Sunday, May 9, 2021
Home Editor-Picks काेराेनाकाे असर : ७५ प्रतिशत लघु तथा घरेलु उद्योग बन्द

काेराेनाकाे असर : ७५ प्रतिशत लघु तथा घरेलु उद्योग बन्द

,

काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण ७५ प्रतिशत लघु तथा घरेलु उद्योग पूर्ण रुपमा बन्द भएका पाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको एक अध्ययनले कोभिड १९ महामारी नियन्त्रण गर्ने सरकारले गरेको बन्दीबन्दीपछि ७५ प्रतिशत लुघ तथा घरेलु उद्योग पूर्ण रुपमा बन्द भएका देखिएको हो ।

मन्त्रालयले १७ कार्तिक देखि १६ मंसिर सम्म तथ्यांक संकलन गरी अध्ययन गरेको छ । अध्ययनमा गरहना रङरोगन, पेयपदार्थ, सिमेन्ट, तामा पित्तल भाँडा, जलविद्युत उत्पादन, हस्तकला, तयारी पोषाक, परामर्श लगायतका वस्तु तथा सेवा उत्पादन गर्ने उद्योग व्यवसायहरु अध्ययनमा सहभागी गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनमा ३७ वटा उद्योग व्यवसायको सहभागिता गराएको छ । जस मध्येमा लुघ उद्यम तथा घरेलु उद्योग १७ वटा, साना उद्योग ८ वटा, सझौता उद्योग ४ वटा र ठुला उद्योग ८ रहेका छन् । सो अध्ययनले कोभिड १९ महामारी नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दी र त्यसपछिको समयमा समेत कुनै पनि उद्योग पूर्ण क्षमतामा संचालनमा नआएको उल्लेख छ । अध्ययनमा सहभागी उद्योग व्यवसायमध्ये १०.८१ प्रतिशत पूर्ण बन्द रहेका छन् भने ८९.१९ प्रतिशत उद्योग व्यवसाय आंशिक रूपमा संचालनमा रहेका देखिएको छ । पूर्ण बन्द भएका उद्योगहरूमा लघु तथा घरेलु उद्योगको संख्या ७५ प्रतिशत रहेको छ ।

मन्त्रालयले गरेको अध्ययन अनुसार कोभिड १९ का कारण उद्योगहरूको उत्पादन क्षमतामा उल्लेख्य रूपमा गिरावट आएको पाइएको छ । सर्वेक्षणमा सहभागी उद्योगमध्ये ५४ प्रतिशत उद्योगहरूको उत्पादन क्षमता ५० प्रतिशतले ह्रास आएको छ ।

यसैगरी ३२.४३ प्रतिशत उद्योगहरूको ७५ प्रतिशतसम्म उत्पादनमा गिरावट आएको छ । अध्ययनमा सहमभागीहरुमध्ये २३.५२ प्रतिशत लघु तथा घरेलु उद्योगको उत्पादन क्षमता ७५ प्रतिशतले घटेको पाइएको छ ।

अध्ययनमा सहभागी लघु तथा घरेलु उद्योगमध्ये ८२.३५ प्रतिशत उद्योगहरूले कोभिड –१९ महामारीका कारण आफ्नो उत्पादनमा असर परेको जनाएको छ । यसैगरी ७६.४७ प्रतिशत लघु तथा घरेलु उद्योगले कच्चा पदार्थ प्राप्ति गर्न कठिनाई भएको र श्रमिक परिचालनमा समेत असर परेको अध्ययनमा उल्लेख छ । अध्ययनमा ८८.२४ प्रतिशत लघु तथा घरेलु उद्योगहरूले आफ्नो उत्पादनको बजारीकरण गर्न नसकेको जनाएको छ ।

साना उद्योगका हकमा सहभागी उद्योग व्यवसायीहरुमध्ये ८७.५ प्रतिशत उद्योगहरूको उत्पादनमै प्रत्यक्ष असर परेको देखिएको छ भने ७५ प्रतिशत साना उद्योगहरूले उद्योगको लागि कच्चा पदार्थ प्राप्त गर्न कठिन भएको देखाएको छ ।

