Monday, May 17, 2021
Home प्रदेश बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने पूर्वपश्चिम राजमार्ग वन्यजन्तुमैत्री बनाइनु पर्ने

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने पूर्वपश्चिम राजमार्ग वन्यजन्तुमैत्री बनाइनु पर्ने

,

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रम पर्ने राजमार्गलाई वन्यजन्तुमैत्री बनाइनु पर्ने संरक्षणकर्मी तथा सरोकारवालाहरुले माग गरेका छन् । पछिल्लो समय निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा वन्यजन्तुले मान्छे मार्ने र वन्यजन्तुहरु सवारीसाधनको ठक्करबाट मर्ने क्रम बढेपछि राजमार्गलाई वन्यजन्तुमैत्री बनाउनु पर्ने संरक्षणकर्मी तथा सरोकारवालहरुले माग गरेका हुन् ।

निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा पाटे बाघ, जंगली हात्ती, गैँडा, चित्तल लगायतका वन्यजन्तुहरुको ओहोरदोहोर हुने गर्छ । मानव–वन्यजन्तु बीच द्धन्द्ध न्युनिकरण विषयमा संवाद समुह बर्दियाले आयोजना गरेको सरोकारवालाहरु बीचको अन्तरक्रिया कार्यक्रममा वन्यजन्तुले सडक ओहोरदोहोर गर्दा वन्यजन्तुको आक्रमणबाट मान्छे र सवारीसाधनको ठक्करबाट वन्यजन्तु मारिने समस्या हुने गरेको भन्दै वन्यजन्तुमैत्री सडक निर्माण गर्न माग गरिएको हो । पछिल्लो समय मानव र वन्यजन्तुबिच द्धन्द्ध बढ्दै गएपछि संरक्षणकर्मी र सरोकारवाला सरकारी निकयका कर्मचारीहरुले निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गको स्थलगत अनुगमन गरेका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने बर्दिया निकुञ्जको कर्णाली चिसापानीदेखि अम्रेनी पोस्ट र रम्मापुरदेखि सैनवार पोष्टसम्मको राजमार्ग क्षेत्रमा वन्यजन्तुमैत्री संरचना बनाउनु पहल गर्नु पर्ने र तत्कालका लागि निकुञ्ज भित्र राजमार्ग किनारको झाडी सफा गर्नुपर्ने संरक्षणकर्मीहरुको माग रहेको छ ।

निकुञ्जमा वन्यजन्तुको संख्या बढेसंगै जंगली हात्ती, पाटे बाघ लगायत वन्यजन्तुको बासस्थानमा बाधा पुगेका कारण पनि उनीहरु आक्रामक बन्न थालेको हुन सक्ने संरक्षणकर्मीहरु बताउँछन् । मानव–वन्यजन्तु बिच द्वन्द्व बढ्न नदिई सहअस्तित्व कायम राख्न निकुञ्जभित्र पर्ने राजमार्ग क्षेत्रमा र संरक्षित जैविक मार्ग क्षेत्रमा पर्ने हुलाकी सडकमा वन्यजन्तुमैत्री सडक बनाउनु पर्ने संरक्षणकर्मीको भनाइ छ ।

पाटे बाघ लगायतका वन्यजन्तुले आक्रमण गर्ने क्रम बढ्न थालेपछि क्षति कम गर्न दिगो व्यवस्थापनका लागि सरकारले वैकल्पिक उपाय खोज्नुपर्ने वा तत्काल वन्यजन्तुमैत्री संरचना बनाउन जरुरी रहेको बर्दिया निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए ।

दिगो समाधानका उपायका लागि कस्तो खालको वन्यन्तुमैत्री संरचना निर्माण गर्दा उपयुक्त हुन्छ त्यस्तै खालको वन्यजन्तुमैत्री संरचना (अण्डरपास) वा (ओभरपास) निर्माणका लागि वन्यजन्तु संरक्षण विभागसँग पहल भईरहेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

निकुञ्ज भित्र पर्ने राजमार्ग किनारको झाडी तत्काल सफा गर्न आवश्यक

गत पुस १७ गते छोरासँगै मोटरसाइकलमा यात्रा गरिरहेकी कैलालीकी एक महिलालाई बर्दिया निकुञ्ज भित्र पर्ने राजमार्गको आम्बासा कर्णाली सडकखण्डमा पाटे बाघले मोटरसाइकलमै झम्टेर मारेपछि निकुञ्ज अन्तर्गत पर्ने राजमार्गमा यात्रा गर्र्न जोखिम बढेको छ ।

