विद्यार्थी र अभिभावकको हो–हल्लापछि सरस्वती पूजा

सप्तरी, राजविराज । सरस्वती पूजा नमनाउने सोचका साथ बन्द गरि राखेको एक विद्यालयले विद्यार्थी तथा अभिभावकको चर्को बिरोधपछि मंगलबार ढिलो गरि पूजाको कार्यक्रम आयोजना गरेका छन् ।

साविक वडा नं. ३ र हाल राजविराज ४ स्थित आधारभुत विद्यालय केन्द्र नं. ६ ले सरस्वती पूजाको दिन पनि बिहान १० बजेसम्म विद्यालय बन्दै राखेको थियो । त्यसको बिरोधमा उक्त विद्यालयका विद्यार्थी र अभिभावकले नाराबाजी गर्दै बिरोधमा उत्रेका थिए ।

विद्यार्थीको आस्थाको रुपमा रहेकी सरस्वतीको पूजा नगरे विद्यालयमै तालाबन्दी गरिदिने विद्यार्थी र अभिभावकले तयारी गरेपछि विद्यालय पुगेका प्रधानाध्यापक शंकर यादवले ढिलै भएपनि पूजा सुरु गर्ने प्रतिबद्धता जनाएका थिए ।

कोरोनाको संक्रमणका कारण यसपल्ट पूजा नगर्ने बताउँदै आएका प्रअ यादवले विद्यार्थी र अभिभावकसँगै वडा अध्यक्ष मो. अख्तर बाबाको समेत बिरोध आएपछि सरस्वतीको मूर्ती ल्याएर पूजाको ब्यवस्था मिलाएका थिए ।

स्थानिय अभिभावक बसन्त साहले विद्यार्थीको आस्थाप्रति खेलवाड गर्ने प्रअ यादवमाथी कारवाहीको माँग गरेका छन् । वडा अध्यक्ष अख्तर बाबाले विद्यार्थीको आस्थासँग जोडिएको विषयमा लापरवाही गर्ने प्रअ यादवमाथी कारवाहीका लागि नगरपालिका र मातहातका शिक्षा शाखामा पत्राचार गरिने बताएका छन् ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

बार्सिलोना, चेल्सी र युभेन्टस विजयी
संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन : नेता नेपाल
क्वारेन्टाइनमा आएपछि बाँच्ने आशा पलायो
नेपालको पहिलो प्रतिद्वन्द्वी अमेरिका
सिड्नीमा अपोलो होली मेला २०२० हुने
‘नो मास्क,’ ‘नो इन्ट्री’

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी