Sunday, May 16, 2021
Home Editor-Picks भागरथी जब घरबाट हिँडिन्...

भागरथी जब घरबाट हिँडिन्…

,

काठमाडौं । बैतडीको दोगडाकेदार ७ की १७ वर्षीय किशोरी भागिरथी भट्टको बलात्कार तथा हत्यामा संलग्न रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले हत्यामा संलग्न रहेको साबिती बयानका आधारमा भागिरथी पढ्ने सनातन माध्यमिक विद्यालयमा नै कक्षा ११ मा अध्ययनरत दिनेश भट्टलाई पक्राउ गरी बुधबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । भागरथी सो विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

घटनाको अनुसन्धानका लागि सुरुदेखिको प्रहरीको सक्रियता र स्थानीयसँगको सन्दिग्ध व्यक्तिको सुराकका आधारमा प्रहरीले विभिन्न व्यक्तिको ‘टाइमलाइन’लाई ‘क्लोज सर्भिलेन्स’मा राख्दै पच्छ्याएको थियो । सो क्रममा प्रहरीले भागरथी हत्यामा संलग्न अभियुक्त दिनेशलाई मंगलबार पक्राउ गरेको थियो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदीले घटनामा संलग्न रहेको आशंका गरिएका व्यक्तिलाई विभिन्न सबुत प्रमाण र म्यानुअल तथा प्राविधिक पक्षको जाँचपछि हत्यामा संलग्न रहेको पुष्टि गरी पक्राउ गरिएको जानकारी दिए । उनले प्रहरीसमक्ष आफूले नै हत्या गरेको साबिती बयानसमेत दिएको उनले भनेका हुन् ।

– भागरथी बलात्कार घटनाका आरोपी पक्राउ
– एउटै विद्यालयमा पढ्नेले नै गरे हत्या
– अभियुक्तको साबिती बयान : ‘घरायसी विवादले हत्या गरें

‘प्रहरीले यसघटनाको निकै नै गम्भीरतापूर्वक अनुसन्धान गरेको छ, घटनामा संलग्न रहेको आशंका गरिएका व्यक्तिलाई विभिन्न सबुत प्रमाण र म्यानुअल तथा प्राविधिक पक्षको जाँच र उनको साबिती बयानपछि हत्यामा संलग्न रहेको पुष्टि गरिएको हो,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी सुवेदीले राजधानीसँग भने ।

प्रहरीले घटनामा उनको संलग्नता पुष्टि हुने प्रशस्त आधार र प्रमाण भेटिएपछि र उनले स्वीकार गरेको बताएको छ । यस्तै, घटनास्थलबाट प्राप्त सबुत प्रमाणलाई विभिन्न तथ्यका आधारमा परीक्षण गर्दै आइएको प्रहरीले भनेको छ ।

प्रहरीले अभियुक्त मानेका दिनेशले पारिवारिक रिसइवीका कारण आफूले भागिरथीको हत्या गरेको बयान प्रहरी समक्ष दिएको प्रहरीले दाबी गरेको छ ।

अनुसन्धानको दायरामा थिए ७ सन्दिग्ध
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी एवं प्रवक्ता मुकेश सिंहले अभियुक्तको बयान, परिस्थितिजन्य प्रमाण र मोबाइल कल डिटेल, लोकेसनलगायत म्यानुअल र प्राविधिक प्रमाणका आधारमा उनी नै सो घटनाको अभियुक्त भएको पुष्टि भएको जानकारी दिए ।

उनकाअनुसार प्रहरीले भागरथी हत्या प्रकरणमा घटनाका बखत घटनास्थल आसपास रहेका तर घटनापछि अन्यत्र गएकालाई सन्दिग्धको घेरामा राख्दै आइरहेको थियो । सो क्रममा प्रहरीले घटना हुँदा खोचलेक बजार आसपास रहेका तर त्यसपछि काठमाडौं, धनगढी, कञ्चनपुर, डडेल्धुरा र बैतडी सदरमुकाम पुगेका ७ जनालाई सूक्ष्म निगरानीसहित अनुसन्धानको दायरामा राखेको थियो ।

सो क्रममा प्रहरीले गत शनिबार कञ्चनपुरको महेन्द्रनगरबाट भारत जान लाग्दै गर्दा एक जनालाई पक्राउसमेत गरी बयान लिएको थियो । तर, उनी घटनामा संलग्न नरहेको खुलेको थियो ।