बर्दिया निकुञ्जभित्र पर्ने पुर्वपश्चिम राजमार्गमा सवारी साधनले ठक्कर दिँदा यसअघि २ वटा पाटेबाघ मारिएका छन् । अन्य वन्यजन्तुसंग सवारी साधन ठोक्कीएर पनि सयौँ वन्यजन्तुहरु र केही मान्छेको ज्यान गएको छ भने कतिपय घाईते भएका छन् ।

बर्दिया निकुञ्जमा पाटे बाघको संख्या बढ्दै गएको छ । सन् २०१८ को बाघ गणना अनुसार बर्दिया निकुञ्जमा ८७ वटा वयस्क पाटे बाघ रहेका छन् । अहिले बर्दिया निकुञ्जमा एक सयको हाराहारीमा पाटे बाघ रहेको हुन सक्ने निकुञ्जले अनुमान गरेको छ । बाघको संख्या बढेसँगै पाटे बाघ आक्रमणका घटना पनि बढिरहेका छन् ।
सडक विभागले बजार क्षेत्रमा पुर्व पश्चिम राजमार्गको दायाँ बायाँ ३१÷३१ मिटर सडक खाली गराउँदै आएको छ । तर, निकुञ्जभित्र पर्ने राजमार्ग क्षेत्रमा दायाँ बायाँ ३१÷३१ मिटर सडक खाली गर्ने काम सडक विभागले गरेको छैन ।

निकुञ्जभित्रको राजमार्ग किनार आसपास रुख, बिरुवा र घाँसले ढाकेको छ । वन्यजन्तु त्यही घाँसमा बसिरहेका हुन्छन् । सवारीसाधनको आवाज सुनेपछि वन्यजन्तु तर्सिने र सवारी साधनमा आक्रमण गर्ने जोखिम हुन्छ । त्यसैले, वन्यजन्तुमैत्री संरचना नबनुन्जेलसम्म निकुञ्जभित्र पर्ने राजमार्ग किनारका रुख, विरुवा र घाँस तत्काल काट्न जरुरी रहेको स्थानियको भनाई छ ।

निकुञ्ज किनारको झाडी सफा गर्दा तत्कालका लागि जोखिम कम हुने स्थानियबासीहरु बताउँछन् । ‘सडक विभागले निकुञ्जसंग सहकार्य गरेर निकुञ्ज भित्र पर्ने राजमार्ग छेउछाउका रुख, विरुवा र झाडी काट्ने काम गरेमा तत्कालका लागि जोखिम कम हुने बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठको भनाई छ ।

सडक विभागले दुइचार जना मान्छे लगाएर कहिलेकाँही राजमार्ग किनारको घाँस मात्रै काट्ने गर्छ । निकुञ्ज भित्र पर्ने राजमार्ग किनारका रुख, विरुवा र झाडी काटेर सफा गर्न आफुहरुसँग बजेट नभएकाले निकुञ्ज र सडक कार्यालयको संयुक्त प्रयासमा उपकरणको प्रयोगबाट पनि सफा गर्न सकिने सडक विभागका प्रमुख हुमबहादुर एसीले बताए ।

(Visited 64 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रधानमन्त्री ओली गफमै सिमित हुन्छन् कि काम पनि गर्छन् ?

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्री नियुक्त केपी शर्मा ओलीसामु राजनीतिक, संवैधानिक, नैतिकदेखि कोरोना महामारी चुनौतीका रूपमा चाङ लागेका छन् । गत २७ वैशाखमा संसद्मा विश्वासको...

गीतकार चेतन कार्कीको निधन

काठमाडौं । गीतकार, निर्देशक एवं पटकथा/संवाद लेखक चेतन कार्कीको निधन भएको छ । ह्दयघातको कारण निधन भएका कार्की ८४ वर्षका थिए । विश्वास, पहिलोप्रेम,...

कोरोना संक्रमणबाट उदयपुरका ४ जनाको मृत्यु

उदयपुर । उदयपुरमा आईतवार एकै दिन कोरोनाले ४ जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका– १० का ६३ वर्षिय खगेन्द्र मगरको बेल्टार कोभिड १९...

हो, मैले ओलीलाई भेटेँ, अझै पनि सहमतिको सरकार बनाउन सकिन्छ : बाबुराम

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको...

साताका लोकप्रिय समाचार

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

काठमाडौँ उपत्यकामा भोलिदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं । काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड ¬१९ को जोखिम बढ्दो...

