निर्यात ७ प्रतिशतले वृद्धि

काठमाडौं । गत महिनासम्म आयातमा कमी र निर्यातमा बढी रहे पनि माघमहिनासम्ममा आइपुग्दा आयातले गत वर्षकै लय समाएको छ भने निर्यात ७ प्रतिशतले बढेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ७ महिनाको प्रगति प्रतिवेदनअनुसार यस अवधिमा ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख ९२ हजार रुपैयाँको आयात भएको छ । गत वर्षको सात महिनामा पनि सोहीबराबरको सामग्री नेपालमा आयात भएको थियो । चालू आर्थिक वर्षको साउनदेखि माघसम्मको ७ महिनामा ६९ अर्ब ९१ करोड ७० लाख ८० हजार रुपैयाँबराबरको निर्यात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ७ दशमलव ६१ प्रतिशतले बढी हो । गत वर्ष ६४ अर्ब ९७ करोडको मात्र निर्यात भएको थियो ।

प्रतिवेदनअनुसार यो वर्ष गत वर्षको तुलनामा व्यापार घाटामा शून्य दशमलव ६६ प्रतिशतले सुधार भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ र निर्यातको हिस्सा ८ प्रतिशत छ । हिस्सागत रूपमा हेर्दा आयातको हिस्सा मात्र ०.५७ प्रतिशतले घटेको छ ।

भन्सार विभागका अनुसार सात महिनाको अन्तरालमा ७ खर्ब ३३ अर्ब ७२ करोड ६१ लाख १२ हजार रुपैयाँबराबरको व्यापार घाटा भएको छ । सात महिनामा ८ खर्ब ७३ अर्ब ५७ करोडबराबरको वैदेशिक व्यापार भएको थियो । गत वर्ष सात महिनामा व्यापार घाटा ७ खर्ब ३८ अर्ब ६३ करोड थियो ।

– ७ महिनामा ७ खर्बभन्दा बढीको व्यापार घाटा
– सबैभन्दा बढी व्यापार घाटा भारतसँग
– सबैभन्दा बढी व्यापार नाफा बेलायतसँग

गत माघमा मात्रै गत आवभन्दा ३१ प्रतिशत बढीको वस्तु आयात भएको छ । गत वर्षको माघमा १ खर्ब ८ अर्ब ९० करोडको आयात भएकामा यो माघमा १ खर्ब ४२ अर्ब ३९ करोडको आयात भएको हो ।

कुन देशसँग कति व्यापार घाटा ?
भन्सार विभागको प्रतिवेदनअनुसार भारतसँग सबैभन्दा बढी व्यापार घाटा रहेको छ । भारतबाट ७ महिनामा ५ खर्ब ३१ अर्ब ९५ करोड २३ लाख रुपैयाँको सामग्री नेपाल आएको छ भने भारततर्फ ४९ अर्ब ९३ करोड ६५ लाख रुपैयाँबराबरको मात्र सामग्री निर्यात भएको छ । यस हिसाबले भारतसँग ४ खर्ब ८२ अर्ब १ करोड ५७ लाख रुपैयाँबराबरको व्यापार घाटा भएको छ ।

भारतपछि चीनसँग १ खर्ब १५ अर्ब ५६ करोड ३८ लाख ८८ हजार रुपैयाँको व्यापार घाटा रहेको छ । चीनबाट १ खर्ब १६ अर्ब १२ करोड रुपैयाँको सामान आउँदा नेपालबाट ५५ करोड ७१ लाख ७४ हजार रुपैयाँबराबरको सामान मात्र निर्यात भएको छ ।

व्यापार घाटा हुने तेस्रो स्थानमा रहेको मुलुकमा संयुक्त अरब इमिरेट–यूएई) रहेको छ । सो मुलुकसँग नेपालको १८ अर्ब ७७ करोड ४० लाख ५७ हजार रुपैयाँको व्यापार घाटा रहेको छ । यसैगरी, अर्जेन्टिनासँग १८ अर्ब ५२ करोडको, क्यानाडासँग ९ अर्ब ५१ करोडको र युक्रेनसँग ७ अर्ब ७२ करोडको व्यापार घाटा रहेको छ । यस्तै, इन्डोनेसियासँग ७ अर्ब, दक्षिण अफ्रिकासँग ६ अर्ब, कोरियासँग ६ अर्ब, अस्ट्रेलियासँग ४ अर्ब ९१ लाख साउदी अरेबियासँग ४ अर्ब ८३ करोडको व्यापार घाटा रहेको छ । सबैभन्दा व्यापार घाटा रहेको मुलुक माली रहेको छ । मालीसँग १० हजार रुपैयाँको व्यापार घाटा रहेको छ ।

व्यापार नाफा कुन मुलुकसँग कति ?
व्यापार नाफा भएका मुलुकमा बेलायत, लेबनान, डेनमार्क, सुडान, अंगुलिया, आइसल्यान्ड, यमन, मोनाको, न्यु क्यालेडोनिया, युगान्डा रहेका छन् ।

बेलायतसँग ३८ करोड, लेबनानसँग १८ करोड, डेनमार्कसँग १४ करोडको व्यापार नाफा रहेको छ । युगान्डासँग ४४ लाख रुपैयाँको व्यापार नाफा रहेको छ । सबैभन्दा कम व्यापार नाफा भएको मुलुकमा माल्दिभ्स रहेको छ । माल्दिभ्ससँग सात महिनामा ८ हजार रुपैयाँको व्यापार नाफा भएको छ ।

बजेटमा सुझाव दिन भन्सार विभागको आग्रह
आगामी आव २०७८-७९ को बजेट तर्जुमाको कार्य भइरहेकाले भन्सारसँग सम्बन्धित विषयमा सुझाव दिन विभागले आग्रह गरेको छ । बजेटमार्फत सम्बोधन गरिनुपर्ने भन्सारसँग सम्बन्धित विषयमा नेपाल राजस्व परामर्श समितिलाई राय र सुझाव पेस गर्न गठित भन्सार उपसमितिको बैठकको निर्णयानुसार तपसिलका विषयमा फाल्गुन १४ गतेभित्र उपलब्ध गराई दिन आग्रह गरिएको छ ।

भन्सार महसुल दरमा गर्नुपर्ने पुनरावलोकन, भन्सार मूल्यांकन प्रणालीमा गरिनुपर्ने सुधार, भन्सार प्रक्रिया सरलीकरण, व्यापार सहजीकरण र सीमा व्यवस्थापनमा सुधार गर्नुपर्ने विषयमा सुझाव दिन विभागले सरोकारवालालाई आग्रह गरेको हो । भन्सार ऐन तथा नियमावलीमा गरिनुपर्ने थप तथा संशोधनका विषयमा पनि सुझाव दिन सकिने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 802 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सात पालिका मध्ये अमरगढीमा मात्रै प्रमुखमा महिलाको उम्मेदवारी