Monday, May 17, 2021
Home प्रदेश द्वैध चरित्रले गर्दा कांग्रेस पतन उन्मुख : मन्त्री साह

द्वैध चरित्रले गर्दा कांग्रेस पतन उन्मुख : मन्त्री साह

,

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले द्वैध चरित्र देखाएको हुनाले कांग्रेस पतन उन्मुख रहेको बताएका छन् ।

बिहीवार रौतहटको गुजरा नगरपालिकामा आयोजित सडक उद्धघाटन कार्यक्रममा बोल्दै नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका मन्त्री साहले निरन्तर सत्ता स्वार्थमा रहेको कांग्रेस वर्तमान स्थितिमा पनि दोहोरो चरित्र देखाइरहेको टिप्पणी गरे ।

‘संसद विघटन पछि देशमा विद्यमान अवस्थाका बीच कांग्रेसको भुमिकामाथि सबैले एकपटक ध्यान दिन जरुरी छ । हामी जितेका पार्टी देशलाई नयाँ दिशा दिन ताजा जनादेशको लागि आह्वान गरेका छौँ’ मन्त्री साहले भने, ‘तर जनताले पराजित गरिसकेको नेताहरू भने संसद पुनर्स्थापनाको लागि माग गरिरहेको छ ।’

संसद विघटनकै विषयमा एकातिर अदालतको कुरा मान्ने भन्नू र अर्कोतिर आन्दोलन गर्ने कार्य गर्नु कांग्रेसको लागि पतनको सुरुवात भएको मन्त्री साहले बताए । कांग्रेसले संविधान बनाएको दाबी पनि गर्ने अर्कोतिर धर्मनिरपेक्षता, संघीयता लगायतका संवैधानिक व्यवस्था उल्टाउन खोज्ने दोहोरो चरित्र देखाएको मन्त्री साहले बताए ।

‘एकातिर संसद पुनर्स्थापनाको माग गर्दै सडकमा आन्दोलन गरिरहेको कांग्रेस अर्कोतिर अदालतको फैसलालाई पनि स्वीकार्ने बताइरहेको छ । आज कांग्रेसको पोजिसन के छ ?’ मन्त्री साहले थपे, ‘यो द्वैध चरित्रले नै अलिअलि बाँकी रहेको कांग्रेस पतनको सिकार बन्दै गएको छ । र यही नै आजको आवश्यकता हो ।’

कांग्रेस द्वैध चरित्र देखाएर समाजलाई भ्रममा राखेर सत्ताको रस चाट्ने दाउमा रहेको बताउदै मन्त्री साहले कांग्रेसले विगतमा पनि एकातिर आन्दोलन गर्ने र अर्कोतिर राजासँग बार्गेनिङ गर्नेजस्ता गतिविधि देखाएर सत्ताको आसपास मात्र रहेको स्मरण गराए ।

आज मन्त्री साहले गुजरा नदीमा निर्माण हुने पक्की पुलको शिलान्यास गरे । यस अघि नै मन्त्री साहले तत्कालीन मन्त्री रघुवीर महासेठको हातबाट गरुडा नगरपालिकामा झाँझ नदी र कटहरीया नगरपालिकामा तरहरी नदीमा पुलमा शिलान्यास गरेका थिए । उनले छिट्टै लमहा नदीमा पनि पुल निर्माणका लागि शिलान्यास गर्ने बताए ।

(Visited 82 times, 1 visits today)
Loading comments...

आजको समाचार

सकारात्मक मोडतर्फ एमाले

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद समाधानार्थ कार्यदल गठन गरिएको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता...

साताका लोकप्रिय समाचार

नेपाल भ्रमण नगर्न अमेरिकाद्वारा ट्राभल एड्भाइजरी जारी

काठमाडाैं ।   कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न बुधबार ट्राइल एड्भाइजरी जारी गरेको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड...

भारतमा कोभिड–१९ बाट दैनिक सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढी

नयाँदिल्ली । भारतमा कोभिड–१९ बाट दैनिक सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या भन्दा निको हुनेको सङ्ख्या बढी भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी गराएको छ...

के भयो चपली हाइटमा ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद कार्यदल बनाएर समाधान गर्ने सहमति बनेको छ । चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा बिहीबार प्रधानमन्त्री...

केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त, सपथ भाेली हुने

काठमाडाैं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो...

गण्डकीमा थप १२ कोरोना संक्रमितको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा थप १२ कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार विज्ञप्ति जारी गरी सो सहित प्रदेशमा कुल २...

ट्रेन्डिङ

‘थप लकडाउन थेग्न नसक्ने’

काठमाडौँ । वायु सेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले काठमाडौँ उपत्यकामा बन्दाबन्दी गर्न उपत्यका मेयर फोरमले दिएको सुझावप्रति आपत्ति जनाएको छ । विगत छ...

प्रचण्डको घरमा २८० वटा गुटको बैठक : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिलाई केही व्यक्तिले प्रदूषित बनाउन लागेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताएका छन् । संसदलाई काम नगर्ने थलो बनाउन खोजेको...

वरीयतामा नेपाल दुई स्थान तल

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा दुई स्थान तल झरेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले शुक्रबार सार्वजनिक गरेको वरीयतामा...

वातावरण सन्तुलनमा विशेष ध्यान देऊ

वातावरण प्रदूषणका कारणले मानव स्वास्थ्यमा ठूलो असर गरिरहेको छ । त्यसमा पनि काठमाडौंलगायत मुख्य सहरमा वातावरण प्रदूषणको दुष्प्रभाव निकै परिरहेको छ । प्रदूषणको दुष्प्रभावका...

विरोध प्रदर्शनमा सहभागी बन्न सभापति देउवाको अपिल

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले भोलि शनिबार आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवाले अपिल गरेका छन् । कांग्रेसले भोलि...

कोरोनाबाट हलिउड कलाकार डिबैंगोको निधन

लस एन्जलस् । विश्वभर फैलिरहेको कोरोना भाईरसको सँक्रमण अमेरिकामा पनि तिब्र गतीमा फैलिरहेको छ । यसै क्रममा कोरोना भाइरसबाट सँक्रमित हलिउड स्टार मनु डिबैंगोको...

गतवर्ष रिलिज भएनन् स्टार अभिनेताका फिल्म

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका महँगा र स्टार भनेर चिनिएका अभिनेताको चलचित्र रिलिज नै नभई २०७६ साल बित्यो । दर्शकलाई २०७६ सालमा महँगा अभिनेता...

उजाड बन्यो कोशी ब्यारेज

कोशी आसपासका क्षेत्रमा संचालनमा रहेका सबै ३७ वटा होटल लकडाउनका कारण विगत २ महिना देखि बन्द रहँदा अहिले सबै संचालक संकटमा परेका छन् सप्तरी राजविराज...

पोखरामा डेढ अर्ब लागतमा अन्तराष्ट्रिय क्रिकेट मैदान बन्ने

पोखरा । पर्यटनको राजधानी पोखरा पछिल्लो समय खेलकुद सहरको रुपमा समेत विकसित हुँदै गएको छ । खेलकुद–पर्यटन दुवैमा प्रशस्त सम्भावना बोकेको पोखरामा सुविधासम्पन्न अन्तर्राष्ट्रिय...

ज्येष्ठ नागरिकसंग आशिष माग्दै हिलो माटो दलेर जुडशीतल पर्व मनाईयो

राजविराज । आरोग्य, शीतलता र दीर्घ जीवनका लागी ज्येष्ठजनसंग आशीष थापेर तथा एक आपसमा हिलोमाटो दलेर मनाईने मिथीलाञ्चलनको साँस्कृतिक महत्वको जुड शीतल पर्व विहीवार...

कोरोना भाइरसको औपचारिक नाम कोभिड–१९

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चीनबाट फैलिएको नयाँ कोरोना भाइरसबाट हुने रोगको औपचारिक नामकरण गरेको छ । डब्लुएचओका अनुसार अब कोरोना...

आईओसीद्वारा ओलम्पिक कोष स्थापना

टोकियो । कोरोना भाइरस (कोभिड–१९)को महामारीविरुद्ध लड्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले ६ सय ५० मिलियन पाउन्डको कोष स्थापना गरेको छ । आईओसीको बोर्ड बैठकले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)