भागरथी हत्याको घटना निर्मलाको जस्तो जटिल छैन, छिट्टै सफलता मिल्छ :गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले बैतडीकी किशोरी भागरथी भट्टको हत्याको घटना अनुसन्धानमा छिट्टै सफलता मिल्ने बताएका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)को आज विहान ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले यो घटना निर्मला पन्तको जस्तो जटिल नभएकाले छिट्टै सफलता हात पर्ने दाबी गरेका हुन् ।

गृहमन्त्री थापाले भागरथीको हत्याका अपराधी छिट्टै पक्राउ पर्ने र कानुनबमोजिम सजाय पाउने बताएको नेविसंघ महामन्त्री दीपक भट्टराईले जानकारी दिए । उनले निर्मला पन्तको घटना स्मरण गर्दै कतिपय घटनाको अनुसन्धानमा शतप्रतिशत सफलता पाउन नसकिने रहेको पनि बताए ।

गृहमन्त्री थापाले सरकारको अनुसन्धान र प्रशासनिक निकाय पूर्णरुपले बैतडीमा केन्द्रित रहेको पनि बताए । उनले अपराधी पत्ता लगाउन युवा, विद्यार्थी, नागरिक समाजलगायत सबैको सहयोगको सरकारले अपेक्षा गरेको पनि बताए ।
नेविसंघ अध्यक्ष राजीव ढुंगानासहितका नेताहरु आज बिहान गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाउन पुल्चोकस्थित मन्त्री निवासमा पुगेका थिए । नेविसंघले अनुसन्धान सफल नभए कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमाले सचिव भट्टको निर्वाचन क्षेत्रमा बिरासत जोगाउन दबाब