यसैगरी अध्ययनमा ८७.५ प्रतिशत उद्योगहरुले श्रमिकहरुको परिचालनमा र त्पादनको बजारीकरणमा असर परेको बताएका छन् । सझौला उद्योगहरुमध्ये ५० प्रतिशत कच्चा पदार्थ प्राप्तिमा समस्या परेको र ७५ प्रतिशत उद्योगहरुले श्रमिक परिचालनमा समस्या परेको बताएका छन् । उद्योगहरुको नाफा नोक्सान हेर्दा कोभिड–१९ को प्रभावले अधिकांश उद्योगहरु नोक्सानमा रहेको देखिन्छ । यस अध्ययनमा सहभागी उद्योगहरूमध्ये १६.२२ प्रतिशतले मात्र नाफामा रहेको वताएको छन् नाफामा रहेका उद्योगमध्ये ६६.६७ प्रतिशत ठूला उद्योग रहेका छन्।रोजगारी गुमाउने पुरुष बढी महामारीको समयमा रोजगारी गुमाउनेको अवस्था हेर्दा सबैभन्दा बढी रोजगारी गुमाउनेको संख्या लघु उद्योगमा रहेको छ । यसैगरी साना, मझौला र ठूला उद्योगमा रोजगारी गुमेको देखिएको छ ।

रोजगारी गुमेको अवस्थालाई लैगिंक दृष्टिकोणबाट हेर्दा महिलाको तुलनामा पुरुषले उल्लेख्य संख्यामा रोजगारी गुमेको पाइएको छ । महामारीका कारण सबै प्रकारका उद्योग व्यवसायहरू प्रभावित भएको देखाएको छ। उद्योग व्यवसायको संचालन क्षमता घटेको छ, जसका कारण वस्तु तथा सेवाको उत्पादनमा समेत गिरावट आएको छ। उद्योगी तथा व्यवसायीहरूले कच्चा पदार्थको आपूर्ति, श्रमिक परिचालन र उत्पादनको बजारीकरणमा समस्या भोगिरहेको अध्ययनले देखिएको छ ।

मन्त्रालयले गरेको अध्ययन अनुसार अधिकांश उद्योग व्यवसायहरू घाटामा संचालन भएका छन् भने लघु, घरेलु, साना तथा मझौला उद्योगीहरूले संचालन पूँजीको अभाव भएको बताएका छन् । त्यसैगरी सबै प्रकारका उद्योगी व्यवसायीहरूले उल्लेख्य संख्यामा रोजगारीको कटौती गरेका छन् । अध्ययनमा सहभागी उद्योगहरूले उद्योग व्यवसायको पूर्ण संचालनका लागि सरकारले ब्याजदरमा विशेष छुट दिनुपर्ने, सहुलियत दरमा ऋण पाउनुपर्ने, करमा विशेष छुट दिनु पर्ने, उत्पादनको आधारमा विद्युतको डिमाण्ड शुल्क निर्धारण गर्नुपर्ने, मूल्य अभिवृद्धि कर फिर्ता दिनुपर्ने, पुनर्कर्जा उपलब्ध गराउनुपर्ने, घरभाडा छुट दिनुपर्ने सुझाव दिएका छन् यसैगरी कम्तीमा २ वर्षसम्म श्रमिकको न्यूनतम ज्यालामा वृद्धि गर्न नहुने, अन्तः शुल्क र भ्याटको दरमा पुनर्मूल्यांकन गर्नुपर्ने र नेपाल सरकारले घोषणा गरेका सबै सहुलियतहरु तुरुन्त प्रदान गर्नुपर्ने समेत सुझाव दिएका छन् ।

(Visited 57 times, 1 visits today)
Loading comments...

आजको समाचार

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले...

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

काभ्रेमा अक्सिजनसहितको आइसोलेशन सेन्टर

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको वृद्धि भएसँगै जिल्लाका स्थानीय तहले संक्रमितको उपचारमा सहजताका लागि...

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

साताका लोकप्रिय समाचार

मेयरले पेलेकाे भन्दै चाँगुनारायण नगर अस्पतालका सबै डक्टरले दिए राजिनामा

भक्तपुर । कोरोना महामारीको दोस्रो लहर सँगै जनजिवन आक्रान्त हुँदा चाँगुनारायण अस्पतालका सम्पूर्ण डक्टरहरुले राजिनामा दिएका छन् । चाँगुनारायण नगरपालिकाले संचालन गर्दैै आएको नगर अस्पतालका...

कांग्रेस नेता भण्डारी अस्पताल भर्ना

 काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पताल भर्ना भएका छन् । कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका पूर्वमन्त्री भण्डारीलाई...

गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख पदमुक्त

 काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । उनले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी...

ओलीलाई जसपाको मत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री ओलीले विश्वास मत लिने निर्णय मन्त्रिपरिषद् बैठकबाट...

