प्रहरीले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या अभियोगमा एक जना युवालाई गिरफ्तार गरेर अनुसन्धानको प्रक्रियालाई विश्वसानीय बनाउँदै लगिरहेको छ । जनतामा विश्वास र भरोसा जागिरहेको छ । कतै निर्मला हत्याकाण्ड जस्तो त हुँदैन भनी आशंका भइरहेका बेला हत्यामा संलग्न रहेको आफंैले स्वीकार गरेका युवालाई गम्भीर अनुसन्धानका लागि थुनामा राखिएको छ । अब सबैमा आशा जागेको छ कि यो अनुसन्धानले पूर्णता पाउने छ र वास्तविक हत्यारा छुट्न पाउने छैनन् । हत्या गरिएकी भागरथीकै छिमेकी गाउँका दिनेश भट्ट गिरफ्तार भएपछि अबका धेरै कुराहरू खुल्दै जानेछन् । उनी स्वयंले पनि हत्यामा संलग्न भएको कुरा कबुलेपछि अन्य को को संलग्न थिए भनेर खुल्न समय लाग्नेछैन । यसका लागि प्रहरीले आधुनिक तरिका प्रयोगमा ल्याउनेछन् । विज्ञान तथा प्रविधिले पनि अनुसन्धानमा नयाँपन ल्याएर प्रहरी अनुसन्धानमा ठूलो सहयोग पु¥याउँदै आएको सत्यता हामीले बिर्सन हुँदैन । दोषी पत्ता लागेसँगै भागरथी र उनका परिवारले न्याय पाउने विश्वास गरिएको छ ।
प्रहरीले अहिलेको अनुसन्धानमा नयाँपन ल्याउन सकेको अनुभूत पनि सबैले व्यावहारतः महसुस गरिरहेका छन् । प्रहरीले यस अनुसन्धानात्मक काम गर्दा सोचमा नयाँपन, छलफल र बहसमा नयाँ निचोड, काम गराइमा सूक्ष्मता, त्यसको जनतामा सहयोगीपन, हल्लाखल्ला कम तर काम बढी, आन्तरिक च्यानलको प्रयोग, सूचनाको केन्द्रीकरण तथा मन्थन, केन्द्रीय हस्तक्षेप कम, स्थानीय प्रहरीको जिम्मा बढी, प्रयोग गरिएका अनुसन्धानका टिम बीच सहकार्य र सहयोलाई बढि घनीभूत बनाएको देखिएको छ । केन्द्रमा पनि प्रचार कम र स्थानीय स्तरमा काम कार्यमा चुस्ततामा जोड दिइएको छ । यसले निर्मला हत्याकाण्डको खोजमा पनि सहयोग पु¥याउने हुन सक्छ । आपराधिक घटना सरल रूपमा घट्ने तर खोज तथा अनुसन्धानमा जटिलता ल्याउने र जटिल प्रक्रिया अपनाउने भएकाले पनि अपराध गर्ने अपराधी पत्ता लाग्न नसकेको हो । त्यसमा पनि आफ्नो अनुसन्धानको सोपान छोडेर बीचबीचमा जान्ने र खोज्ने हुन खोज्दा पनि यसअघि भएका निर्मला हत्या काण्डलगायतका घटनाको अनुसन्धान फासफुस हुन गएको हो । हत्या घटनाको छानबिनको पहिलो आधार भनेको घटनास्थल हो । हत्याको छानबिन जहिले पनि घटनास्थलबाट गरिन्छ । यो नै अनुसन्धानको प्रवेशद्वार हो ।
घटनामा घटनास्थलबाट अनुसन्धान प्रारम्भ हुँदा मात्रै सही खोज र निष्कर्षमा पुग्न सकिन्छ । तर घटना एकातिर हुने खोजी भने अर्कोतिर गरिँदा यो जस्केलाबाट बाटो खोजिरहेको जस्तो हुन जान्छ । यसले खोजी र अनुसन्धानलाई ठीक स्थानमा पु¥याउँदैन र असफता मात्रै हात लाग्छ । समस्या र संकट मात्र पैदा गर्दछ । अहिले पनि बैतडी दोगडा केदारमा भएको भागरथीको हत्याको खोजी घटनास्थलबाट भएको थिएन । उनको लाश भेटिएको स्थानबाट भएको थियो । तर लाश भेटिएको स्थान वास्तविक घटनास्थल थिएन । लाश भेटिएको स्थलबाट छानबिन सुरु गरिएपछि त्यो कहाँ जान्छ भन्ने आशंका सुरुमा उब्जिएकै थियो । यो आशंकाले मात्र होइन, खोजीमा भएको त्रुटिले गर्दा पनि एकहप्तासम्म प्रहरीको खोजी कार्यलाई कुहिरोको कागझैं बनाउने अवस्थामा पु¥याउन थालेको थियो । यसले जनतामा निकै ठूलो चिन्ता उब्जाएको थियो । अहिले भने गिरफ्तार भएका युवा आफंैले अपराध कबोल गरिसकेकाले थप अनुसन्धान केही सरल किसिमले अघि बढ्ने देखिन्छ । तथापि हत्याको प्रकृति हेर्दा ती युवा एक्लैले मात्र उक्त काम गर्न सकेन होलान् भन्ने देखिन्छ । त्यसैले यसको पूर्णतामा छानबिन हुनु जरुरी छ । जेहोस्, घटनामा प्रमुख व्यक्ति फेला परेकाले यसलाई प्रहरीको सफलताको रूपमा लिँदै आगामी दिनमा हुने यस्ता घटनामा यो सफलतालाई पाठको रूपमा लिएर अघि बढ्न सकेमा प्रहरीप्रतिको विश्वास अझै बढेर जानेछ ।