पृष्ठभूमि:
नेपाल सरकारको सार्वजनिक निकायको प्रमुखले निजको सरोकार र सम्बन्धको कार्यक्षेत्रभित्र पर्ने नेपाल सरकारले दर्ता गरी स्वीकृत गरेको कुनै निकाय वा निकायहरूले आयोजित कार्यक्रममा अतिथिको रूपमा वा आमन्त्रित वक्ताको रूपमा वा सहभागीको रूपमा वा आफ्नै चासोमा श्रोता एवं दर्शकको रूपमा उपस्थित हुन र आयोजकले अनुरोध गरेमा तटस्थ र निष्पक्ष रूपमा विचार राख्न मिल्छ या मिल्दैन भन्ने अहिले बहसको विषय भएको छ ।
२०७७ माघ ८ गते प्रेस संगठनको राष्ट्रिय भेलामा मेरो उपस्थितिका सम्बन्धमा केही पत्रकार साथीहरूले टिप्पणी गरेको सुनें । जुनकुनै विचारधारामा आबद्ध पत्रकारको संगठनले निम्ता गरेको अवस्थामा त्यस्ता भेलामा उपस्थित भएर प्रेस काउन्सिल नेपालको कामकारबाही, आचारसंहिता पालना, स्वच्छ, स्वस्थ, स्वतन्त्र र मर्यादित पत्रकारिता मैत्री प्रेस काउन्सिल नेपाल नारा सफल बनाउने अपेक्षा राख्दछ । यसको पालना गरौं भनेर भन्नु र कुनै समय म पनि संगठन थिएँ, तर आज छैन भनेर खुल्ला भाषण गर्नु र भन्नु मैले मेरो प्रतिबद्धता तोेडेको कसैले व्याख्या गर्र्छ भने यसमा मेरो भन्नु केही छैन । मैले त्यहाँ बोलेको कुरा कैयौं साथीहरूको भिडियो रेकर्ड सुरक्षित होला हेरे हुन्छ ।
वर्तमान प्रधानमन्त्रीले गर्ने सम्बोधन कार्यक्रममा नेपालको सार्वजनिक निकाय प्रेस काउन्सिलका वर्तमान अध्यक्ष गोपाल बुढाथोकी सहभागी न हुनुपर्ने र विवादस्पद मनतव्य पनि राख्नुहुँदैनथ्यो भन्ने गुनासाको सम्बन्धमा अध्यक्षले उपर्युक्तअनुसारको स्पष्टोरोक्ति माघ ९ गते सामाजिक सञ्जाल फेसबुकमार्फत दिनुभएको पाइयो ।
प्रेस संगठनको माघ ८ गते बिहीबारको भेलालाई वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नु हुने कार्यक्रम रहेछ भन्ने कुरापछि मिडियाले प्रमको लाइभ सम्बोधनको प्रत्यक्ष प्रसारण गरेपछि थाहा भयो ।
विचारको सम्मान र अनुशरण :
जवाहरलाल नेहरू समाजवादी विचारधाराप्रति अलि नरम र झुकाव राख्थे । उनीहरू एउटै दलमा भएको बेला र पछि अलग अलग भए पनि आफूपछिको उत्तराधिकारी छोरी इन्दिराको सट्टा लोकनायक जयप्रकाश नारायणलाई बनाउन पाए हुन्थ्यो भन्ने चाहेका थिए भनेर अहिले पनि भारतमा चर्चा चल्ने गरेको छ ।
देश र जनताको हित चिताएर कसैको निन्दा र कसैप्रति लम्पसार नहुनेगरी विचार सुन्ने, टिप्ने र असहमति व्यक्त गर्ने वा आफ्ना गहन विचार राख्न पाउने अधिकार सबैलाई छ
आम निर्वाचनको बेला होस् या जयप्रकाश नारायणले पनि सम्बोधन गर्ने जुनसुकै कार्यक्रम र सभा रहेछन् भने नेहरूले ‘जेपीको भाषण सुन्न जानु है, तपार्इंहरूलाई उनका कुराहरू कस्ता लाग्छन्, उनका राम्रा कुराहरू रहेछन् भने हाम्रो पार्टीले अनुशरण गर्दा के हुन्छ’जस्ता विचारको सम्मान गर्ने कुराहरू आफ्ना पार्टीका समर्थक र कार्यकतालाई भन्नुहुन्थ्योे भनेर अहिले पनि भारतमा चर्चाको विषय बनेको छ ।
कार्यक्रममा सहभागिता र वैचारिक परिपक्वता :
नर्भिक अस्पताल जाने छोटो बाटो खोज्दै जाँदा बाटोमा पर्ने मधेसी कर्मचारी मञ्चको कार्यालय अगिल्तिर उक्त मञ्चका पूर्वअध्यक्ष तथा वन अधिकृत (पछि तमलोपाका सहमहामन्त्री) विनोद सिंहसँग भेट भयो । मैले जागिर छोडेको थाहा पाएका उनले मधेसी कर्मचारी मञ्चबाट मेरो अबको जीवन यात्राको सुखद कामना गर्न बोलाउने कुरा गर्नुभयो । पछि उनका आफ्नै अनेक झमेला लागेर यो कुरा त्यत्तिकै ट¥यो ।
