प्रदेश २ कै ठूलो धनराशीको फुटबल प्रतियोगिता बागमतीमा हुने

सर्लाही । सर्लाहीको बागमती नगरपालिकामा प्रदेश २, कै ठूलो धनराशीको फुटबल प्रतियोगिता हुने भएको छ । प्रदेश नं.२ को शान राजा जनक प्रतिको सम्मान नाराका साथ चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताको बागमतीमा आयोजित हुने भएको छ ।

वडा नं. ११ कर्मैयास्थित  सन्‍तोष स्मृति खेल मैदानमा  फागुन २२ गतेबाट प्रतियोगिता सुरु हुने  भएको छ । शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा आयोजक बागमती नगरपालिकाको (रातो) र बागमती युवा क्लबको (निलो) समेत गरी १२ वटा क्लबले सहभागिता जनाउने भएका छन्।

 जसमा दुईवटा विदेशी क्लबसमेत रहेका आयोजक क्लबले जनाएको छ । बागमती नगरपालिका र बागमती युवा क्लबको एक–एक वटा टिमसँगै नेपाल पुलिस क्लब काठमाण्डौं, एन.आर.टी. क्लब काठमाण्डौं, जावलाखेल यूथ क्लब काठमाण्डौं, उर्गेन एकेडेमी फुटबल क्लव भुटान, कञ्चनजंगा एफ.सी सिक्किम, प्लानिङ ब्वाईज काठमाण्डौं, सुदूरपश्चिम–११, ब्वाईज युनियन काठमाण्डौं, चितवन–११ चितवन र नव जन जागृति युवा क्लब सीमराले सहभागिता जनाउँने  बागमती युवा क्लवका अध्यक्ष किस्मत मैनालीले बताउनु भयो ।

 प्रतियोगितामा प्रथम हुने टिमले दश लाख र द्वितीय हुने टिमले पाँच लाख नगद पुरस्कार पाउने तथा प्रतियोगिताकै सर्वोत्कृट खेलाडीले ५१ हजार रुपैयाँ र सर्लाहीका सर्वोत्कृष्ट खेलाडीले एक थान मोटसाइकल प्राप्त गर्ने आयोजक क्लबले जनाएको छ । प्रतियोगिताको फागुन २२ गते पूर्व उपप्रधान मन्त्री  तथा  नेकपाका प्रवक्ता नारायण काजि श्रेष्ठको आतिथ्यता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र प्रदेश २, का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवको विशिष्ठ आतिथ्यतामा उद्घाटन गरिने आयोजकले बताए ।  चैत्र २ गते सम्म चल्ने प्रतियोगिता सुरक्षित रुपले सम्पन्न गर्नका लागि सम्पूर्ण पूर्वाधार तयार भइसकेको बागमती नगरपालिकाको खेलकुद संयोजक दीपक लामाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदानको ७२ घण्टा अघि सिमा नाका सिल हुने