Sunday, May 16, 2021
Home Editor-Picks ‘प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार छ’

‘प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार छ’

एमिकस क्युरी वरिष्ठ अधिवक्ता मैनालीको राय

,

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा एमिकस क्युरीको तर्फबाट आफ्नो राय राख्ने क्रम जारी छ । बुधबारको सुनुवाइमा एमिकस क्युरीको तर्फबाट वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार भएको तर्क राखे ।

एमिक्स क्युरीको स्वतन्त्र मत राख्दै बहसमा उनले संविधानको धारा ७६ को उपधारा ७ ले प्रधानमन्त्रीलाई त्यो अधिकार स्पष्ट रूपमा दिएको बताए । यदि सरकार बनाउने कुनै सम्भावना पनि छैन र कुनै पार्टी तयार नभएको अवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार स्वतः हुने उनको भनाइ थियो ।

’सरकार बनाउन कुनै पार्टी तयार भएनन् भने त्यस्तो अवस्थामा सरकारमा रहेको प्रधानमन्त्रीले विघटन गर्ने अधिकार छ । म प्रधानमन्त्री हुँदैन भन्ने गणेशमान सिंहजस्ता मान्छे पनि छन् नि नेपालमा,’ उनले भने । ‘संविधान लेखनमा केही त्रुटि पक्कै छन्,’ उनले भने, ‘जस्तो कि कुनै पनि दलले सरकार गठन गर्ने सक्दैन भनेमा के गर्ने भन्ने व्यवस्था लेखिएको छैन ।’

‘संविधानको अधिकार संसद्मा हुन्छ । राजनीतिक अधिकार कार्यकारीमा हुन्छ,’ वरिष्ठ अधिवक्ता मैनालीले बहसको क्रममा भने, ‘संविधानले दिएको अधिकार संसद्ले प्रयोग गर्दा त्यो जनताले प्रयोग गरेको मानिन्छ । त्यसैले सरकार र कार्यकारीको अधिकार सीमित बनाइएको हुन्छ । सरकार बनाउने, गिराउने काम संसद्को हो ।’

विगतमा गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र मनमोहन अधिकारीले पनि पार्टीभित्रको विवादका कारण संसद् विघटन गरेको उदाहरण मैनालीले पेस गरे

उनले बहस गर्दै गर्दा इजलासका न्यायाधीश अनिलकुमार सिन्हाले वरिष्ठ अधिवक्ता मैनालीलाई प्रश्न गरे । दुईवटा संविधानसभा बन्यो, त्यहाँबाट संविधान जारी भयो । ती संविधानसभाका छलफलमा पार्टीको आन्तरिक द्वन्द्वका कारण पनि संसद् विघटन गर्न पाउनेबारे छलफल भएको थियो त ?’ मैनालीले छलफल भएको जवाफ दिए ।

त्यस्तै, उनले बहुमतप्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने दाबी प्रस्तुत गरिरहँदा न्यायाधीश सिन्हाले नैतिकताको प्रश्न गरेका थिए । न्यायाधीश सिन्हाले प्रश्न गर्दै भने, प्रधानमन्त्रीले संसद् विघटन जतिपटक पनि गर्दा यसलाई राजनीतिक कुरा भनेर छोड्ने कि संवैधानिक कुरा भनेर न्यायालयले निरुपण गर्ने हो ? केही तार्किक पुष्टि त हामीले पनि गर्नुपर्ला ?

लगतै न्यायाधीश सपना प्रधान मल्लले सोधिन् हामीले अब कहाँको अभ्यास हेरेर निर्णय लिने त ? विदेशको अभ्यास हेरेर निर्णय गर्ने कि संविधानमा के लेखिएको कुरा ? जसको जवाफमा मैनालीले दुवै विषय हेरेर निर्णय लिनुपर्ने जवाफ दिए ।

त्यस्तै, उनले प्रधानमन्त्रीले पार्टीभित्रको आन्तरिक विवादमा पनि संसद् विघटन गर्न सक्ने अधिकार रहेको तर्क राखे । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको लिखित जवाफमा पनि पार्टीले असहयोग गरेको भन्ने कुरा उल्लेख गरेको भन्दै मैनालीले नेकपाभित्रको विवादले अहिलेको अवस्था आएको बताए ।

उनले आफ्नो दाबी बलियो रूपमा प्रस्तुत गर्न विगतमा गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र मनमोहन अधिकारीले पनि पार्टीभित्रको विवादका कारण संसद् विघटन गरेको उदाहरण दिए । अहिले प्रधानमन्त्रीले पार्टीको आन्तरिक कारणबाट संसद् विघटन गरेको भनेर जसरी कुरा आइरहेको छ विगतमा हेर्दा पनि अवस्था उस्तै भएको मैनालीको तर्क थियो ।

त्यस्तै, एमिकस क्युरीका रूपमा वरिष्ठ अधिवक्ता सतिसकृष्ण खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी विवाद प्रधानमन्त्रीको लिखित जवाफमा भनेजस्तो राजनीतिक प्रश्न नभई संवैधानिक विवाद भएको भन्दै अर्थ लगाए । उनले संविधानको धारा ७६ (७) बमोजिम विघटनको सिफारिस गर्ने अधिकार बहुमत प्राप्त अर्थात् संविधानको धारा ७६ (१) र (२) अनुसार बनेका प्रधानमन्त्रीलाई नहुने जिकिर गरेका थिए ।

सुनुवाइका क्रममा रिट निवेदक र विपक्षीले आआफ्नो तर्कअनुसार संसद् विघटनको विषय आफ्नै तरिकाले व्याख्या गरेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले एमिकस क्युरीसँग अदालतले कुन संविधानअनुसार व्याख्या गर्ने हो भनी प्रश्न गरेका थिए । रिट निवदेकका तर्फबाट २०७२ को संविधानले संसद् विघटनको अधिकार नभएको तर्क गरेका थिए भने प्रधानमन्त्री ओलीपक्षबाट २०४७ सालको संविधानको अधिकार अहिले साइलन्ट रूपमा रहेको तर्क प्रस्तुत गरेका थिए ।

सोही विषयलाई लिएर प्रधानन्यायाधीश राणाले संसद् विघटनको व्याख्या कुन संविधानअनुसार गर्ने हो भनी एमिकस क्युरीसँग राय मागेका थिए । बहसकै क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले लामो पृष्ठभूमि बाँध्दै सोधे, ‘२०४७ सालको संविधानसँग २०७२ सालको संविधानको सम्बन्ध छ कि छैन ? अब अदालतले २०४७ को संविधानलाई सिरानी हाल्ने कि २०७२ को लाई ? धारा ८१ (१) को सम्बन्ध ७६ (७) सँग मात्रै हो कि अरूसँग पनि छ ?’

जसको जवाफमा एमिकस क्युरीका तर्फबाट बहसमा आएका वरिष्ठ अधिवक्ता खरेलले सर्वोच्चले संसद् पुनस्र्थापना गरेर संविधान बचाउने विकल्प खोज्न सुझाव दिएका थिए ।

वरिष्ठ अधिवक्ता खरेलले विघटनको सिफारिस गर्ने अधिकार दुईवटा अवस्थाका प्रधानमन्त्रीलाई मात्रै हुने दाबी गरे । उनले बहसका क्रममा भने, ‘धारा ७६ (५) अनुसार बनेको विश्वासको मत प्राप्त गर्न नसकेको प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गरेर चुनावका जाने अधिकार स्पष्टमा रूपमा संविधानले दिएको छ । यदि सो प्रावधानअनुसार प्रधानमन्त्री नियुक्त हुन नसकेमा ७६ (३) अनुसार बनेको प्रधानमन्त्रीलाई पनि त्यो अधिकार छ । बहुमत प्राप्त प्रधानमन्त्रीलाई विघटन सिफारिस गर्ने अधिकार छैन ।’

(Visited 152 times, 1 visits today)
Loading comments...

आजको समाचार

१ सय १९ सिलिन्डर एयर लिफ्टबाट ल्याइयो

काठमाडौं । गृह मन्त्रालयले कोरोना महामारीबाट उत्पन्न परिस्थितिमा अक्सिजन अभाव हुन नदिन सक्रियता बढाएको छ ।गृह मन्त्रालयले मोरङ र सुनसरीमा रहेका विभिन्न अक्सिजन प्लान्टबाट...

धरानको १ सय ५८ बिघा सरकारको नाममा फिर्ता

काठमाडौं । सुनसरी धरानस्थित सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । सभामुख अग्नि सापकोटाले तत्कालीन वन तथा...

टी–२० विश्वकपमा २० टोली

दुबई । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हाल १६ टोलीबीच हँुदै आएको टी–२० विश्वकपमा २० टोलीलाई खेलाउने प्रस्ताव अघि सारेको छ । यसै वर्ष भारतमा...

कोरोना कहर : सेती अस्पतालमा उपचाररत थप ६ जनाको मृत्यु

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने थप ५५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...

२ जेठ २०७५ मा फर्किन ओली सहमत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार राति...

साताका लोकप्रिय समाचार

केपी ओलीलाई राेक्न सांसद पदबाट राजीनामा दिनु पर्छ : भीम रावल

काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाल्नुपर्ने भन्दै उनले भनेका...

धनकुटामा एकैदिन थपिए ४४ संक्रमित, ८ महिने नावालिकामा पनि कोरोना

धनकुटा । धनकुटामा शुक्रबार एकैदिन ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा एकैदिन थपिएका मध्ये यो नै हालसम्मको धेरै संख्या हो । जिल्ला...