जागिरपछिका बाँकी जीवनका यस्ता शुभकामना गर्न आमन्त्रित हुनु पाउनुपूर्व कर्मचारीका लागि खुसीको कुरा भएकाले यस्ता कार्यक्रम आयोजना हुने नहुने’bout झन्डै डेढ वर्षअघि अधिकारिक ट्रेड युनियनका तत्कालीन अध्यक्ष, नेकपा एमाले समर्थक निजामती कर्मचारी संगठनका पूर्वपदाधिकारी तथा वर्तमान अध्यक्ष, नेपाली कांग्रेस समर्थक निजामती कर्मचारी संघ युनियनका वर्तमान पदाधिकारी र नेकपा माओवादी समर्थक राष्ट्रिय कर्मचारी संगठनका वर्तमान अध्यक्ष हरि रावलसँग भेटलगायत अरू माध्यमबाट समेत जिज्ञासा राखे । राप्रपा समर्थक कर्मचारीसँग भेट भएन । राप्रपा समर्थक कर्मचारीको पनि युनियन भए÷नभएको थाहा थिएन ।
त्यसको केही महिनापछि निजामती कर्मचारी संघको वार्षिक कार्यक्रममा युनियनले पूर्वकर्मचारीलाई शुभकामना प्रदान गर्ने कार्यक्रम आयोजना गर्न लागेकाले सहभागी हुने नहुने निश्चितताका लागि अनुरोध गरेकाले मैले अनुरोध स्वीकृत गरेँ ।
उक्त कार्यक्रममा सहभागी भएर मैले पूर्वमन्त्री कृष्ण सिटौला, पूर्वप्रम शेरबहादुर देउवालगायतका नेताको विचार एवं अधिकारिक ट्रेडयूनियनका तत्कालीन अध्यक्ष पुण्य ढकाल, कर्मचारी संघ युनियनका अध्यक्ष गोपाल पोखरेल र पूर्वराजदूत एवं पूर्वमुख्यसचिव भोजराज घिमिरेलगायतकाले व्यक्त विचार सुनें ।
‘कांग्रेस जिम्मेवार प्रतिपक्ष भएकाले जिम्मेवारीपूर्वक नै भूमिका निभाइरहेको’ भनेर सायद शेरबहादुर देउवाले नेकाका त्यहाँ उपस्थित अरू नेताको ‘नेकाले अहिले कमजोर भूमिका निभाइरहेको’ भनेर व्यक्त गरेको विचारको जवाफ फर्काउनुभएको पनि यस्ता औपचारिक समारोहमा पहिलो नै थियो होला । मैले अहिले पनि उहाँको जिम्मेबार प्रतिपक्ष शब्दलाई उहाँबाट शब्द सापटी लिएको भनेर आफ्ना लेखमा उल्लेख गर्ने गरेको छु । कर्मचारी नेता गोपाल पोखरेल, कृष्ण सिटौला र पुण्य ढकालले व्यक्त गरेका विचार अत्यन्त मननयोग्य थिए । ती विचार पछि कुनै अवसर भएमा उहाँहरूको नामसहित उल्लेख गर्नेछु । कार्यक्रम भएको भोलिपल्टको अखबारमा व्यक्त भएका महŒवपूर्ण विचारको सट्टा सामान्य समाचार मात्र थिए ।
मैले विभिन्न बहस, अन्तक्र्रियालगायतका कार्यक्रम, जसले आयोजना गरे पनि आमन्त्रित नगरे पनि यदि थाहा पाइएको छ र फुर्सद निकाल्न सकिन्छ भने सहभागी हुनु उपयुक्त हुन्छ र देश जनताको हितमा कसैलाई खेदो नखनी खबरदारी गर्ने विचार राख्ने अवसर दिएमा राख्दा पनि हुन्छ र यसकै आधारमा संकुचित मन राखेर कसैको पनि कित्ताकाट गर्नुहुँदैैन भनेर सामाजिक सञ्जालमा पोस्ट गरेको थिएँ ।
हाम्रो परिवार निम्न मध्यमवर्गीय परिवार भए तापनि सामाजिक एकता खोज्ने, राजनीतिक विभाजनले ल्याउने सामाजिक विभाजनको विरोधी, सहिष्णुता चाहने, सुखदुःख बाँड्ने र कसैको कुभलो नचिताउने, सहयोगी भएको हुनाले नै होला पहाडदेखि नै पञ्चहरू, जिल्लाका उच्च प्रशासक, शिक्षा कार्यालय पदाधिकारी, मामा चेला तथा फुपु चेलाहरूको सम्पर्क र आवतजावत गर्ने साझा घर थियो भनेर मैले आफ्ना प्रकाशित लेखमा उल्लेखसमेत गरको थिएँ ।
भारतमा नेहरूले जयप्रकाश नारायणको भाषण सुन्न जानु, राम्रा कुरा रहेछन् भने हाम्रो पार्टीले अनुशरण गर्दा के हुन्छ भनेर कार्यकर्तालाई भन्थे
जिल्लामा प्रमुख भएर जाँदा कर्मचारीका विभिन्न ट्रेड युनियन संगठनहरूले आमन्त्रित गर्थे । उनीहरूलाई फुटने होइन जुटेर एउटै कर्मचारी संस्था बनाउन सुभाव दिन्थे । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनेर स्पष्ट हुन सके मात्र पनि समस्या पर्दैन । पेसागत मान्यता र आचरणमा काम गर्नुभएमा कसैको झण्डा बोक्नुपर्दैन । कर्मचारीतन्त्र या राजनीतितन्त्र होस् वा सामाजिकतन्त्र हरेक क्षेत्रमा दुई चार जना मात्र अनुशासन, विधि, विधान तोडेर भए पनि आफ्नो मात्र निजी स्वार्थ पूरा होस् भन्ने चाहना राख्ने हुन्छन् । अनुशासन, विधि र विधान तोड्न नचाहने जुनसुकै क्षेत्रको नेतृत्वलाई आफ्नो कुटिल स्वार्थ पूरा नभएको झोकमा त्यस्ता केही स्वार्थी जमातले हतास र विचलित पार्ने असफल प्रयत्न पनि गर्छन् । जनताले तिनका विकृत स्वार्थ बुझेपछि उनीहरू आफैं खुम्चिन्छन्, नांगिन्छन् भन्ने अनुभव जीवनमा सबैले एक दिन भोग्नु नै पर्ने हुन्छ ।
वर्तमान सन्दर्भ :
मञ्चमा भाषण नै गर्न भनेर पनि निम्ता आएकोमा कोभिड महामारीपछि झन्डै १० महिनाको अवधिमा एकपटक मलामी र एकपटक अति जरुरी काम त्यो पनि कसैको निजी बाइकमा ल्याउने र लैजाने सहयोगको अनुरोध गरेपछि बाहेक सामाजिक संस्कार, सरकारी, राजनीतिकलगायतका कार्यक्रममा आवासीय परिसर बाहिर गइएको छैन ।
अहिले नेका, डबल नेकपा, राप्रपालगायतकाले अनुरोध गर्दा पनि गएर विचार सुन्ने इच्छा भए पनि माहामारीको त्रासदीले कुनै कार्यक्रममा जान सकिएको छैन । महामारी नियन्त्रणमा आएपछि फुर्सद भएमा जुलुसमा गएर नाराहरू पो नलगाउने, ताली गाली पो नगर्ने तर विभिन्न आमसभा वा सभाहलका कार्यक्रम अन्तक्र्रिया एवं बहसहरूमा गएर तथा सबैमा सहभागी भएर व्यक्त विचार सुन्नुपर्छ । विचारहरू टिपोट गर्न सकिए टिपन पनि गर्नुपर्छ । बहस, अन्तक्र्रियामा प्रश्न एवं जिज्ञासा राख्न सकिने भए त्यो पनि राख्नुपर्छ भन्ने एउटा देशको देशभक्त नागरिकको हैसियतले मेरो विचार छ ।
यदि कोही प्रसिद्ध विश्लेषक छ, यो नेपाल सरकारबाट स्वीकृत पाएको कुनै विषयगत निकायले कुनै कार्यक्रम आयोजना गर्दा सोही आयोजक विषयगत निकायलाई समेत अनुगमन गर्ने नेपाल सरकारले सार्वजनिक निकायको रूपमा परिभाषित गरेको निकायका नेपाल अधिराज्यका प्रमुखले त आफ्ना मातहतका सबै विषयगत निकायको आमन्त्रणमा सबैमा सहभागी मात्र होइन, निर्देशन पनि दिन मिल्छ । मुख्य कुरा सहभागी भयो भन्ने होइन न त फलानाले सारै अप्रिय बोले भन्ने नै हो बल्कि पेसागत मापदण्ड, मान्यता, आचरण, मर्यादाको पालना गर्दै विचार व्यक्त लगायतको भूमिकाचाहिँ निष्पक्ष, तटस्थ र पेसाउन्मुख प्रतिबद्ध भयो कि भएन भन्ने नै हो ।
अन्त्यमा:
कुनै कार्यक्रममा प्रत्यक्ष उपस्थित हुँदा विचार प्रस्तुत गर्ने र प्रस्तुत भएका विचारको नै जति राम्ररी पर्यालोचन गर्न सकिन्छ अरूले सुनाएको वा सञ्चारका साधनले गरेको प्रस्तुतिबाट त्यति नै गर्न सकिन्न । देश र जनताको हित चिताएर कसैको निन्दा र कसैप्रति लम्पसार नहुने गरी विचार सुन्ने, टिप्ने र असहमति व्यक्त गर्ने वा आफ्ना गहन विचार राख्न पाउने अधिकार सबै नेपालीलाई भएकाले समाजका हरेक तप्काले राम्रो दृष्टिले हेरून् भन्ने मनशायले भूमिका निभाउने गरी जसको कार्यक्रममा सहभागी भए पनि कुनै आपत्ति हुन्छजस्तो मलाई चाहिँ लाग्दैन ।