लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले स्पष्ट १० अंकको अग्रता लिएको छ । उसले बिहीबार बिहानको खेलमा एभरटनलाई ३(१ ले पराजित गरेपछि सिटीले १० अंकको अग्रता बनाएको हो । एभर्टनको मैदानमा भएको खेलमा भ्रमणकारी टोली म्यान्चेस्टर सिटीलाई विजयी गराउन फिल फोडेन, रियाद माहारेज र बर्नार्डो सिल्भाले एक एक गोल गरे ।
एभर्टनका रिचार्लिसनले एक गोल फर्काए । जितसँगै म्यान्चेस्टर सिटीले अंक तालिकामा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडमाथि १० अंकको अग्रता बनाएको छ । २४ खेलबाट सिटीको ५६ अंक छ भने दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड र तेस्रो स्थानको लेष्टर सिटीको समान ४६–४६ अंक छ ।