अमिताभ र अजय मे डेमा सँगै

मुम्बई । मुम्बईमा फेरि कोरोनाको संक्रमण बढे पनि अभिनेता अमिताभ बच्चन यतिबेला अभिनेता निर्देशक अजय देवगनसँग नयाँ फिल्म ‘मे डे’को छायांकनमा जोडिएका छन् । कोरोना संक्रमणको सिकार भएका अमिताभले फेरि कोभिड नदोहोरियोस् भनेर छायांकनका क्रममा पूर्ण सावधानी अपनाएको फिल्म युनिटले जनाएको छ । यो फिल्मको मुम्बईमा छायांकन भइरहेको छ ।

यो फिल्मको निर्देशन अजय देवगनले गरिरहेका छन् । फिल्ममो लगानी पनि उनकै रहनेछ । यो फिल्मको गत डिसेम्बरमै हैदराबादमा केही प्रतिशत छायांकन गरिएको थियो । बाँकी छायांकन मुम्बईबाट सुरु गरिएको छ । थ्रिलर ड्रामा भनिएको यो फिल्मबाट दर्शकहरूले फेरि अमिताभ र अजयलाई एकसाथ पर्दामा देख्न पाउनेछन् ।

यसअघि अमिताभ र अजयले मेजर साब, खाकी, सत्याग्रह, हिन्दुस्तानकी कसम, हम किसी से कम नहीजस्ता फिल्ममा सँगै काम गरेका छन् । आफूहरूको जोडी यो नयाँ फिल्ममा पनि दर्शकलाई लागि विशेष हुने अजय देवगनको कथन छ ।

तपाइको प्रतिक्रिया
(Visited 276 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रवि लामिछानेमाथि अनुसन्धान गर्नुपर्ने नदेखिएको प्रहरीबाट ब्रिफिङ : प्रधानमन्त्री

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मादी गाउँपालिकामा कांग्रेसका देवीजंग निर्वाचित