स्थानीयको सुराक सहयोगी
अनुसन्धानकै क्रममा प्रहरीले घटना हुँदा अघि भागरथीसँगै स्कुलबाट निस्किएका स्कुलका विद्यार्थीमार्फत सूचना बटुल्दै आएको थियो । सो क्रममा स्थानीयले समेत भागरथीसँगै दिनेशसमेत खोचलेक बजार आसपास देखिएको सूचना प्रहरीलाई दिएका थिए । त्यसपछि प्रहरीले दिनेशका हरेक गतिविधिलाई ‘वाच’गर्दै आइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सिंहले जानकारी दिए ।

‘उनलाई हामीले पहिलेदेखि नै क्लोज सर्भिलेन्समा राखेका थियौं, उनी घटनाअघि मृतकसँगै रहेको सूचना प्रहरीले पाएको थियो, त्यसबखतबाट नै निगरानी बढाएका थियौं, सो क्रममा उनले भनेका धेरै कुरा झुट रहेको र मेल नखाएको देखियो,’ सिंहले भने, ‘ती सबै आधार र प्रमाणबाट घटनामा उनको संलग्नता पुष्टि भयो, बयानका क्रममा उनले घटना आफैंले घटाएको स्विकार गरे ।’

विरोध प्रदर्शनमा पनि थिए अभियुक्त
प्रहरीले घटनाको अनुसन्धानमा भागरथीका आफन्त, साथी, विद्यालयका शिक्षक, चिनेजानेका व्यक्ति, घटनास्थल हुँदै हिँडेका व्यक्ति, सवारी साधनका चालकलगायतलाई अनुसन्धानका क्रममा सोधपुछ गरेको थियो ।

त्यहीबीचमा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले दिनेशमाथि शंकाको सुई तेर्साउँदै आइरहेकै थियो । सो क्रममा घटनाकाविरुद्ध प्रदर्शन पनि जारी थिए । शव भेटिएपछिको प्रदर्शनमा पनि दिनेश सहभागी थिए । तर, उनी अन्य साथीभन्दा अघि नै प्रदर्शनस्थलबाट निस्किएका देखिन्थे । त्यतातर्फ पनि प्रहरीले निगरानी राख्दै आएको थियो ।

प्रहरीले घटनाका अनुसन्धानका लागि तालिम प्राप्त कुकुर घटनास्थलमा लैजाने र कुकुरले घटनामा संलग्न व्यक्ति सुँघेर नै पत्ता लगाउने भन्ने हल्ला भएपछि भने उनीविरोध सभामा सहभागी नभई गोठालो गएको सुइँको प्रहरीले पाएको थियो । त्यसपछि प्रहरीले दिनेशमाथि निगरानी झनै बढाएका थिए ।

‘भागरथीसहित केही विद्यार्थी स्कुलबाट निस्किएको, बीचमा अलमलिएको र घरमा पुगेको देखी घटना भएकासम्मका विषय आरोपितले स्वीकार गरेको अवस्था हो,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने ।

सोही क्रममा प्रहरीले दिनेशसँग समेत पटकपटक सोधपुछ गरेको थियो भने मंगलबार मात्रै उनले अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ । उनीहरू एउटै गाउँका हुन् ।

भागरथी जब घरबाट हिँडिन्…
२१ माघ
घटना १
बुधबार बिहान ९ बजे भागरथी भट्ट नियमितजस्तै स्कुल निस्किन्छिन् । उनी करिब १० बजे आसपास स्कुल पुगेर दैनिकजस्तै प्रार्थनामा सहभागी हुन्छिन् । कक्षा सुरु हुन्छ, १ः३० बजेसम्म पढ्छिन् । त्यसपछि उनी घरतर्फ लाग्छिन् ।

घटना २
भागरथीसँगै कक्षा १२ मा पढ्ने तर उनले भाइ भन्ने भानदेव भट्ट पनि स्कुलबाट सँगै निस्किएका हुन्छन् । केही साथीहरू पनि सँगै हुन्छन् । कक्षा ११ मा पढ्ने केही विद्यार्थी पनि निस्किन्छन् । केही समयमा नै उनीहरू नजिकको खोचलेक बजार पुग्छन् ।