गीतकार चेतन कार्कीको निधन

काठमाडौं । गीतकार, निर्देशक एवं पटकथा/संवाद लेखक चेतन कार्कीको निधन भएको छ । ह्दयघातको कारण निधन भएका कार्की ८४ वर्षका थिए । विश्वास, पहिलोप्रेम,...

ओलीले ६ बुँदे सर्त मानेपछि हाम्राे वार्ता सुरू भयाे : नेपाल

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ६ बुँदे सर्तअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली अघि बढ्न तयार भएकाे बताउँदै ‘वार्ता थालिएको’ प्रस्ट पारेका...

कोरोना भाइरसबाट १४५ जनाको मृत्यु, ७३६८ जनामा संक्रमण

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको मृत्यु भएको छ भने त्यस्तै ७ हजार ३६८ जनामा संक्रमण...

ट्रेन्डिङ

सबैको पीसीआर परीक्षण निःशुल्क गर्न सर्वाेच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले क्वारेन्टिनमा रहेका सम्पूर्ण व्यक्तिको अविलम्ब पीसीआर विधिबाट निःशुल्क स्वास्थ्य परीक्षण गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । साथै...

कांग्रेसमा महाधिवेशन रन्को, शक्ति देखाउन समूहपिच्छे रणनीति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको रन्को सुरु भएको छ । ७ देखि १० फागुन २०७७ मा १४औं महाधिवेशन गर्ने निर्णय...

प्रधानमन्त्रीलाई काम गर्न नदिइएपछि संसद् विघटन हुन्छ : ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले मुलुक ताजा जनादेशका लागि निर्वाचनमा होमिएको बताएका छन् । नेकपा वाग्मती प्रदेश कमिटीले...

रवीन्द्रको अधिकारीको त्यो अधुरो वाचा…

काठमाडौँ । ‘हामीले अघिल्लो दिन मन्त्रालयमै भेट्ने सल्लाह गरेका थियौँ’, म (योगेशकुमार भट्टराई) उहाँ (स्व रवीन्द्र अधिकारी)’ को प्रतिक्षामा थिए, भोलिपल्ट बिहीबार दिउँसो ४ः००...

ग्रान्डी अस्पतालले बिरामीसंग क्षमा माग्दै भन्याे ‘अक्सिजन सकियाे,अब नयाँ बिरामी भर्ना लिँदैनाैं’

काठमाडाैं ।  काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज एक सूचना...

कोरोनाबाट विश्वभरीमा ८ हजार ९८२ को मृत्यु (अपडेट)

जेनेभा । विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण बिहीबारसम्म ८ हजार ९८२ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले बुधबार सार्वजनिक...

सिन्धुलीगढी रानीदरबारको पुनःनिर्माण हुने

सिन्धुली । सिन्धुलीगढीमा रहेको भग्नावशेष रानीदरवारको पुनः निर्माण हुने भएको छ । जसका लागि ठेक्का स्वीकृत भई काम सुरु भएको छ । कमलामाई नगरपालिका...

होलीले स्वास्थ्यमा पार्ने असर र रोकथाम

आज फागुपूर्णिमा पर्व मनाइँदै छ । साता तथा महिना दिन पहिलेदेखि नै लोलाको आतंक मच्चिने चलनमा केही कमी आएको छ । विगतमा नराम्रो अनुभव...

पूर्व मन्त्री सुवालकाे निधन

काठमाडाैं ।  समाजसेवी एवं पूर्व स्वास्थ्य मन्त्री प्रयागराज सिं सुवालको आइतबार बेलुकी उहाँकै निवास झोछेँमा निधन भयो । उहाँ ९३ वर्षको थिए । प्रजातन्त्रका लागि...

विद्यालय खोल्दा स्वास्थ्य मापदण्डको पालना अत्यावश्यक

विश्वव्यापी महामारी संक्रमणका कारण नेपालमा चालू शैक्षिक सत्रमा बन्द रहेका विद्यालय अब भने खुल्ने निश्चित भएका छन् । विद्यालयहरू लामो समयदेखि बन्द रहँदै आएकाले...

सहकारीलाई बैंकसँग जोड्ने एम बैंक एप

काठमाडौं । सहकारी संस्था र बैंकहरु एकअर्काका परिपूरक हुन् । यिनीहरुको सम्बन्धलाई अझ बलियो र सुमधुर बनाउने काम प्रविधिले गर्छ । पछिल्लो समय विकास...

कोरोनाबाट मृत्यु हुनेको संख्या चीनमा भन्दा इटालीमा बढी

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट कोरोनाको उद्गमस्थल चीनमा भन्दा इटालीमा मृत्यु हुनेको संख्या बढी भएको छ । शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार कोरोनाबाट...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)