सरकारको तीन वर्ष पूरा: प्रधानमन्त्रीले आज ‘प्रेस ब्रिफिङ’ गर्ने

काठमाडौं । बर्तमान सरकार गठन भएको आज तीन बर्ष पुरा भएको छ । यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीन बर्षमा गर्दै आएको काम र प्राप्त उपलब्धीका’bout आज प्रेस ब्रिफिङ गर्नुहुने कार्यक्रम छ ।

प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि तीन बर्ष पहिले २०७४ साल फागुन ३ गते केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको हो । सरकारले तीन वर्ष पुरा गरेको अवसरमा प्रधानमन्त्री ओली आफ्नो सरकारका उपलब्धी पुनःनिर्मित सिंहदरबार परिसरमा एक विशेष कार्यक्रमका साथ सार्वजनिक गर्दैछन् ।

झण्डै दुई तिहाई बहुमत पाएको सरकार गठन भएपछि समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा राखेर पूर्वाधार विकास, सामाजिक न्याय सहित समतामूलक समाज निर्माण एवं आर्थिक क्रान्ति सहित सरकारले नीति तथा कार्यक्रम अघि सारेको थियो ।

तीनै नीति तथा कार्यक्रमको जगमा रहेर राष्ट्र र जनता हितका पक्षमा विभिन्न कार्यहरु भएका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुरामा अतिक्रमित भएको नेपालको भूमी समेटिएको नयाँ नक्शा राष्ट्रिय सहमतिमा जारी भएको छ ।

नेपालको अखणडता र स्वाधिनताको पक्षमा सरकारले गरेको यो एक ऐतिहासिक काम थियो । भूकम्पले क्षतिग्रस्त संरचनाहरुको पुननिर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ ।

रेलमार्ग तथा सडक पूर्वाधार लगायत राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माणकार्य प्रभावकारी रुपमा अघि बढ्दै छन् । जेष्ठ नागरिकको सम्मान तथा किसान मजदुर वर्गको हितका लागि सामाजिक सुरक्षा कार्यक्रम अघि सारिएको छ ।

नेपालको विद्युत निर्यात गर्न विद्युत प्रसारण केन्द्रहरको विस्तार लगायत भष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने दिशामा भईरहेका कामहरुको आधारमा सरकारको तीन बर्षलाई प्रधानमन्त्री ओलीले आज गर्ने  ‘प्रेस ब्रिफिङ’ मा समेटिने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 274 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिम प्रदेश सभाको ठूलो दल एकीकृत समाजवादी २ पालिका सिमित