Friday, September 24, 2021
Your Ads Here
HomeEditor-Picksनेपालमा इन्टरनेटमाथि करैकर

नेपालमा इन्टरनेटमाथि करैकर

,
sharethis

काठमाडौं । नेपालमा इन्टरनेटमा ११ थरीको कर लगाउने गरिएको पाइएको छ । जसले गर्दा इन्टरनेटमाथि लगाइएको कर सुर्तीजन्य र मदिराजन्य उद्योगसरह हुन पुगेको छ । त्यसमाथि इन्टरनेटको मासिक शुल्कबराबर नै सर्भिस चार्ज भनेर इन्टरनेट सेवा प्रदायकले शुल्क लगाउँदा इन्टरनेट महँगो बनेको छ ।

टोनेर डेन नामक संस्थाको अध्ययन प्रतिवेदनअनुसार नेपालमा इन्टरनेटको औसत मूल्य प्रतिएमबीपीएस १.३७ अमेरिकी डलर अर्थात् १ सय ५९ रुपैयाँ परेको छ । पाँच एमबीपीएसलाई न्यूनतम स्पिड मान्दा नेपालीले ब्रोड ब्यान्डको मूल्य ६.८५ डलर अर्थात् ७ सय ९५ रुपैयाँ पर्ने गरेको छ । ७ सय ९५ रुपैयाँ पर्ने इन्टरनेटको मासिक शुल्कमा आईएसपीले इन्टरनेटबाहेक मनिटरिङ एन्ड टेक्निकल सपोर्ट, राउटर, सेटअप बक्सलगायतका अन्य आवश्यक शीर्षकमा भ्याटसहितको मूल्य लिँदा उपभोक्तालाई मासिक १६ सय रुपैयाँसम्म पर्ने गरेको छ ।

इन्टरनेट सेवा प्रदायकका अनुसार अन्तर्राष्ट्रिय सेवा प्रदायकमा सरकारले १० प्रतिशत कर लगाउँछ भने राष्ट्रिय सेवा प्रदायकलाई पनि १० प्रतिशत कर लगाउँछ । त्यसमाथि थप आयकर ६ प्रतिशत लगाउने गरिएको छ । दूरसञ्चार सेवा शुल्क भनेर त्यसैमाथि १३ प्रतिशत कर सरकारले लगाउँछ । त्यसमा थप मूल्य अभिवृद्धि कर १३ प्रतिशत लगाउँछ । कर्पोरेट कर भन्दै ३० प्रतिशत लगाउने गरिएको छ ।

इन्टरनेट सेवाबाहेक अप्टिकल पावर केबलमा १५ प्रतिशत, ओएनयुमा ५ प्रतिशत, ड्रप केबलमा ५ प्रतिशत र राउटरमा ५ प्रतिशत कर लगाइन्छ ।

इन्टरनेटमा सबैभन्दा बढी कर लाग्ने दक्षिण एसियाली मुलुकमा नेपाल परेको छ । भुटानमा इन्टरनेटमाथिको कर ५ प्रतिशत मात्र रहेको छ, माल्दिभ्समा ७ प्रतिशत, भारतमा १८ प्रतिशत छ ।

समग्रमा इन्टरनेटमा ४५ प्रतिशत कर लाग्ने गरेको इन्टरनेट सेवा प्रदायक (आइस्पान)का पूर्वअध्यक्ष तथा भायनेटका प्रमुख कार्यकारी अधिकृत विनय बोहराले बताए । यस हिसाबले इन्टरनेटमा सबैभन्दा बढी कर लाग्ने दक्षिण एसियाली मुलुकमा नेपाल परेको छ । भुटानमा इन्टरनेटमाथिको कर ५ प्रतिशत मात्र रहेको छ भने माल्दिभ्समा ७ प्रतिशत रहेको छ । भारतमा भने १८ प्रतिशत पुग्ने गरेको छ ।

बोहराका अनुसार इन्टरनेट सेवा ग्रामीण भेगमा पु¥याउँदा थप करको भार पर्न जान्छ । अहिले नेपाल विद्युत् प्राधिकरणले पोल भाडा शुल्क एक किलोमिटरको ७ हजार लिन थालेको छ । यसअघि १ हजार २ सय ५० मात्र थियो । ग्रामीण भेगमा प्रतिकिलोमिटर २५ वटा पोल हुन्छ भने सहरी भेगमा ३३ वटा हुन्छ । जसले गर्दा १ किलोमिटरमा तार बिछ्याउँदा भाडा मात्र ९ हजार तिर्नुपर्ने भएको छ । यसअघि सहरी क्षेत्रमा ६ हजार ७ सय ६५ मात्र थियो ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   मासु पसलेको हत्या आशंकामा दुई जना प्रहरी नियन्त्रणमा

यसैगरी, नेपाल विद्युत् प्राधिकरणले फाइबरका लागि ओपिजीडब्लू फाइबरमा प्रतिकिलोमिटर प्रतिवर्ष ३२ हजार लिने गरेको छ ।

नेपालमा करैकरका कारण इन्टरनेट सेवा प्रतिव्यक्ति आयको ५ प्रतिशत लाग्ने गरेको छ । जुन सर्वसाधारणका लागि महँगो साबित हुन गएको छ । यसलाई सर्वसाधारणले पनि बेहोर्न सक्ने बनाउन फाइबरको शुल्कलाई नेपाल विद्युत् प्राधिकरणले ३२ हजारबाट १० हजारमा झार्नुपर्ने, पोल भाडा ग्रामीण भेगमा वार्षिक ५० रुपैयाँ र सहरी भेगमा २ सय रुपैयाँसम्म बनाउनुपर्ने आइस्पानका पूर्वअध्यक्ष बोहरा बताउँछन् ।

