Monday, July 26, 2021
Homeबिचारमहिला अधिकार र न्याय

महिला अधिकार र न्याय

,
sharethis

सायद जिन्दगीका केही खुसीहरू लुटिएर गए
मन पराउनेहरू खोजिएर नभेटिने भए ।
बाँकी रहरहरू ओइलाएर गए,
इच्छाहरू दोबाटोमा छरपष्ट भए ।
बुझाउनै नसकिने ती बुझाइहरू तप्प चुहिएर गए,
अलिअलि भएको सपना भ्वाङ पारेर गए ।
किन होला नारीको भाग्य यस्तो कि,
नियति खराब ?
धर्तीको सबैभन्दा सुन्दर फूल पनि मानिस नै हो र गन्हाउने चरित्र र खराब नियत पनि मानिस कै हुँदोरहेछ।
यसै बस्न हुन्न अब सपनाहरू सजाउन पाए,
सबै बाटो हुन्न बन्द रहरहरू ओछ्याउन पाए ।
हुन्न दिनु जीवन तुहिन बाँकी सबै उद्देश्य पूरा गर्ने भए,
गुम्सिएर होइन जीवन, पस्किएर हेर ।
मातासीताले रामलाई त्याग्न चाहेकी थिइनन्,
द्रौपदीले पाँच जना श्रीमान् राख्न चाहेकी थिइनन् ।
गोमाले ७० वर्षको वृद्ध शिव शर्मासँग बिहे गर्न चाहेकी थिइनन्,
कुनै पनि नारी जन्म घर छोडेर जान चाहँदिनन् ।
तर, यी सब कुरा नारीमा हुने संस्कार, मर्यादा, त्याग र समर्पण हुन् । कमीकमजोरी होइनन् । यही परिवेशभित्रकी एउटी नारी आसान, भाषण र रासनमा किन सीमित हुन्छिन् ? किन हुन्छिन् ? बारम्बार बलात्कृत यही समाजका नरपिचासहरूबाट ? हरेक टोलमा राम मन्दिर बनाउँछन् । त्यसैको आँगनमा खेलिरहेकी सीताको सुरक्षा किन हुँदैन यो समाजमा ?

कति अनौठो छ नारीको जीवन । हरेक सपना फेरिन्छन्, चाहना फेरिन्छन् तर नारीप्रतिको हेर्ने दृष्टिकोण र बुझ्ने सोच कहिल्यै फेरिँदैन । मीठो बोलीका साथै विश्वास र भरोसा चाहिन्छ, नारीले धेरै गर्न सक्छन् ।

एउटा, पुरुषले किताबको पानापाना पल्टाएर पढेर जान्छ, सिक्छ तर नारीले पाइला पाइलामा संघर्ष गरेर घर चलाउँछिन् । केही गरूँ भनी समाजमा निस्कन खोज्दा उसका पाइला रोकिन्छन् । कहिले महिला हिंसाको रूपमा पीडित हुन्छिन्, एउटी नारी । किन हुन दिन्नन् समान नागरिक हुन् । आखिर के खोस्छिन् र पुरुषको अधिकार ? हरेक शिक्षित नारीले नै बनाउँछिन् एउटा सुन्दर घर, समाज र देश । त्यति मात्र होइन, एउटा पुरुषको सफलताको भागीदार नारी नै हुन् ।

एउटालाई ठक्कर लाग्दा अर्कोलाई दुखोस्,
एउटाको मन दुख्दा अर्काको आँसु झरोस् ।
शरीर दुइटा किन नहोस् मन एउटै होस,
एउटालाई खुसी मिल्दा अर्को रमाओस् ।
त्यसलाई पो भनिन्छ, नारी र पुरुषको सम्बन्ध ।

पसिना र आँसु झुटो कहिल्यै हुँदैन । पीडा नभई आँसु कहिल्यै झर्दैन । त्यही नारीको कोखबाट जन्मेको पुरुष किन हुन्छ यति निर्दयी ? पटकपटक पुरुषले गल्ती गर्दा त्यही नारीले चिरिएको छातीभित्र फेरि सजाइदिनुपर्ने ।

सायद, यति महान् भएर नै होला नारीको जीवन कर्कलाको पानी जस्तै । मुस्कुराइरहेको एउटा फूललाई भोलि मन्दिर जान्छु कि कात्रोमाथि थाहा नभएजस्तै कति बेला कहाँ अन्त्य हुन्छ थाहै नहुने । अपत्यारिलो र अकल्पनीय ढंगबाट नारी सधैं हिंसामा परिरहेकी हुन्छे ।

