Saturday, May 15, 2021
Home प्रदेश प्रदेश ३ आफ्नै लागि जम्मा भएको पैसा सात वर्षसम्म पाएनन् जुरे पहिरो पीडितले

आफ्नै लागि जम्मा भएको पैसा सात वर्षसम्म पाएनन् जुरे पहिरो पीडितले

गाउँपालिकाको नेतृत्वमा सडक आन्दोलन गरिने

,

सिन्धुपाल्चोक । जुरे पहिरो गएको सात वर्षसम्म पनि पीडितहरुको नाममा संकलन भएको सहयोग रकम पीडितहरुले नपाएपछि बलेफी गाउँपालिकाको अगुवाइमा सहयोग रकम पीडितहरुलाई तत्काल प्रदान गर्नुपर्ने माग राख्दै केन्द्रीय सरकार विरुद्ध आन्दोलनमा उत्रने भएको छ ।

पहिरो गएको लामो समयसम्म पनि जनस्तरबाट संकलन भएको रकम अहिलेसम्म पनि पीडितहरुले नपाएपछि गाउँपालिकाको अगुवाइमा राजधानीको माइतीघरमा केन्द्रीय सरकार विरुद्ध धर्ना सहित आन्दोलन गर्ने भएको हो ।

२०७१ साउन १७ गते राती साविकको राम्चे गाउँविकास समितिको इटिनी भिरबाट आएको पहिरोले साविकको मांखा,बाह्रविसेको जुरे र टेकानुपुर गाविस सम्म पहिरो जाँदा जुरे लगायतका बस्तीमा ठुलो मानविय र भौतिक क्षती भएको थियो ।

जुरे पहिरोमा १४५ को मृत्यु भएको थियो भने सडक लगायत अन्य धेरै भौतिक सम्पत्ती क्षतिग्रस्त भएको थियो । जुरे पहिरोपछि पहिरो पीडितहरुलाई त्यतीबेला स्वेदश र विदेशबाट सहयोगी दाताहरुले जिल्ला दैविप्रकोप उद्धार समितिको कोषमा सहयोग रकम जम्मा गरेका थिए ।

२ करोड २४ लाख रुपियाँ जुरे पहिरो पीडितहरुका लागि सहयोग जुटेपनि त्यो रकम अहिलेसम्म पीडितहरुले पाउन नसकेको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए । ‘स्थानीय सरकारमा जनप्रतिनिधि आएपछि हामीले पीडितहरुको नाममा जम्मा भएको रकम पीडितहरुलाई नै प्र्रदान गर्नका लागि धेरै पहल प्रयत्न ग¥यौं तर, अहिलेसम्म पीडितहरुले आफ्नो नाममा जम्मा भएको रकम पाउन सकेका छैनन् ।’ अध्यक्ष क्षत्रीले भने ।

पहिरो गएको ७ वर्ष हँुदासम्म पीडितहरुको लागि संकलन भएको रकम प्रदान नहुनु केन्द्रीय सरकारको चरम लापरवाही र पीडितहरुको भावनमा चरम खेलवाड भएको अध्यक्ष क्षेत्रीको भनाई छ ‘केन्द्रीय सरकारका प्रधानमन्त्री,उपप्रधान,गृहमन्त्री लगायत संघीय जनप्रतिनिधिहरुसँग पीडितहरुको नाममा संकलन भएको रकम वितरणको व्यवस्थाका लागि हामीले धेरै पटक आग्रह र अनुरोध गरेपनि वास्ता नै भएन ।’ उनले भने ।

पीडितहरुले आफ्नो नाममा जम्मा भएको रकम पाउँनका लागि धेरै पटक आन्दोलन समेत गरे पनि रकम वितरणको कुनै पहल नभएको अध्यक्ष क्षेत्रीले बताए । ‘पीडितहरुको नाममा जम्मा भएको रकम पीडितहरुलाई वितरण गर्नका लागि अब सशक्त आन्दोलन गर्नुको विकल्प देखिएन’ अध्यक्ष क्षेत्रीले भने–‘त्यसैले बलेफी गाउँपालिकाको कार्यपालिकाको बैठकले नै जुरे पहिरो पीडितहरुको नाममा जम्मा भएको रकम पीडितहरुलाई प्रदान गर्ने व्यवस्थाका लागि पहिरो चरणमा केन्द्रीय सरकारको विरोध राजधानीको माइतीघरमा धर्ना दिने कार्यक्रम तय भएको छ ।’
फागुन ८ गते हुने पहिलो चरणको साकेतिक विरोधपछि पनि पीडितहरुको नाममा जम्मा भएको रकम तत्कालन वितरणको व्यवस्था नभए कडा आन्दोलनमा गाउँपालिका उत्रने अध्यक्ष क्षेत्रीले चेतावनी दिए । गाउँपालिकाले बिहीबार विज्ञप्ति प्रकाशित गर्दे पीडितहरुको पक्षमा हुने आन्दोलनमा सहभागीताको लागि सबैमा आगह्र समेत गरेको छ ।

(Visited 111 times, 1 visits today)
Loading comments...

आजको समाचार

कर्णाली अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना बन्द

सुर्खेत । कारोना संक्रमणको दोस्रो लहरमा कर्णालीमा एकसय जनाले ज्यान गुमाएका छन् । गत बैशाख ११ गतेदेखि आजका दिनसम्म कर्णालीमा कोरोना संक्रमणबाट एकसय बिरामीले...

काेराेना संक्रमणबाट १८७ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९)...

आमालाई ढुंगा हानेको बद्लामा छोराले गरे बञ्चरो प्रहार गरेर बाबुको हत्या

दैलेख । आमालाई कुटपिट गरेको बदलामा बञ्चरो प्रहार गरेर दैलेखमा एक युवाले बुबाको हत्या गरेका छन् । डुंगेश्वर गाउँपालिका–६ माथिल्लो डुंगेश्वरबजारका २१ वर्षीय विकास...

कोरोना कहर : सेती अस्पतालमा उपचाररत थप ६ जनाको मृत्यु

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने थप ५५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...

९ महिना देखि थन्किएको भेन्टिलेटर सञ्चालन

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको समन्वयमा जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर सञ्चलान गरिने भएको छ । जनशक्ति अभाबमा ९ महिना अघि जडान गरे...

साताका लोकप्रिय समाचार

ओली ४२औं प्रधामन्त्री

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले तेस्रोपटक पद तथा गोपनीयताको शपथ लिएका छन् । २४ असोज २०७२ मा पहिलोपटक देशको कार्यकारी...

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

एम्बुलेन्स अभाव भएपछि ‘अटो एम्बुलेन्स’

चुरे/ मकवानपुर । कोरोना भाइरस संक्रमणको दर उच्च हुदै आएपछि मकवानपुरमा एम्बुलेन्सको अभाव पुर्ति गर्न अटोलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको छ । बिरामी ओसार्नको...

भक्तपुरका अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी

भक्तपुर । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले...

युभेन्टसका रोनाल्डोको अर्का कीर्तिमान

टुरिन । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाएको खेलमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा सासुओलोलाई ३–१ ले पराजि गरेको छ । रोनाल्डोले सासुलोविरुद्ध एक...

ट्रेन्डिङ

काभ्रेमा ढुङ्गा उत्खनन गर्न रोक, अनुगमनपछि मात्रै अनुमति

पहाड तथा खोलाबाट ढुङ्गा उत्खनन कार्यमा आजदेखि रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले हालसम्म विभिन्न स्थानीय तहमा वर्षौँदेखि क्रसर उद्योगद्वारा सञ्चालन हुँदै...

केन्द्रीय समिति गठनमा जसपाभित्र बढ्यो विवाद

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)भित्र केन्द्रीय समिति गठनको विषयलाई लिएर विवाद बढेको छ । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच पार्टी...

नेपालगञ्ज म्याराथनको उपधि एपिएफका पार्की र भण्डारीलाई

नेपालगञ्ज । नेपालगञ्जमा आयोजना गरिएको ‘छैठौं नेपालगञ्ज म्याराथन’ का दुबै ईभेन्टमा सशस्त्र प्रहरीको विभागिय टिमले आफ्नो बर्चस्व कायम गरेको छ । शनिबार सम्पन्न भएको...

जनकपुरमा अस्पतालबाट कोरोना संक्रमित फरार

जनकपुरधाम । जनकपुरधामको प्रादेशिक अस्पतालमा रहेको एक कोरोना संक्रमित फरार भएका छन् । सर्लाही धनकौलका ४५ वर्षीय कोरोना संक्रमित शनिबार राति नै फरार भएका...

सडक मर्मत गर्न रातभरि अनिँदै

काठमाडौं । अहिले उपत्यकाका धेरै सडक खण्डमा बेलुका खाल्टाखुल्टी भएको ठाउँमा बिहानसम्म कालोपत्रे थपिने क्रम बढिरहेको छ । काठमाडौंमा मात्र पाँच दिनमा डबल लेनमा...

भन्सारमा आजदेखि राष्ट्रिय एकद्वार प्रणाली

काठमाडौं । नेपाल आजदेखि राष्ट्रिय एकद्वार प्रणाली सुरु भएको छ । विभागले तयार गरेको उक्त प्रणाली आज सार्वजनिक भएको हो । अन्तर्राष्ट्रिय व्यापारलाई सरलीकृत...

उदयपुरमा थप ५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५२ पुग्यो

उदयपुर । उदयपुरमा आइतबार एक महिला सहित ५ जनामा कोराना पोजेटिभ देखिएको छ । भारतको बिभिन्न स्थानबाट आएर त्रियुगा नगरपालिका– ३ स्थित त्रियुगा जनता...

विद्युतिय शवदाह गृह बिग्रियो, संक्रमितको शव चौरमा जलाइदै (फोटोफिचर)

काठमाडौं । अक्सिजनको अभावमा कोरोना संक्रमितको मृत्यु भएको समाचारलाई सामान्य मान्नु पर्ने अवस्था आइसक्यो । अस्पतालमा बेड पाइन्छकि भन्ने आसमा घुम्दा घुम्दै एम्बुलेन्स प्राण...

सांसद साहद्धारा स्वास्थ्य समाग्री प्रदान

बारा । कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्नको लागि अटोमेटिक हैण्डवास तथा स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको छ । निर्वाचन क्षेत्र नम्वर ३ का प्रदेश सभा...

महिलाको शब उखुबारीमा भेटियो, हत्याको आशंका

रौतहट । रौतहटमा घास काटन गएकी महिलाको शब उखुबारीमा भेटिएको छ । जिल्लाको गढीमाई नगरपालिका–३ लक्ष्मीपुर गाउँकी अन्दाजी ४० वर्षीया मिन्त्रा देवीको शव उखुबारीमा...

रास्कोटको नमुना बस्तीमा रिङरोड बन्ने

कालिकोट । जिल्लाको रास्कोट नगरपालिका ७ को नमुना बस्तीमा रिङरोड बन्ने भएको छ । प्रदेश सरकार, संघीय सरकार र नगरपालिकाको सहयोगमा नगरपालिकाको वडा नं...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)