यसैगरी कर्पोरेट करलाई ३० बाट २५ प्रतिशतमा, आयकरलाई ४ बाट २ प्रतिशतमा ब्यान्डविथ टीडीएस १० बाट ५ प्रतिशत घटाउनुपर्ने उनको सुझाव छ ।

त्यस्तै, फाइबरको भन्सार शुल्कमा पनि १५ बाट ५ , सेटअप बक्समा १५ बाट ५, वाइफाइ राउटरमा ५ बाट १ र तारमा १० बाट १ प्रतिशत झार्न सके नेपालमा इन्टरनेट सेवा सस्तो हुने उनको तर्क छ ।

बढी कर लगाएकै कारण इन्टरनेट सेवा अझै महँगो भएकाले यसलाई घटाउनतर्फ सबैको पहल हुनुपर्ने इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन नेपाल (आइस्पान)का अध्यक्ष सुधीर पराजुली बताउँछन् ।

आईएसपीले दूरसञ्चार सेवा शुल्क (टीएससी)मा हाल लाग्दै आएको ६.५ प्रतिशत करलाई शून्यमा झार्न पनि प्रस्ताव गरेका छन् । ब्यान्डविथको भुक्तानीमा लाग्ने टीडीएस १० प्रतिशतलाई ५ प्रतिशतमा झार्नुपर्ने उनीहरूको भनाइ छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   मासु पसलेको हत्या आशंकामा दुई जना प्रहरी नियन्त्रणमा

कुल आम्दानीको ४ प्रतिशत रोयल्टीलाई २ प्रतिशतमा र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) २ प्रतिशतलाई १ प्रतिशतमा झार्न आईएसपीले प्रस्ताव गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सबैको आवश्यकता हुँदै गएकाले पुनरावलोकन गर्ने अवस्थामा पुगेको र इन्टरनेट सेवा प्रदायकको मागलाई आगामी बजेटबाट सम्बोधन गरिने मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले बताए ।

तपाइको प्रतिक्रिया

(Visited 196 times, 1 visits today)

आजको समाचार

सन्दिपको ओडिआई बरियतामा सुधार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनल सन्दिप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको ओडिआई बरियतामा माथि उक्लिएका छन् । सन्दिप नयाँ ओडिआई बरियताको...

वेष्ट ह्यामद्वारा म्यान्चेस्टर युनाइटेड पराजित

लन्डन । लिग कप (काराबाओ कप) फुटबल प्रतियोगितामा वेष्ट ह्याम युनाईटेडसँग पराजित भएपछि म्यान्चेस्टर युनाइटेड बाहिरिएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको तेस्रो...

वायु प्रदूषणको अवस्था खतरनाक

पेरिस । वायु प्रदूषणको अवस्था खतरनाक भएको छ । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले वायु प्रदूषणको अवस्था सोचेकाभन्दा धेरै खतरनाक भएको जनाएको हो । नोभेम्बरमा हुन...

कांग्रेस १४औं महाधिवेशनको फेरि मिति सारिँद

काठमाडौं । कांग्रेसले महाधिवेशन कार्यतालिका फेरि संशोधन गर्ने भएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले १३ जिल्लामा वडा अधिवेशन गर्न बाँकी भएपछि कार्यतालिकामा...

मासु पसलेको हत्या आशंकामा दुई जना प्रहरी नियन्त्रणमा

बैतडी । बैतडीको सुर्नया गाउँपालिका ४ स्थित शनसेरी माण्डौँका ब्यापारी मृत्यु प्रकरणमा २ जना पक्राउ परेका छन् । सुर्नया ४ लेकडाँडा निवासी ५६ बर्षका...

साताका लोकप्रिय समाचार

प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी

  इटहरी । प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार...

‘फलामको टुक्रा होइन प्रदेश सरकारको भावना हो’

  सप्तरी । प्रदेश २ का समाजिक विकासमन्त्री नवल किशोर साहले गृह जिल्ला सप्तरीमा शनिबार छात्रालाई साइकल र शारीरिक आपांगता भएकालाई ह्विलचियर वितरण गरेका छन्...

जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल

  काठमाडाैं ।  सत्ता गठबन्धनको बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको गठबन्धनको बैठकमा जतिसक्दो चाँडो मन्त्रिपरिषद्...

मिसेस नेपाल वल्डमा पनि नेपालकाे सहभागिता

  काठमाडौं । विगत दुई दशकभन्दा लामो समयदेखि नेपालले मिस वल्र्डमा सहभागिता जनाएर विश्व सुन्दरीबीच नेपाली सुन्दरीलाई पनि चिनाउँदै आएको छ । पहिलोपटक विवाहित महिलाहरूको...

हुलाकी राजमार्गको पुल १० वर्षदेखि अलपत्र

  धनगढी । कैलालीको भजनी नगरपालिकास्थित कान्द्रा नदीमा निर्माणाधीन पुल १० वर्षदेखि अलपत्र छ । पुलका चारवटा स्पानमध्ये दुईवटाको काम मात्र सकिएको छ । तेस्रोपटक...

ट्रेन्डिङ

यस वर्ष होली नमनाउन प्रशासनको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौले यस वर्षको होली नमनाउन आग्रह गरेको छ । भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलनजस्ता कार्यक्रमहरु आयोजना नगर्न अनुरोध...

राणा राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनित

काठमाडौं । महिला अधिकारकर्मी तथा सञ्चारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनीत हुनुभएको छ । राष्ट्र सङ्घीय महिला विरुद्धको विभेद निरुपण...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)