८ हजार १६७ जना संक्रमित थप, १ सय ८७ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य...

कर्णाली अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना बन्द

सुर्खेत । कारोना संक्रमणको दोस्रो लहरमा कर्णालीमा एकसय जनाले ज्यान गुमाएका छन् । गत बैशाख ११ गतेदेखि आजका दिनसम्म कर्णालीमा कोरोना संक्रमणबाट एकसय बिरामीले...

सुबिसुको इन्टरनेट अवरुद्ध भएपछि ग्राहक आजित

सर्लाही । इन्टरनेट प्रदायक निजी कम्पनी सुबिसुको ‘इन्टरनेट मस्त जिवन स्वस्थ्य’ नारामै सिमित हुने भएको छ । देशकै दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक दावी...

ट्रेन्डिङ

१५ किलो लागूऔषध गाँजासहित सर्लाहीमा ३ जना पक्राउ

सर्लाही । १५ किलो प्रतिबन्धित लागु औषध गाजाँ सहित सर्लाहीमा ३ जना पक्राउ परेका छन । सर्लाहीको लालबन्दी नगरपालिका वडा न. १७, रानीगंजबाट लागूऔषध...

प्रदेश २ मा बैंकका प्रबन्धकसहित ३२ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धकसहित ३२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार पर्सामा ३१...

रोल्पाका बालबालिकाहरुको हितका लागि राम्रो प्रयास भएकोछ :सामाजिक विकास मन्त्री बराल

बुटवल ।सामाजिक विकास मन्त्रालय र रोल्पा जिल्लाका स्थानीय तहहरूसँग बालश्रम न्यूनीकरण तथा सञ्चालित परियोजनाहरूको सिकाई आदानप्रदान कार्यक्रम प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री...

कोरोनाले थलिएको अर्थतन्त्रमा रेमिट्यान्सको भर

काठमाडौं । कोरोना महामारीले थलिएको मुलुकको अर्थतन्त्रमा अहिले विभिन्न मुलुकबाट नेपाल भित्रिएको रेमिट्यान्स (विप्रेषण आप्रवाह) ले केही भरथेग गरेको छ । विश्व महामारीका रूपमा...

डाईक्लोफेनेक मुक्तपछि दैलेखमा गिद्द देखिन थाले

दैलेख । डाईक्लोफेनेक मुक्त भएको १० वर्षपछि यहाँको जिल्लामा प्रकृतिको कुचिकर मानिने गिद्ध देखा पर्न थालेका छन् । पछिल्लो समय जिल्लालाई...

कोइरालाको ‘न्युरोडका झाँकी’ विमोचित

काठमाडौं । साहित्यकार एवं पत्रकार तुलसीहरि कोइरालाले कथासंग्रह ‘न्युरोडका झाँकी’ बजारमा ल्याएका छन् । उनको यो कृतिको वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले आफ्नै निवासमा भएका...

राष्ट्रिय अर्थतन्त्र मजबुत

काठमाडौं । कोभिड–१९ ले देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको अनुमान गरिए पनि राष्ट्रिय अर्थतन्त्र मजबुत नै देखिएको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ६७ अर्ब...

अभिनेता पुष्प पनि म्युजिक भिडियोमै व्यस्त

काठमाडौं । अन्य अभिनेताजस्तै पुष्प खड्का पनि फिल्मको काम रोकिएको बेला अहिले म्युजिक भिडियोमा व्यस्त छन् । गत असारमा लकडाउन खुलेपछि उनी म्युजिक भिडियोतर्फ...

विद्यत् प्राधिकरणबाट सिकौं

नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा ११ अर्ब ५ करोड रूपैयाँ नाफा कमाएर सर्वाधिक सफलता हात पारेको छ । आफूले गरेका काम र त्यसबाट...

यात्रुको रकम फिर्ता गर्न पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं । सरकारले एयर अरेवियालाई यात्रुहरुको रकम फिर्ता गर्न निर्देशन दिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुधवार नियमित उडानहरुको भाडा दर...

बाघको आक्रमणबाट जोगिन भन्दै सडकको ब्रेकर हटाइयो

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको सीमावर्ती कतरनियाघाट वन्यजन्तु आरक्ष जोड्ने खाता जैविक मार्गमा पर्ने खातादेखि कोठियाघाटसम्मको हुलाकी सडकमा बनाइएको ब्रेकर हटाइएको छ...

प्रतिनिधिसभा सदस्य छन्त्यालको निधन

बागलुङ । प्रतिनिधिसभा सदस्य एंव संविधानसभा सदस्य ज्ञानकुमारी छन्त्यालको ६६ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारका क्रममा शहिद गंगालाल ह्दयरोग केन्द्र काठमाडौंमा निधन...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)