Monday, May 17, 2021
Home अर्थ अब नयाँ व्यवसायिक फर्म दर्ता गर्न विभाग धाउनु पर्दैन्

अब नयाँ व्यवसायिक फर्म दर्ता गर्न विभाग धाउनु पर्दैन्

,

काठमाडौँ । नयाँ व्यवसाय गर्न चाहने जो कोहीले फर्म दर्ता गर्न अब देखि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग धाउनु पर्ने छैन । नयाँ व्यवसाय फर्म दर्ता गर्न विभाग धाउनु पर्ने झन्झट आइतबार देखि समाप्त भएको छ ।

बागमति प्रदेश भित्रका निकासी पैठारी व्यापार बाहेकका सबै नयाँ प्राइभेट तथा साझेदारी फर्म दर्ता घरेलु तथा साना उद्योग कार्यलयबाट हुने छन् । यस अघि सबै कार्य विभागबाट हुदै आएको थियो । पुरानो व्यवसाय फर्मको नविकरण गर्ने हकमा भने अहिलेलाई विभागबाट हुने छ । यसैगरी बैदेशिक व्यापारीक फर्म र एजेन्सीका कार्यहरु पनि विभागबाट हुने छन् ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले नेपाल सरकारले संविधानको मर्म अनुसार वाणिज्य प्रशासन सम्बन्धी कार्य जिम्मेवारी आइतबार घरेलु तथा साना उद्योग कार्यालय त्रिपुरेश्वर काठमाडौँलाई हस्तान्तरण गरेको जानकारी दिए । उनले विस्तारै अन्य प्रदेशमा पनि सो जिम्मेवारी हस्तान्तरण गर्दै जाने तयारी विभागले गरेको बताए ।

उनले पहिलो पटक बागमती प्रदेशबाट सुरु गरेको जानकारी दिए । काठमाडौँ घरेलु तथा साना उद्योग कार्यालयलाई सो कार्य सहजिकरण गर्न विभागबाट एक हप्ता प्रशिक्षणका लागि दुई जना कर्मचारी समेत पठाएको सुवेदीको भनाई छ । विभागबाट हुने नयाँ फर्म दर्ता कार्यहरु स्थानीय तहलाई हस्तान्तरण गर्दा सेवाग्रहीले छिटो र सहज रुपमा सेवा पाउने उनको भनाई छ । ‘अब स्थानीयले व्यापारिक फर्म दर्ता गर्नका लागि विभागमा धाउनु पर्ने झन्झट हटेको छ ।’ उनले भने । पुरोनाको हकमा अहिले विभागबाट नै नविकरण हुने उनले बताए । विस्तारै सो कार्य पनि प्रदेशलाई लागि दिइदै जाने उनले जानकारी दिए ।

विभागका प्रवक्ता शिवराज सेढाईले विभागबाट दर्ता हुँदै आएका नयाँ फर्म बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतका जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयबाट दर्ता हुने जानकारी दिए । उनको भनाई अनुसार निकासी पैठारी बाहेकका नयाँ फर्म दर्ता घरेलु कार्यालयबाट हुने छ । स्थानीय व्यापार गर्न इच्छुक व्यक्तिहरूले व्यवसाय दर्ताको लागि सम्बन्धित जिल्लाको घरेलु तथा साना उद्योग कार्यलयमा सम्पर्क गर्नुपर्ने उनको भनाइ छ ।

प्रवक्ता सेढाईका अनुसार विभागमा पहिले नै दर्ता भइसकेका फर्महरूको नवीकरण, संशोधन र खारेजीसम्बन्धी कार्य भने सम्बन्धित प्रदेशमा हस्तान्तरण नभएसम्म विभागबाटै हुनेछन् । अनलाइन माध्ययमबाट व्यवसाय दर्ता लगायतका नियमन सम्बन्धी सेवा प्रवाह सहजीकरणका लागि विभाग र फोन पे बीच सम्झौता भएको विभागले गरेको छ । डिजिटल भुक्तानी प्रक्रिया प्रवद्र्धन गर्न व्यवसायीलाई निशुल्क क्यूआर कोडको सुविधा समेत उपलव्ध गराउने तयारी गरेको विभागले गरेको छ ।

प्रवक्ता सेढाईले अन्य प्रदेशहरूमा समेत प्रदेश कानून तर्जुमा भएपछि निकासी पैठारी व्यापार बाहेकका प्राइभेट तथा साझेदारी फर्म दर्ता तथा नियमको काम क्रमश हस्तान्तरण गर्दै जानकारी दिए । बागमती प्रदेशको घरेलु तथा साना उद्योग कार्यलयहरूमा दर्ता भई सञ्चालनमा रहेका वैदेशिक व्यापार मुलुक (निकासी पैठारी) फर्महरूको सक्कलै फाइल २०७८ असार मसान्तभित्र विभागमा हस्तान्तरण भइ विभागबाटै नियमन हुने छ ।

(Visited 485 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

प्रधानमन्त्री ओली पदमुक्त, पाएनन विश्वासकाे मत

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विश्‍वास गुमाएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा ओलीले पेस गरेको विश्वासको मतको प्रस्ताव संसद्‌मा अस्वीकृत भएको...

