गणितमा महिलाको आकर्षण बढाउन जोड

काठमाडौं । विज्ञानमा महिला पहुँचको अन्तराष्ट्रिय दिवसको अवसरमा गणित विज्ञानमा नेपाली महिला (ओनिम्स) ले कार्यक्रम गरेको छ ।

संस्थाका अध्यक्ष प्रा.डा.शान्ति बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सहभागि गणितीज्ञहरुले गणितमा महिला आकर्षण बढाउन आवश्यक रहेको बताएका छन् । सो अवसरमा काठमाडौं विश्वविद्यालयमा पिएचडी स्कलर गौरी भुजुले कोभिड १९ः गणितिय अध्ययन विषयक प्रस्तुति प्रस्तुत गरेकी थिइन् । उनले कोभिड–१९ लाई गणितसंग जोड्दै आफ्नो प्रस्तुति प्रस्तुत गरेकि थिइन् ।

कार्यक्रममा ओनिम्सका सचिव धनकुमारी थापाले विश्वविद्यालय तहमा गणित कार्यक्रम, महिला सहभागिता, सरकारसंगको समन्वय लगायतका विषयमा प्रस्तुति प्रस्तुत गरेकी थिइन् । उनले गणित अध्ययनमा महिलाको सहभागिता अत्यन्तै न्युन रहेको बताईन् । उनले भनिन्, ‘गणित विषयमा महिलाको सहभागिता कम भएको देखिन्छ । हामिले वेला वेलामा गणितलाई जोडेर वर्कसप, कन्फेरेन्स गर्दै आएका छौं ।’ उनले गणितमा महिलाको पहुँच बढाउन सक्दो पहल गरीरहेको भन्दै सरकारले गणितलाई हेर्ने दृष्टिकोणमा परीवर्तन हुन जरुरी रहेको बताइन् ।

कार्यक्रममा ओनिम्सका सल्लाहकार बद्रीलक्ष्मी बैद्यले गणितको विकासका लागि आफू कटिबद्ध भएर लाग्ने बताइन् । काठमाडौं विश्वविद्यालयका डा.सरस्वती आचार्यले गणितमा महिलाको संख्या बढाउन सरोकारवालाहरुसंग समन्वय गरेर अघि बढ्नुपर्ने बताइन् ।

गणितमा महिलाको पहुँच बृद्धि गर्न र उत्कृष्ट छात्राहरुलाई छात्रबृत्तिका कार्यक्रमहरु ल्याउन आवश्यक रहेको उनीहरुको भनाई छ । ओनिम्सले गणितमा महिलाको सहभागिता बढाउन, नेतृत्व विकास गर्न बिविध कार्यक्रमहरु गर्दै आएको छ । कार्यक्रमको विषयवस्तु माथि ओनिम्सका उपाध्यक्ष डा.निलम सुवेदीले प्रकाश पारेकी थिइन् । कार्यक्रममा विश्वविद्यालय, क्याम्पस, विद्यालयमा अध्यापनरत र अध्ययनरतहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 314 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदाता नामावलीमा नाम नभएपछि विप्लवले मतदान गर्न पाएनन्