नहुँदा पार्टी फुटनजिक पुगेको...

प्युठानमा टिपर दुर्घटना हुँदा दुई जनाकोे मृत्यु

झिमरुक । प्युठानमा टिपर दुर्घटना हुँदा आज दुई जनाकोे मृत्यु भएको छ । सरुमारानी गाउँपालिका वडा नं ६ मोतीपुरमा नौबहिनी गाउँपालिका वडा नं ८...

क्वारेन्टिनका सामानसहित बाेकेर ४० जना भागे

 महाेत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टिनबाट सरसामान सहित ४० जना फरार भएका छन् । भारतका विभिन्न शहरबाट आएर १४–१५ दिनदेखि सम्सी– ७ स्थित...

सञ्चारमन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा बुधबार काठमाडौँमा आयोजित नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै । तस्वीर : प्रदीपराज वन्त/रासस

सम्पादक पण्डितलगायत पुरस्कृत

काठमाडौं । राजधानी दैनिकका सम्पादक सागर पण्डितलगायत विभिन्न सञ्चारकर्मी पुरस्कृत भएका छन् । पत्रकारिताका माध्यमबाट मुलुकमा उल्लेखनीय योगदान पु-याएको भन्दै सम्पादक पण्डितलगायत विभिन्न सञ्चारकर्मीलाई...

एसइई परीक्षा : आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र...

ट्रान्सपरेन्सी प्रतिवेदनको विश्वसनीयतामाथि गम्भीर प्रश्न

ट्रान्सपरेन्सी इन्टरनेसनलले जारी गरेको ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया’को प्रतिवेदन सार्वजनिक भएको छ । ५८ प्रतिशत नेपालीले गत वर्ष देशमा भ्रष्टाचार बढेको बताएका र यो दर...

घुम्दै सलहको विखण्डित झुण्ड : उत्पादनमै क्षति हुने गरी असर गरेको छैन

काठमाडौँ । हावाको बेगसँगै भारतबाट नेपाल प्रवेश गरेको बालीनाशक किरा (सलह) विभिन्न जिल्लाबाट प्रवेश गर्ने क्रम अझै रोकिएको छैन । असार १३ गते पहिलो...

ललितपुरमा कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु

ललितपुर । ललितपुर जिल्लामा कोरोना सङ्क्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको छ । सानेपाको स्टार अस्पतालमा उपचाररत रौतहट हतुवा विजयपुर नगरपालिकाका वडा नं ७ निवासी...

चर्चित कुटनीतिज्ञ बर्नसलाई वाइडेनले केन्द्रीय गुप्तचर प्रमुख बनाइने

वासिङ्टन । अमेरिकाको राष्ट्रपतिमा नवनिर्वाचित जो वाइडेनले चर्चित कुटनीतिज्ञ विलियम बर्नसलाई केन्द्रीय गुप्तचर प्रमुख बनाउने हुनुभएको छ । केन्द्रीय गुप्तचर निकाय (सिआइए)को निर्देशकको रूपमा...

सुदुरपश्चिममा तत्काल लकडाउन गर्न चिकित्सकको सुझाव

धनगढी । सुदूरपश्चिम प्रदेशभित्र लगातार कोरोना भाइरसका बिरामीको संख्या बढेर भयावह रुप लिएको भन्दै चिकित्सकले तत्काल लकडाउन गर्न सुझाव दिएका छन् । छिमेकी मुलुक भारतबाट...

दक्षिण कोरियामा कोरोनाको त्रास, २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह

सियोल । दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीवाणुको सङ्क्रमण देखिन थालेको भन्दै नगर क्षेत्रका २५ लाख मानिसलाई घरभित्रै बस्न...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)