ओली ४२औं प्रधामन्त्री

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले तेस्रोपटक पद तथा गोपनीयताको शपथ लिएका छन् । २४ असोज २०७२ मा पहिलोपटक देशको कार्यकारी...

गणपतमा अब टाइगरसँग नोरा

मुम्बई । बलिउड अभिनेता टाइगर श्राफ नयाँ फिल्म गणपतको तयारीमा यसअघि जुटिरहेका थिए । सोही क्रममा मुम्बईमा कोरोनाको दोस्रो लहर सुरु भएपछि यसको काम...

कोरोना संक्रमणबाट गुल्मीमा एकै दिन ११ जनाको मृत्यु

  गुल्मी । दोस्रो चरणको कोरोनाका कारण पछिल्लो २४ घण्टामा गुल्मीका ११ जनाको मृत्यु भएको छ । शनिबार दिउसो ३ बजेदेखि आइतबार दिउसो ३ बजेसम्म...

धनगढीको नेपाली सेनाको अस्पतालमा काेराेना संक्रमितको उपचार गरिने

धनगढी । धनगढीस्थित नेपाली सेनाको फिल्ड अस्पतालमा पनि कोरोना संक्रमितको उपचार गरिने भएको छ । सो अस्पताल नेपाली सेनाका परिवारजनलाई मात्रै सेवा दिने गरी...

ट्रेन्डिङ

आइतबारबाट मौसम सफा !

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल भारतको...

अझैसम्म पनि सरकार कोरोनाको रोकथाममा गम्भीर बनेन : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकार कोरोना रोकथाममा अझैसम्म पनि गम्भीर नबनेको आरोप लगाएको छ। आज नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतको संयोजकत्वमा गठित...

नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ९ पुग्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ...

धरापमा गण्डकी सरकार

पोखरा । गण्डकी प्रदेश सरकारलाई चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले दिँदै आएको समर्थन फिर्ता लिएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले बुधबार वक्तव्य जारी...

संसद पुनःस्थापना गर्न आन्दोलन सशक्त बनाउँ : नेता पाण्डे

मोरङ । पूर्व मन्त्री तथा नेकपाका नेता सुरेन्द्र पाण्डेले प्रतिनिधिसभा पुनःस्थापनाका लागि आन्दोलनलाई सशक्त बनाउनुपर्ने बताएका छन् । विराटनगरमा मोरङका अगुवा नेता कार्यकर्ता भेलालाई...

खड्काको नेतृत्वमा सालकको खपेडा सहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौं सोह्खुट्टेचोक नजिक रहेको सूर्यदेब मिठाई पसलबाट दुर्लभबन्य जन्तु सालकको खपेडा अखेटोपहार सहित दुई जना पक्राउ परेका छन् । अखेटोपहार बिक्री वितरण भैरहेको...

साख गिराउँदै स्थानीय तह

नेपालको संविधानअनुसार संघीय राज्यप्रणालीमा स्थानीय तह जनताका सबैभन्दा नजिकका सरकार हुन् । जनताले नजिकबाट चियाउने निकाय पनि यिनै हुन् । यसैकारण यी तह जनताबाट...

डिमोन र सिर्जनाको प्रेम

काठमाडौँ । दिप गिरीको शब्द, शंकर थापा'स्माइल'को संगीतमा रहेको 'मन खाने माया' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा किरण भुजेल...

भेरीमा कोरोनाबाट थप २ जनाको मृत्यु, २० संक्रमित सिकिस्त

राँझा । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोक निवासी ८४ वर्षीय पुरुष...

ठूला व्यापारी र उद्योगीकै मिलेमतोमा चिनीमा कालोबजारी

काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा चिनीमा चरम कालोबारी हुन थालेको छ । ठूला व्यापारी र चिनी उद्योगीको मिलेमतोमा कृत्रिम अभाव देखाएर चिनीमा चरम कालोबारी...

पोखरामा कोरोना संक्रमित ५८ वर्षीय पुरुषको मृत्युु

कास्की । पोखरामा आज थप एक कोरोना सङ्क्रमितकोे मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा सघन उपचार...

जहाँ निर्बाध चलिरहेछ फुटबल

मिन्स्क । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वको खेलकुद गतिविधि ठप्प छ । फुटबल क्बलहरू ३० अप्रिलसम्म स्थगित छन् । चार महिनापछि हुने...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)