मेरो नजरमा केपी शर्मा ओली

सबै मानिस समान प्रकृतिका हुँदैनन् । व्यक्तिको व्यवहार, कार्यशैली र क्षमता पनि आआफ्नै प्रकारको हुन्छ । व्यक्तिमा निहित गुण र क्षमताकै आधारमा कुन व्यक्ति...

ट्रेन्डिङ

मुकेशको हत्यामा संलग्न २ पूर्पक्षका लागि जेल चलान

वीरगन्ज । पर्साको विन्दवासीनी गाउँपालिकाको नेपाल कम्युष्टि पार्टी (नेकपा) गाउँ कमिटिका सचिव मुकेश चौरसियाको हत्या आरोपमा पक्राउ परेका ५ अभियुक्त मध्ये २ जना पूर्पक्षका...

नेकपा सचिवालय मङ्सिर ३ गते पुनः बस्ने

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको आजको सचिवालय बैठक आगामी मङ्सिर ३ गते बस्ने गरी सकिएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भएको...

कोभिड–१९ पुनः संक्रमणको जोखिम कायम छ

कोभिड–१९ संक्रमणपछि निको भएर घर फर्केका पेप्सीकोला, काठमाडांै, रौतहट र दिल्ली निवासी तथा वीरगन्जका एकएक गरी धेरै जनामा पीसीआर रिपोर्ट पोजिटिभ देखिनु चिकित्सकले चुनौतीका...

सप्तरीमा जिल्लाभर निषेधाज्ञा जारी

सप्तरी, राजविराज । कोरोना संक्रमित बढ्दै गएपछि सप्तरी प्रशासनले मंगलबारेदखी कडाई गर्न थालेको छ । साउन ८ गते राजविराज नगरपालिकाले नगर क्षेत्रमा लकडाउन तथा जिल्ला...

खेल्दै, नाच्दै बित्यो १६ दिनको बसाइ

भक्तपुर । चीनको वुहानबाट सरकारले उद्धार गरेर ल्याएका १७५ नेपालीको स्वास्थ्यमा राम्रो रहेको रिपोर्ट आएपछि आज सबै क्वारेन्टाइनबाट आफ्नो घर फर्केका छन् । क्वारेन्टाइन...

कुटपिटबाट घाइते वडाध्यक्षको स्वास्थ्य अवस्था गम्भीर

कालिकोट । स्थानीयको कुटाइबाट घाइते कालिकोट पचालझरना गाउँपालिका– १ का वडाध्यक्ष रत्नलाल न्यौपानेको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । बुधबार दिउँसो नेपाली कांगे्रस निकट...

खाल्डोमा डुबेर २ वर्षीय बालकको मृत्यु

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा खाल्डोमा डुबेर २ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं. ५ खुपलालटोल बस्ने बिक्रम महत्तोको अन्दाजी...

फेरि पश्चिमी वायुको प्रभावः वर्षाको सम्भावना कमै

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । हिजो बेलुकादेखि देशको पश्चिमी भू–भाग हँुदै प्रवेश गरेको वायुको प्रभावले...

सेते दाइको परिवारलाई सहयोग

काठमाडौं । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कार्यरत दिवंगत कर्मचारी जयबहादुर तामाङ (सेते दाइ)को परिवारलाई नेप्लिज क्यानेडियन क्रिकेट क्लबले आर्थिक सहयोग गरेको छ । नेपाली राष्ट्रिय...

विश्वभर कोरोनाको त्रास : क्यालिफोर्नियामा आपतकाल घोषणा

क्यालिफोर्निया । संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा प्राणघातक कोरोना जीवाणु (भाइरस) का कारण एक व्यक्तिको मृत्यु भएपछि आपतकाल घोषणा गरिएको छ । अमेरिकामा यो समेत १०...

ओली र प्रचण्ड मिलेर चुनावमा जानुहुन्छ, नमिली सुखै छैन् : रघुवीर महासेठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुवीर महासेठले वैशाख १७ र वैशाख २७ गते तोकिएकै मितिमा निर्वाचन...

हिसाब कमाइको होइन, कर्मको हुन्छ

मानव सभ्यताको विकासका साथसाथै मानिसमा लोभ, आक्रोस एवं स्वार्थ जस्ता गुणहरू थिए । समाजमा लोभ लालच, आवेग, हिंसा एवं स्वार्थसँग जोडिएका विभिन्न घटना घट्ने...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)