खोचलेकमा भानदेवले भागरथीलाई आफू साथीहरूसँगै कपाल काटेर आउने भन्दै जान आग्रह गर्छन् । भानदेवका एक साथी र कक्षा ११ मा पढ्ने दिनेश भट्ट कपाल काट्न त्यही रोकिन्छन् । भागरथी र उनकी साथी ममता भट्ट घरतर्फ अघि बढ्छन् । ममताको घर काँकडा भन्ने स्थानमा हो, उनको घर जाने बाटो फरक छ । केही बेरमा नै उनी भागरथीसँग छुट्टिन्छिन् ।

घटना ३
बजारमा कपाल काट्ने बाहना बनाएको दिनेश खोचलेकमा हुँदैन । ऊ भागरथीलाई बाटो कुर्दै अघि नै लवदेव वनमा पुग्छ । करिब साढे २ बजे भागरथी पनि त्यहाँ पुग्छिन् । त्यस बखत दिनेशले भागरथीलाई जबर्जस्ती सुरु गर्छ ।

घटना ४
दिनेशको पन्जाबाट फुत्किन भागरथी प्रयासरत हुन्छिन् । उनी भाग्न र प्रतिकार गर्न हर प्रयास गर्छिन् । तर, सक्दिनन् र लड्छिन् । सडकभन्दा केही तल पुग्छिन् । दिनेशले भागरथीको मुख थुनेर जबर्जस्ती गर्छ र पोल खुल्ने डरले घाँटी थिचेर हत्या गर्छ । सो समय करिब ३ बजेको आसपास हुन्छ । हत्यापछि उसले भागरथीको मोबाइलको ‘कललग’ डिलिट गर्छ र ब्याट्री निकालेर मोबाइल केही तल फालिदिन्छ । दिनेशले कुन उद्देश्यका साथ भागरथीको मोबाइलको ब्याट्री झिक्यो भन्ने खुलेको छैन ।

घटना ५
दिनेश अलमलमा पर्छ । ऊ झाडीको बाटो हुँदै करिब ८ सय मिटर उत्तरपूर्व अर्थात् खोचलेक बजारतर्फ नै फर्किन्छ । फेरि अनि ऊ विस्तारै घटनास्थलको बाटो हुँदै आफ्नो घरतर्फ लाग्छ । केहीमाथि पुगेपछि खेल मैदानमा नजिक एक स्थानीयले करिब ३ः३० तिर दिनेशलाई भेट्छन् । त्यसपछि ऊ अगाडि बढ्छ र घरमा पुग्छ अनिनियमित काम गर्छ ।

२२ माघ
घटना १
भागरथी हराएकी छन् । खोजी जारी छ । साथीहरूले भागरथीको मृत शरीर देख्छन् । उनीहरू गाउँमा गएर घटनाबारे भन्छन् र सबै गाउँले घटनास्थल लाग्छन् ।

घटना २
अपराधीलाई कारबाहीको माग हुन्छ । भागरथीलाई न्याय मागिन्छ । दिनेश पनि त्यहीँ नारा लगाइरहेका हुन्छ । तर, ऊ धेरै समय त्यहाँ बस्दैन, घर जान्छ ।

२३ माघ
घटना १
प्रहरी बाक्लो संख्यामा तैनाथ छ । घटनाको अनुसन्धान सुरु भइसकेको छ । प्रहरी सुराक खोजीमा हुन्छन् । अनुसन्धानमा तालिमप्राप्त कुकुर ल्याउने तयारी हुन्छ । कुकुरले सुँघेरै अपराधी पत्ता लगाउने हल्ला बजारभरि छरिन्छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट डीआईजी उत्तमराज सुवेदी आफंै कुकुर लिएर घटनास्थल आउने चर्चा चल्छ ।

घटना २
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर र अनुसन्धान टोली घटनास्थल पुग्छ । विद्यालयका सबै विद्यार्थी, शिक्षक र गाउँले घटनास्थलमा हुन्छन् । दिनेश भने गोठालो जान्छ । प्रहरी घटनास्थलमा टोलीको आएको को नआएको बुझ्न खोज्छ ।

