Saturday, September 25, 2021
Your Ads Here
Homeभर्खरैजनताले दिएको जिम्मेवारी पूरा गर्न नदिइएपछि पुनः ताजा जनादेशः ओली

जनताले दिएको जिम्मेवारी पूरा गर्न नदिइएपछि पुनः ताजा जनादेशः ओली

,
sharethis

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जनताले दिएको जिम्मेवारी पूरा गर्न नदिइएपछि पुनः ताजा जनादेशमा जान प्रतिनिधिसभा विघटन गरेको बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भवनको सोमबार सिंहदरबारमा उदघाटन गर्दै ओलीले आफ्नै पार्टीले सरकार सञ्चालनमा बाधा पु-याएकोले स्थिरताका लागि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका हुन ।

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनिँदा आफूलाई उदेक लागेको ओलीले सुनाए । उनले विघटनको बाटो नलिएको भए विभिन्न समीकरण बनाउने खेल र अस्थिरताको सम्भावना देखिएको उन बताए । आफ्नै पार्टीका शीर्ष तहका केही नेताका अतृप्त आकांक्षा र कुण्ठाका कारण प्रतिनिधिसभा विघटनको अवस्था आएको बताएका छन् ।

आफ्नै पार्टीका शीर्ष तहका केही नेताका अतृप्त आकांक्षा र कुण्ठाका कारण प्रतिनिधिसभा विघटनको अवस्था आएको

वैशाख १७ र २७ गते निर्वाचन हुन्छ भनिरहँदा पनि प्रतिगमन भयो भनेर अनावश्यक हल्ला चलाइएको उनले बताए । अब आउने निर्वाचनले प्रतिनिधिसभाको अन्तर्यमा अवश्य नै भिन्नता ल्याउने उनले दाबी गरे । ओलीले प्रतिनिधिसभा विघटन जनादेशको सम्मान भएको पनि बताए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सार्क विदेशमन्त्रीस्तरीय बैठक अन्योल

उनले नेकपा दाहाल नेपाल समूहका नेता माधब नेपालप्रति ब्यङग्य गर्दै जनताबाट पराजित भएका मानिस जस्केलाबाट प्रधानमन्त्री भएको बताए । त्यस्तै आकांक्षाका लागि अनुचित हर्कत रोक्नु र चुनावमा जानु अलोकतान्त्रिक नभएको ओलीको जिकिर छ । गुटबन्दी, जालझेल, तिकडम लोकतान्त्रिक मूल्य मान्यता कदापि हुन नसक्ने बताउँदै उनले निर्वाचनले राष्ट्र र पार्टीलाई एकताबद्ध बनाउने जिकिर गरे ।

भ्रमको खेती गरेर पार्टीलाई नै विभाजित बनाउने काम आपराधिक गतिविधि रहेको उनले बताए । निर्वाचनले सबै पार्टीहरूलाई एकताबद्ध बनाउने उनको दाबी छ ।

तपाइको प्रतिक्रिया

(Visited 123 times, 1 visits today)

आजको समाचार

दसैंमा टिकाकाे साइत बिहान १० बजेर ०२ मिनेटमा

  काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत...

त्रिशूलीमा कार खस्याे, एकै परिवारका तीन बेपत्ता

  चितवन ।  इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका...

सार्वजनिक सवारी साधनको भाडा बढ्यो

काठमाडाैं । सरकारले आजदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा देशभर लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात...

कहिले पूरा होला सेती राजमार्ग ?

धनगढी । सुदूरपश्चिम प्रदेशको विकासमा फट्को मार्ने अपेक्षा गरेको राष्ट्रिय गौरव आयोजनाको सडक सेती राजमार्गले गति लिन सकेको छैन । दुईवटा कार्यालय स्थापना गरी...

दरबारबाट श्रीपेच चोर्न खोज्ने सेनाको नियन्त्रणमा

काठमाडौं । नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेज निकाल्न खोज्ने एकजनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको हो। नारायणहिटी...

साताका लोकप्रिय समाचार

कोलकातासँग मुम्बाई पराजित

आबुधावी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ । आबुधाबीमा गएराति भएको खेलमा मुम्बइले दिएको...

बैंगलोरविरुद्ध कोलकत्ताको सहज जीत

नयाँ दिल्ली । ईन्डियन प्रिमियर लिग आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ९ विकेटले हराएको छ । आबुधाबीमा गएराति भएको खेलमा बैंगलोरले...

सार्वजनिक सवारी साधनको भाडा बढ्यो

काठमाडाैं । सरकारले आजदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा देशभर लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात...

विवादमा संगीत रोयल्टी संकलन समाजको नयाँ कार्यसमिति

काठमाडौं । संगीत क्षेत्रका १५ सय स्रष्टाहरूको रोयल्टी संकलन गरेर वितरण गर्ने जिम्मेवारी बोकेको संस्था ‘संगीत रोयल्टी संकलन समाज नेपाल’ यतिबेला आफैं विवादमा छ...

अनुसन्धानमा परिपक्वता ल्याऊ

संखुवासभाको मादी–१ खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणको जालो अहिले खुल्दै गएको छ । यसलाई कतिपयले ‘नयाँ रहस्य’का रूपमा लिए पनि अन्तर्यमा...

ट्रेन्डिङ

पाँच वर्ष अघि प्रेमविवाह गरेर आएकी विणाको श्रीमाननै बने हत्यारा

जनकपुरधाम । धनुषामा एक श्रीमानले श्रीमतीको हत्या गरेर जंगलमा गाडेको ४ दिनपछि शव फेला परेको छ । धनुषाको मिथिला नगरपालिका वडा नं.९ लालभिट्टीका २८ वर्षिय...

कोरोना महामारीले सुनसान मातातीर्थ

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना महातीव्र नभएको भए राजधानीको पश्चिमी भेगस्थित चन्द्रागिरि नगरपालिका–६ थानकोट नजीकैको मातातीर्थमा लाग्ने मेलामा हजारौँ भक्तजनको भीड लाग्थ्यो । कोरोना...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)