खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाले वर्षमा २५ वटाभन्दा बढि खसी बिक्री गर्ने कृषकलाई नगद पुरस्कार दिने भएको छ । कृषकको आफ्नै लगानी र मेहनेतले वार्षिक २५ वटा भन्दा बढी खसी उत्पादन तथा विक्रि गर्ने कृषकलाई जनही ५० हजारका दरले नगद पुरस्कार दिने कार्यक्रम ल्याएको हो ।
गाउँपालिकाको आठौं गाउँसभाले बाख्रापालक कृषकलाई प्रोत्साहन गर्ने उद्धेश्यकासाथ पुरस्कृत गर्ने कार्यक्रम पास गरिएको जन्तेढुङगा गाँउपालिकाका अध्यक्ष संकर राईले बताए । बाख्रापालन व्यवसायका लागि उपयुक्त हावापानी र प्रसस्त चरिचरन गर्ने ठाँउ समेत रहेकाले व्यवसायिक बाख्रापालनलाई प्रोत्साहित गर्न लागिएको अध्यक्ष राईको भनाई छ ।
खसी पाल्ने कृषकहरुलाई व्यवसायिक बनाउदै कृषकको आर्थिक संवृद्धिमा टेवा पु¥याउने यसै चालु आर्थिक वर्षबाटै खसीपालक किसानको प्रोत्साहनका लागि कार्यक्रम लागू गरिने जन्तेढुंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराईले बताए । गाउँपालिका अध्यक्ष शंकर राईको अध्यक्षतामा सोमबार सम्पन्न गाउँसभामा आर्थिक वर्ष २०७७÷०७८ मा ३० प्रतिशत भौतिक प्रगती भएको जानकारी दिइएको छ ।