कुकुरले सुँघेर पत्ता लगाउने भनेपछि कतै आफंैलाई सुँघ्न आइहाल्ने हो कि भन्ने त्रासले दिनेश घटनास्थल नआएर गोठालो गएको अनुसन्धान अधिकृतको दाबी छ । अनुसन्धान अधिकारीसमक्ष पनि दिनेशले कुकुर आएको थाहा पाएपछि आफूलाई संकेत गर्न सक्ने भन्दै घटनास्थल नआएको बयान दिएका छन् ।

घटना ३
त्यहीबीचमा महेन्द्रनगरबाट अर्का एक व्यक्ति पक्राउ पर्छन् । तर, उनको संलग्नतामा कुनै छनक प्रहरीले पाउँदैन । उनी डीएनएलगायतका परीक्षण गराउन सजिलै राजी हुँदै पुुष्टि गर्न चुनौती दिएपछि अनुसन्धान दिनेशमाथि नै केन्द्रित हुन थाल्छ ।

४ फागुन
घटना १
दिनेशमाथि प्रत्येक दिन निगरानी राख्दै सोधपुछ हुन्छ । दिनेशले केरकारका बेला केही झुट बोल्छन् । प्रहरीले त्यसलाई ख्याल गर्छ । र जाँच गर्न थाल्छ । उनले भनेका ती विषय झुट नै ठहर्छ ।

घटना २
त्यसपछि भागरथीभन्दा पहिले नै आफू गएको, भागरथी जाँदा को–को गएका थिए भन्ने सम्बन्धमा पनि झुट बोलेको, उसले बजारबाट निस्के भनेको समय र बाटोमा उसलाई देख्ने मान्छेले भेटेको समय आदि नमिलेपछि प्रहरीले बीचको समयको खोजी गर्छ र ४ माघमा प्रहरीले दिनेशलाई प्रहरी कार्यालयमा बोलाउँछ ।

घटना ३
साँझ ७ बजेबाट अनुसन्धान टोलीले दिनेशमाथि थप केरकार गर्न थाल्छ । लगातार केरकारपछि बल्ल दिनेशले घटनामा आफ्नो संलग्नता स्वीकार गर्छन् ।

उनले आफू बाटो ढुकेर बसेको र भागरथी त्यहाँ पुुगेपछि जबर्जस्ती गरेको स्वीकार गर्छन् । अनुसन्धान अधिकारीसमक्ष बयान दिँदा दिनेशले कुकुर आएको थाहा पाएपछि डर लागेकाले त्यहाँ नआएर गोठालो गएको बयान दिन्छन् । प्रहरीले उनको बयानमा प्राप्ततथ्य र घटनास्थल आसपासका प्रमाण तथा स्थानीयसँगको सोधपुछपछि उनी नै घटनाको अभियुक्त साबित गर्छ र पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्छ ।

(Visited 805 times, 1 visits today)
Loading comments...

आजको समाचार

“सेतो सिपाही”

कोभिडले थला परेर काम गर्न नसक्ने मेरी आमाको फोक्सोमा एक मुठी अक्सिजन भर्न तिमीले एक रफ्तारले छाति थिचिरहँदा तिम्रा कोमल औँलाहरुमा मेरी आमाको प्राण चलेको देख्छु ---------------------------- सेतो पि पि इ भित्र बाफिएको जिन्दगी...

दोलखामा अक्सिजन प्लान्ट बनाउने निर्णय

दोलखा । सामाजिक सञ्जालमा दोलखाका जनप्रतिनिधिहरुको चौतर्फी आलोचना भएपछि जिल्लामै अक्सिजन ग्याँस प्लान्ट स्थापना गर्ने निर्णय भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रले जनप्रतिनिधि मात्र...

२ जेठ २०७५ मा फर्किन ओली सहमत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार राति...

सिर्जना : लकडाउनमा उकुसमुकुस

यो हप्ता कहाँ जाने ? कसरी जाने ? कुन रुट बनाउने ? ‘कहाँ, कसरी र कुन ?’ प्रश्नले नचिथोरेको पनि हप्तौं भएछ । खुला आकाश...

धरानको १ सय ५८ बिघा सरकारको नाममा फिर्ता

काठमाडौं । सुनसरी धरानस्थित सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । सभामुख अग्नि सापकोटाले तत्कालीन वन तथा...

साताका लोकप्रिय समाचार

मानव पुँजी असल स्वास्थ्य

दिनदिनैको कोरोना त्रासले आज मानव स्वास्थ्य गम्भीर संकटमा रहेको छ । सबै व्यक्ति, संस्था, निकायको व्यवस्थापकीय कौशलताले मात्र यस्तो विषम परिवेशबाट निकास दिन सक्छ...

