sharethis
Monday, October 18, 2021
Your Ads Here

महासचिवको दौडमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, बर्षमान पुन र जनार्दन शर्मा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहले पार्टीको महासचिव टुंगो लगाउँन सकेको छैन् ।

प्रतिनिधि सभा विघटनसंगै नेकपा दाहाल–नेपाल समुहको बसेको पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्षमा माधवकुमार नेपाललाई चयन गर्ने निर्णय गरेको थियो ।

पार्टी अध्यक्ष र संसदीय दलको नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्दै रिक्त अध्यक्ष पदमा नेपाललाई नियुक्त गरिएको थियो । संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गर्ने निर्णय समेत गरिसकेको दाहाल–नेपाल समुहले महासचिव चयन गर्न सकेको छैन् ।

नेकपा स्रोतका अनुसार महासचिव हुनका लागि तत्कालिन एमालेबाट सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र तत्कालिन माओवादी केन्द्रबाट बर्षमान पुन, जनार्दन शर्मा दौडधुप गरिरहेका छन् । तर महासचिव तत्कालिन एमाले वा माओवादी केन्द्र कसले लिने भन्ने नै टुंगो लाग्न नसक्दा समस्या भएको छ ।

‘तत्कालिन एमालेबाट की माओवादी केन्द्रबाट पहिला त्यो नै टुंगो लाग्न सकेको छैन्’ नेकपा स्रोतले भन्यो, ‘पहिला पुरानो पार्टी कुनबाट हुने भन्ने टुंगो लागेपछि मात्रै को हुने भन्न सकिन्छ । दुबै अध्यक्षबीच नै कुरा मिलेको छैन् ।’

१९ पुसमा बसेको नेकपा दाहाल–नेपाल समुहको स्थायी कमिटी बैठकले नेकपा अध्यक्ष नेपालको संयोजकत्वमा पार्टी एकताको बाँकी काम टुंगो लगाउँन र नेताहरुको जिम्मेवारी बाँडफाँड गर्न कार्यदल गठन गरेको थियो ।

१० सदस्यीय कार्यदलको सदस्यहरुमा गिरिराजमणि पोखरेल, घनश्याम भुसाल, गोकर्ण विष्ट, जनार्दन शर्मा, पम्फा भुसाल, बर्षमान पुन, मातृका यादव, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे र शक्ति बस्नेत रहेका छन् । सात दिनको समय पाएको यो कार्यदलले तोकिएकै समयभित्रमा आफ्नो जिम्मेवारी पुरा गर्न सकेन् ।

त्यसयता बसेको स्थायी कमिटी बैठकले महासचिव सहित पार्टी एकताको काम टुंगो लगाउँन सचिवालयलाई जिम्मेवारी दियो । तर अध्यक्षद्धय दाहाल र नेपालका बीचमा नै सहमती हुन नसक्दा महासचिव सहित नेताहरुको जिम्मेवारी बाँडफाँड सहित पार्टी एकताको बाँकी काम टुंगो लाग्न नसकेको हो ।

प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेको बताउँदै दाहाल–नेपाल समुह चरणबद्ध आन्दोलनमा छ । सडक आन्दोलनमा रहेको नेकपा दाहाल–नेपाल समूहले संसद पुनस्र्थापना नहुँदा सम्म आन्दोलन जारी नै राख्ने बताउँदै आएको छ ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

निगमले २३ अगष्टमा काठमाडौँ–दुबइ उडान गर्ने
उषा र किरण प्रेमिल
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ
एमाले विवाद मिल्याे, १० बुँदे सहमति (पत्रसहित)
देउताको कसमले अनुसन्धानमा सहज
तल्लो अरुण जलविद्युत् आयोजना भारतीय कम्पनी सतलजलाई दिने सरकारको निर्णय

आजको समाचार

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
गाेहल चाैधरी : दसैंप्रति उत्साह छैन
मिडियाकाे दवावपछि कांग्रेस मलाई मन्त्री बनाउन वाध्य भयाे : डोबाटे विश्वकर्मा

साताका लोकप्रिय समाचार

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
गाेहल चाैधरी : दसैंप्रति उत्साह छैन
चाडबाड नजिकिँदा आउँछ परदेशी सन्तानको याद
धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, चार जना घाइते

भर्खरै

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
Dhruba Lamsal || 12 October 2021
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मत्यु भएको छ । १८ जना घाइते भएका...

कुरी-कुरी