आजभोलि नारी अधिकारका नाममा धेरै कुरा हुन्छ । चिया पसलदेखि हरेक तहमा चाहे मन्त्रीको गफमा होस् चाहे राष्ट्रपतिको कोठामा त्यति मात्र कहाँ हो र संविधान सभाको बैठकमा समेत चर्काचर्की हुन्छ । संविधान र महिला अधिकारका प्रावधानका कुरा उठ्छन् । हरेक निकायमा ३३.५ महिला सहभागिताका कुरा आउछन् तर कार्यन्यनमा हुन्न । हरेक वर्षा बजेट किताबमा पनि महिलाका नाममा बजेट छुट्टाउँछन् तर जान्छ धारा, कुवा सौचालय बनाउन । कठै बिडम्वना पितृसत्तात्मक सोचले ग्रस्त ।

पूर्वी हिमालमा झुमा र सुदुरपश्चिममा देउकी बनेर जीवन बिताइरहेका चेलीको मात्र होइन, आम महिलाको भविष्य अझै अन्योलमा छ

महिलाको नाममा आएको त्यो बजेट उनको शिक्षा, स्वास्थ सुरक्षा र क्षमता वृद्धिमा प्रयोग हुन्न । नारीलाई स्वतन्त्रता कहाँ आएछ ? गाउँघरमा अझै नारीहरू ६ घन्टा लगाएर पानी ल्याएर एउटा पुरुषलाई खाना खुवाएर अफिस पठाउछ्न । वास्तवमा भन्ने हो भन्न एउटा नारी पानीको अधिकारबाट पनि वञ्चित छ । १८ देखि २० प्रतिशत महिलाले मात्र नेपालमा खाने पानीको सुविधा पाएका छन् । कहाँ गयो समानुपातिक समावेशी महिला अधिकार र सहभागिता ? आधारभूत कुरामा त महिला हिंसा छ, नेपालमा अरू कुराको त साध्यै नै छैन । यहाँ नारी अधिकारका नाममा हरेक दिन पाँचतारे होटलमा सेमिनार गोष्ठी हुने गर्छ तर कहाँ छन् । महिलाका समस्या पहिचान गर्ने निकाय ?

सच्चै महिलाको समस्या हल गर्ने हो भने पाँचतारे होटलको बैठकमा टल्किने लुगा र लिपिस्टिक लगाएर होइन । नेताको वरिपरि गणेश प्रवृत्तिमा रमाएर होइन । आफूले पाए चुप भनेर होइन दुर्गम भागमा पुगेर नियालेर हेरम बुझौं र सुनौं अनि साच्चै के छ नारीको कथा व्यथा थाहा हुनेछ । कहिले छाउपडीका नाममा, कहिले बोक्सीका नाममा त कहिले घरेलु बाल शोषणमा ज्यान गुमाउनुपरेको छ । आज अरूका घरमा पीडित छन् । भोलि हाम्रै घरमा हुन सक्छन् । सबैभन्दा पहिला नारी नारीको शत्रु हुन छोडौं । एउटा समस्या घट्छ ।

पुरुषको हातेमालो गर्दै हिँड्न सिकौं अझै सहज हुन्छ । पहिले नारीबाट अभियान सुरु गरौं पुरुषको सहयोग पाइनेछ । हरेक वर्ष नारी दिवस आउँछ कोठे भाषण हुन्छ सकियो । हरेक दिन बालिका बलाकृत भएको घटना आउँछ अनि हामी हार्दिक श्रद्धाञ्जली लेख्छौं सकियो । अझै धेरै गरे एउटा सेतो कागजमा विज्ञपति निकाल्छ्न बाफ रे ठूलो काम भयो सामाजिक सञ्जालमा छपक्कै पारिन्छ सकियो कर्तव्य । ननिकाल्नेको उस्तै परे प्रमोसन पो हुने रहेछ अनि महिला अधिकारकर्मीका नाममा माला लगाएर सम्मानित पनि तर वास्ताविक पीडितसम्म पुग्ने एकादुई त्यही पनि प्रचारमा मिडियामा अनुहार देखिन्छ भनेर जाँदा रहेछन्, एकथरी त ।

नेपालमा आर्थिक दृष्टिले सुरक्षित हुने बहानामा महिलाहरू पीडित छन् । महिला महिलाकै बीचमा हुने अन्तरपुस्ता विभेद पुरुष र महिलाका बीचमा भएको समानपुस्ता विभेदभन्दा धेरै गुणा डरलाग्दो छ ।

कहिलेसम्म हुन्छ, नारीको यो गति ? कहिले पाउँछे । एउटी नारीले न्याय ? कानुन किन बिक्छ पैसामा ? आजको प्रजातान्त्रिक क्षितिजमा पनि एउटि महिला सुरक्षित नहुनुमा कसको दोष ? कहिलेसम्म नारीले यो दुदर्शा भोग्नुपर्ने ?

पटकपटक पुरुषले गल्ती गर्दा त्यही नारीले चिरिएको छातीभित्र फेरि सजाइ दिनुपर्ने किन

चाहे दोस्रो विश्व युद्धमा होस्, चाहे नेपाली भूमिमा नालापनीको लडाइँमा होस्, महिलाको योगदान अतुलनीय छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा त युद्धको मैदानमै बन्दुक बोकेर लडेको इतिहास हाम्रो मानसपटलमा ताजै छ । अधिकारप्राप्तिका लागि र संस्थागत गर्न महिला प्रयोग भए तर अहिले आएर आफंै त्यो अधिकारप्राप्त गर्न भने अटाएनन् । किन गरिन्छ, महिलालाई प्रयोग मात्र ?