प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । वैशाख २७...

‘म मरे भने त यो शहरको डेरामा…’

काठमाडौ । युवा साहित्यकार एवं गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘म मरे भनेत यो शहरको डेरामा...’ सार्वजनिक भएको छ । बाबुल गिरीको स्वर, संगीत...

८० वर्षपछि कुमारीको आसन फेरियो

ललितपुर । ८० वर्षपछि ललितपुरको जीवित देवी कुमारीको आसन फेरिएको छ । रत्नाकर महाविहारमा रहेको कुमारी घरमा जीवितदेवी कुमारीलार्ई विहीबार पहिलो पटक नयाँ आसनमा...

गुरुङ फेरि मुख्यमन्त्री

पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले १६८ (३)अनुरूप संसद्मा ठूलो दलको हैसियतले एमाले संसदीय...

ट्रेन्डिङ

कुलमान घिसिङ आजदेखि पदमुक्त !

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आज सकिन लागेको छ । प्राधिकरणको कार्यकारी पद आजदेखि खालि भए पनि प्राधिकरणको कार्यकारी...

नेपालमा पनि कोरोना संक्रमित छन् परीक्षण पुगेन : डा. दिक्षित

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले नेपालमा कोही पनि कोरोना भाइरसको संक्रमित नभएको स्पष्ट पारेपनि चिकित्सक समेत रहेका नागरिक अगुवा डा....

रुखले च्यापिएर अछाममा किशोरीको मृत्यु

अछाम । रुखले च्यापिएर अछाममा एक किशोरीको ज्यान गएको छ । जिल्लाको कमलबजार नगरपालिका–४ चाल्सामा रुखले च्यापिएर २१ बर्षिया निशा थापाको ज्यान गएको हो...

डोनी भान अनुबन्धमा तीन क्लबको दौडधूप

आम्सटर्डम । नेदरल्यान्ड तथा डच क्लब आयाक्सका युवा मिडफिल्डर डोनी भान डि विक अनुबन्धमा युरोपका ठूला क्लबहरू स्पेनिस रियल मड्रिड, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड...

काठमाडौँको टोखामा चक्कु प्रहार गरी श्रीमतीको हत्या

काठमाडौँ । काठमाडौँको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । टोखा नगरपालिका–३ बानियाटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँले श्रीमती सलिना खड्कालाई धारिलो हतियार...

‘घर फर्कन शान्तिपूर्ण वातावरण र जमिन चाहियो’

काबोबायान शिविर । हुकम खानलाई आफू कति उमेरको भएँ भन्ने निश्चित छैन, तर उनका दाह्री लामा र सेता भइसकेका छन् ।...

नेकपा संकट : अध्यक्षद्वय आरोप–प्रत्यारोपमै

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टीभित्र देखिएको संकट र विवाद औपचारिक तथा अनौपचारिक छलफलमार्फत समाधान खोजिने गरी छलफल भएको छ...

थप ३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २४९ पुग्यो

काठमाडौं । आज थप तीन जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा नयाँ तीन...

मिलन र राजनराज भन्दैछन् ‘तिमी उता म यता…

काठमाडौं । कोरोना संक्रमणपछि सुरु भएको लकडाउनमा धेरै मान्छे घरमै ‘लक’ भए । कार्यालयहरु आंशिक खुल्यो, स्कुल, कलेज, सिनेमा हल कहिले खुल्ने अझै निश्चित...

दुई हजारको कोठा पाँच सयमै

काठमाडौं । विश्वभर फैलँदो क्रममा रहेको कोरोना भाइरस प्रभावका कारण मुलुकको पर्यटन क्षेत्र अस्तव्यस्त भइरहेका बेला अनलाइन ट्राभल कम्पनी एक्सेलट्रिप ग्लोबलले पोखरा भ्रमण गर्नेहरूका...

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

कोरोना ग्राफ उकालो लाग्दै

काठमाडौं । आमनागरिकको हेलचेक्रयाइ र सरकारको पूर्वतयारी फितलो हुँदै जा“दा ‘कोरोना ग्राफ’ उकालो लाग्दै गरेको पाइएको छ । मुख्यतः जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन नहुँदा र...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)