Monday, July 26, 2021
Homeप्रदेशप्रदेश ६भागरथी हत्या प्रकरणः बलात्कारपछि घाँटी थिचेर हत्या

भागरथी हत्या प्रकरणः बलात्कारपछि घाँटी थिचेर हत्या

,
sharethis

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पाइएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदीले पोस्टमार्टम रिपोर्टले बलात्कारपछि भट्टको घाँटी थिचेर हत्या भएको देखिएको जनाएका हुन् ।

‘आज प्राप्त लिखित रिपोर्टले किशोरी भट्टको बलात्कारपछि हत्या भएको देखिएको छ,’ डीआईजी सुवेदीले भने । यद्यपि सामूहिक बलात्कार हो होइन भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । त्यसका लागि थप परीक्षण भइरहेको डीआईजी सुवेदीले बताए ।

रिपोर्टको कज अफ डेथ खण्डमा ‘डेथ ड्यु टु स्ट्यांगुलेसन’ भनिएको छ । यस्तै यौनांगमा पनि गहिरो चोट लागेको छ, टाउको र हातमा पनि चोट देखिएको छ । त्यस्तै शरीरका विभिन्न भागमा ससाना दाग देखिएका छन् ।

घटनास्थलमा प्राप्त भएका सबै तथ्य प्रमाण परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ । प्रयोगशालाबाट रिपोर्ट प्राप्त भए अनुसन्धानमा अझै सहज हुने प्रहरीको विश्वास छ ।

सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत भट्टको शव बिहीबार भेटिएको थियो । उनी बुधबारदेखि बेपत्ता थिइन् । उनी अध्ययनरत विद्यालयबाट घर फर्किने मुख्य सडकबाट ५० मिटर टाढा उनको शव भेटिएको थियो ।

प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा घटनाको अनुसन्धान भइरहेको छ । शव भेटिएको पाँच दिन बितिसक्दा पनि दोषी पत्ता लाग्न सकेको छैन ।

तालिम प्राप्त कुकुरले भागरथीको हत्या भएको जंगल क्षेत्र पूरै ‘सर्च’ गरेको छ । प्रहरीले भागरथीका आफन्तसँग सोधपुछ गर्नुका साथै शंकास्पद व्यक्तिमाथि निगरानी बढाएर सूक्ष्म अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरीले अनुसन्धानका लागि सम्पूर्ण जनशक्ति परिचालन गरेको जनाएको छ । अनुसन्धान जारी रहे पनि भागरथीका आफन्तले भने घटनाको दोषी पत्ता नलागेसम्म शब नबुझ्ने अडान जारी राखेका छन् । भागरथीको शव जिल्ला अस्पताल बैतडीको शवगृहमा राखिएको छ ।

भजाइनल स्वाब काठमाडौं ल्याइयो
बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको भजाइनल स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ । जिल्ला अस्पताल बैतडीमा भएको पोस्टमार्टमका क्रममा चिकित्सकले उनको स्वाब निकालेका थिए । सो स्वाबलाई महाराजगन्जस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिने भएको छ । यसबाट अनुसन्धानमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

संकलित स्वाबबाट पहिले ‘सिमेन’ परीक्षण गरिन्छ । यसबाट ‘बलात्कार’मा संलग्नको वीर्य योनीमा प्रवेश गरेको छ या छैन भन्ने थाहा हुन्छ । साथै बलात्कारमा एक वा एकभन्दा बढी व्यक्ति संलग्न छन् भन्ने पनि थाहा हुन सक्छ । त्यसपछि डीएनए परीक्षणको समेत विकल्प रहन्छ ।

यस्तै घटनाका बेला भागरथीले लगाएको कपडा र प्रयोग गर्ने गरेको मोबाइलको परीक्षण पनि गरिने भएको छ । मोबाइल परीक्षणका क्रममा केही विषय डिलिट गरिएको भए पनि पत्ता लाग्न सक्नेछ । मोबाइलको परीक्षण भने प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक ल्याबमा हुनेछ ।

भट्टको मोबाइलमा भारतीय सिम कार्डसमेत रहेको र त्यसबाट उनले भारतमा रहेका आफन्तसँग सम्पर्क गर्ने गरेको देखिएको छ । यस्तै मोबाइलमा भएको एनटीसी सिमको डिटेल निकालेर पनि प्रहरीले विश्लेषण गरिरहेको छ ।

(Visited 158 times, 1 visits today)
Loading comments...

आजको समाचार

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको...

जसपा आधिकारिकता विवादको टुंगो आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव...

जसपा विवादः महन्थको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुर पक्षले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’...

निगमलाई निजीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमलाई तत्काल निजीकरण नगर्न अल्पकालीन आदेश जारी गरेको छ । नेपालका लागि नेपाली पार्टीकातर्फबाट आतिस कार्कीले दायर गरेको...

कमजोर नबनून् राजनीतिक दलहरू !

नेपालको संविधान २०७२ को प्रस्तावनामामुलुकले ‘जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’अँगाल्ने कुरा उल्लेख गरिएको छ । बहुदलीय प्रतिष्पर्धात्मक राज्य व्यवस्थामा आवधिक निर्वाचनको महŒवपूर्ण भूमिका...

साताका लोकप्रिय समाचार

विप्लवको भेटवार्ता : वामपन्थी एकता कि सहमति कार्यान्वयनको खोजी ?

काठमाडौँ ।    मिति २०७८ असार ३० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारमा भेटवार्ता । मिति २०७८ असार ३१ गते नेकपा (एमाले)...

विषाक्त मदिरा पिउँदा बागलुङमा चारको मृत्यु, दुई गम्भीर

बेनी । विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र...

जनयुद्धका योद्धादेखि अर्थमन्त्रीसम्म

  पोखरा । जनयुद्धका योद्धा रामजीप्रसाद बराल ‘जीवन’ले यतिखेर गण्डकी प्रदेशमा महत्वपूर्ण मन्त्रालयको जिम्मा पाएका छन् । बराल शुक्रबार प्रदेशको अर्थमन्त्रीमा नियुक्त भएका हुन् । पोखरा २२,...

वरिष्ठ नेता नेपालसँग अध्यक्ष दाहाल र यादवको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसदमा विश्वासको मत पाएपछि मन्त्रिमण्डल विस्तारका सम्बन्धमा सत्ता साझेदार दलहरुबीचको छलफल बाक्लिएको छ । यसै...

एमाले केन्द्रीय कमिटी बैठक: पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष ओलीलाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले...

ट्रेन्डिङ

क्लिनफिडले बन्द टेलिभिजन च्यानल पुनः सञ्चालन

काठमाडौँ । सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा विज्ञापनरहित (क्लिन फिड) लागू भएपछि रोकिएका च्यानल पुनः सञ्चालनमा आएका छन्...

कोरोना संक्रमणबाट बच्न प्रदेश–२ सरकारको तयारी यस्तो छ

जनकपुरधाम । कोरोना भाइरसको त्रास फैलिरहेका प्रदेश–२को प्रदेश सभामा मन्त्रीदेखि सांसदसम्म मास्क लगाएर सहभागी भएका छन् । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)