इएसएमटी बैठक: प्रधानमन्त्री कार्यालयमातहतका निकाय सक्रिय पारिदै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतका सबै निकाय शसक्त र प्रभावकारी पारिने भएको छ ।
मुख्यसचिव शंकरदास वैरागीको अध्यक्षतामा सोमबार बसेको इएसएमटी (एक्सटेन्डेट सिनियर म्यानेजम्यान्ट टिम) बैठकले प्रधानमन्त्री कार्यालयमातहतका सबै निकायलाई ‘सुशासन कायम गराउन र सेवाप्रवाह प्रभावकारी बनाउनेगरी सशक्त बनाउने’ निर्णय गरेको हो ।

अब इएसएमटी बैठक नियमित बसेर मातहतका निकायले गर्नुपर्ने सुधार कार्य र समस्या समाधानका लागि चाल्नुपर्ने कदम’boutमा समेत आवश्यक कार्ययोजना बनाइने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतका राष्ट्रिय सतर्कता केन्द्र, सम्पति शुद्धीकरण अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग, सार्वजनिक खरिद अनुगमन कार्यालय, नेपाल ट्रष्ट र लगानी वोर्डलगायतका निकायलाई अब सशक्त र प्रभावकारी बनाउने निर्णय इएसएमटीले गरेको छ ।

बैठकमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव मणिराम गेलालले केन्द्र सुधारका लागि आवश्यक योजना पेश गर्दै अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । बैठकले केन्द्रबाट गरिने विभिन्न विकास आयोजना प्राविधिक परीक्षणमा सुधार गर्नुपर्ने आवश्यकता पनि आंैल्याएको छ ।

कुनै पनि विकास आयोजना र भवन संरचना बनिसकेपछि भन्दा बन्नेक्रमदेखि नै प्राविधिक परीक्षण गर्नुपर्ने र त्यसक्रममा कुनै बद्मासी भए कारबाहीका लागि अख्तियारलाई नै लेखी पठाउने विषयमा समेत छलफल र सहमति भएको छ ।इएसएमटी बैठकमा विशेषत गत बैठकको समीक्षा, बेरुजु फस्र्यौट अवस्था र राष्ट्रिय सतर्कता केन्द्रको सुधारलगायत विषयमा गम्भीर छलफल भएको छ ।

आगामी बैठकमा क्रमशः प्रधानमन्त्री कार्यालयमातहतका अन्य निकाय सम्पति शुद्धीरकण अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभागलाई सुशासन कायम गराउने सवालमा ‘कसरी प्रभावकारी र शक्तिसम्पन्न बनाउन सकिन्छ ?’ भन्ने विषयमा गम्भीर छलफल गरी निष्कर्ष निकाल्ने निर्णय बैठकले गरेको छ ।

अहिले सम्पति शुद्धीकरण अनुसन्धान विभाग, सार्वजनिक खरिद अनुगमन कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रले प्रभावकारी रूपमा खासै काम गर्न सकेका छैनन् । ती निकाय प्रभावकारी बनाउनकै लागि मुख्यसचिव वैरागीले इएसएमटिको बैठक नियमित राख्नेगरी योजना बनाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जन्तेढुङगा गाँउपालिका अध्यक्षमा नेकपा माओबादी केन्द्रका राई निर्वाचित