राज्यको मूल पहँुचमा महिला पछि छन् । देखाउने दातजस्तै भएको छ, राष्ट्रपति पद पनि । अवसरले मान्छेलाइ अनुभवी बनाउने हो । अवसर नै नपाए कसरी सक्षम बन्ने ? प्रकृतिले नारी र पुरुषलाई विशिष्ट र फरक बनाएको छ तर अन्यायपूर्ण विभेद गरेको छैन । पुरुषलाई मालिक र शासक अनि महिलालै दासी र रैती ठान्ने पितृसत्तात्मक सोच मात्र हो ।

बलत्कार गरी बीभत्स हत्या भएको छ, परिवार र मृत आत्माले न्याय पाउँदैन । दोष्ीालाई पहँुचको आडमा उम्काइन्छ । के यौनिकताकै कारण लिंगकै कारण न्याय दिन पनि सरकारले विभेद गरेको हो त ? न्याय दिने नि मान्छे नै हो न्याय माग्ने नि मान्छे नै हो किन दुख्दैन मन किन बुझ्दैनन पीडा ? सही निकायले न्याय दिए किन चाहिन्थ्यो र अरू निकाय । नेपालको न्याय प्रणाली स्वच्छ हुनुपर्छ । न्यायमूर्तिको नियत सही हुनुपर्छ । समाज बदल्न सजिलो छ । आफू बदलिआंै, घर बदलौं, समाज बदलांै देश आफंै बन्छ ।

अन्य विषय आआफ्नो ठाउँमा होलान् तर महिलाको हक अधिकारका लागि जबसम्म ५ सय २५ महिला एक ठाउँमा उभिन सक्दैनांै तबसम्म अधिकार कागजमा सीमित हुन्छ र न्याय पाउन गाह्रो हुन्छ ।

पूर्वी हिमालमा झुमा र सुदूरपश्चिममा देउकी बनेर जीवन बिताइरहेका चेलीको मात्र होइन, आम महिलाको भविष्य अझै अन्योलमा छ । महिलाअधिकारका लागि एउटै आवाजमा सँगै यात्रा गरौं ।

(Visited 199 times, 1 visits today)
Loading comments...

आजको समाचार

निगमलाई निजीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमलाई तत्काल निजीकरण नगर्न अल्पकालीन आदेश जारी गरेको छ । नेपालका लागि नेपाली पार्टीकातर्फबाट आतिस कार्कीले दायर गरेको...

जसपा विवादः महन्थको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुर पक्षले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’...

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी...

कमजोर नबनून् राजनीतिक दलहरू !

नेपालको संविधान २०७२ को प्रस्तावनामामुलुकले ‘जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’अँगाल्ने कुरा उल्लेख गरिएको छ । बहुदलीय प्रतिष्पर्धात्मक राज्य व्यवस्थामा आवधिक निर्वाचनको महŒवपूर्ण भूमिका...

जसपा आधिकारिकता विवादको टुंगो आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव...

साताका लोकप्रिय समाचार

एमाले विवाद: होला एकता ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद चर्किंदै गएपछि अब के हुने भन्ने विषयमा धेरैमा विभिन्न अनुमान र आशंका रहेको छ । एमाले अध्यक्ष...

ओलीबा र देउबा देशका निर्णायक

ओलीबा र देउबामा देशको ढुकुटी गएको लामै समय भइसकेको छ । अहिले पछिल्लो समय ओलीबाले ढुकुटी रित्याएर बालकोट फिर्ती सबारीमा जुलुस निकाले, ज्येष्ठ नागरिकलाई...

मलेसियाबाट चौबिस शव र तीन अस्तु ल्याइयो

काठमाडौं । मलेसियाबाट आज एकैपटक २४ वटा शव र तीन वटा नअस्तु काठमाडौं ल्याइएको छ । मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपाली नागरिकहरुको शव...

माेदीकाे आलोचना गर्ने आजतकका पत्रकार कामबाट हटाइए

  एजेन्सी ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका  पत्रकारलाइ आजतकका कामबाट हटाएकाे छ ।  श्याम मीरा सिंह आजतक समाचार च्यानलको अनलाइन एडिसनमा डिसेम्बर २०२० देखि...

काठमाडाैं उपत्यकामा १० दिन थपियाे निषेधाज्ञा

  काठमाडाैं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएकाे छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला...

ट्रेन्डिङ

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना एसएसपीको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार १६ डीआईजी र...

संक्रमित कैदी आइसोलेसनबाट फरार

स्याङ्जा । कोरोना संक्रमण भएर अस्पतालमा उपचार गराइरहेका एक कैदी आइसोलेसनबाटै फरार भएका छन् । अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)