नेपालमा एक दिनमा ७ महिला बलात्कृत, २ महिनामा १ जनाको हत्या

काठमाडाैं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको ११ दिन बितिसक्दासमेत प्रहरीले हत्याराको सामान्य सुइँको समेत पाउन सकेको छैन । यस्तै साढे २ वर्षअघि बलात्कारपछि हत्या गरेकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन । यसो त बलात्कारपछि हत्या भएका धेरै बालिकाका हत्यारा पत्ता लगाउन सरकार असफल हुँदै आएको छ । जसका कारण बलात्कार हुने र बलात्कारपछि हत्या गर्ने क्रमसमेत बढ्दो छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले भागरथी हत्या घटनाको अनुसन्धानलाई निष्कर्ष नजिक पु¥याएको दाबी गरे पनि तत्काल हत्यारा पत्ता लाग्न सक्ने देखिएको छैन ।

३० महिनामा ५ हजार ६ सय ३४ बलात्कृत, १६ जनाको हत्या
हरेक दिन औसतमा सात जना महिला बलात्कृत
दुई महिनाबीच एकको हत्या हुने देखिएको

यसरी बलात्कारका घटना सेलाउन नपाउँदै एकपछि अर्को घटना घटिरहेका छन् । प्रहरी प्रहरी प्रधान कार्यालयका अनुसार विगत ३० महिनामा मात्रै बलात्कारका ५ हजार ६ सय ३४ घटना घटेका छन् । यस अवधिमा १६ जनाको त बलात्कारपछि हत्या नै भएको प्रहरीले जनाएको छ ।

कानुनअनुसार बलात्कार जघन्य प्रकारको फौजदारी अपराध हो । यस्तो घटनाको ग्राफ डरलाग्दो किसिमले बढ्नुले समाजमा आतंक र भय छाउने समाजशास्त्रीको भनाइ छ । सरकारले यो तथ्यलाई बुझेर बलात्कार र हत्यामा संलग्नलाई छिटोभन्दा छिटो कानुनी कठघरामा उभ्याउनुपर्ने सुझाव उनीहरूको छ ।

प्रहरीको तथ्यांकलाई विश्लेषण गर्दा हरेक दिन औसतमा सात जना महिला बलात्कृत भइरहेका छन् । यसरी बलात्कृत हुनेमा ५ वर्षका बालिकादेखि वृद्धासम्म रहेका छन् । तथ्यांकअनुसार दुई महिनाकोबीचमा एक जनाको बलात्कारपछि हत्या हुने गरेको छ ।

प्रहरीका अनुसार गत ३० महिनाको अवधिमा प्रदेश १ मा १ हजार ३ सय ५३ जना, प्रदेश २ मा ७ सय ७६ जना, बाग्मती प्रदेशमा ६ सय २७ जना, काठमाडौं उपत्यकामा ६ सय ७४ जना बलात्कृत भएका छन् । यसैगरी गण्डकी प्रदेशमा ४ सय ३७ जना, लुम्बिनी प्रदेशमा ९ सय २२ जना, कर्णाली प्रदेशमा ३ सय ५२ र सुदूरपश्चिम प्रदेशमा ४ सय ९२ जना बलात्कृत भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बलात्कारपछि हत्या हुनेमा प्रदेश १ मा पाँच जना, प्रदेश २ मा चार जना, काठमाडौं उपत्यकामा दुई जना, गण्डकी प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा तीन जना रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 452 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदाता नामावलीमा नाम नभएपछि विप्लवले मतदान गर्न पाएनन्