संसद विघटनविरूद्ध दोलखा कांग्रेसको प्रदर्शन

दोलखा । प्रतिनिधिसभा विघटनविरूद्ध नेपाली कांग्रेस दोलखाले सदरमुकाम चरिकोटमा प्रदर्शन गरेको छ ।
प्रतिनिधिसभा विघटन गरिएको एक सातापछि पुस १३ बाट चरण बद्धरुपमा आन्दोलित दोलखा कांग्रेसले आज जिल्ला कार्यसमितिहरुको आयोजनामा सदरमुकाम चरिकोटकोमा विरोध प्रदर्शन गरेको छ ।

संसद विघटनलाई असंवैधानिक कदम भन्दै आएको कांग्रेसले सर्वोच्च अदालतको फैसला नआउन्जेल आन्दोलनलाई औपचारिकताको रूपमा मात्रै अघि बढाउँदै आएको छ । नेपाली कांगे्रसका केन्दीय सदस्य गुरु घिमिरेले ओलीको अवैधानिक कदम जसरी पनि सच्चिनु पर्ने बताए ।

नेपाली कांगे्रसका नेता तारा बहादुर कोईरालाले ओलीले निर्वाचन घोषणा गरेपछि पनि पार्टीका विभिन्न कार्यक्रमहरु गरेर राज्यशक्तिको दोहोन गरिरहेको बताए । नेपाली कांगे्रसका नेता बर्मा लामाले राज्यको साधन र स्रोतमाथि दाई गर्दै ओली समुह आफ्नो गुट विस्तारमा लागेको बताए ।

नेपाली कांग्रेसका पार्टी सभापति रुद्रबहादुर खड्काको सभापतित्वमा भएको बिरोध सभालाई नेपाली कांग्रेसका नेता तारा बहादुर कोईराला, देविप्रसाद न्यौपाने, ईश्वर मानन्धर, बालकृष्ण आचार्य,महिला नेतृ गिता शिवाकोटी, महेश काफ्ले, दावा साँङगे शेर्पा, तेजबहादुर बिश्वकर्मा लगायतले सम्बोधन गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार