Thursday, April 22, 2021
Home अर्थ अब सबै होटलहरूमा सरकारी निशान छाप

अब सबै होटलहरूमा सरकारी निशान छाप

,

काठमाडौं । सरकारले मुलुकभरमा रहेका सबै प्रकारका होटलहरूमा सरकारी निशान छाप अंकित संकेतहरू राख्नुपर्ने नियम ल्याएको छ ।

सरकारले सबै होटललाई अनिवार्य रूपमा आफ्नो वर्गीकरणअनुसारको संकेतहरू देखाउनुपर्ने बाध्यकारी नियम ल्याएको हो । सरकारको यो नियमसँगै अब सबै होटलहरूको साइबोर्डमा कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको चुच्चे नक्सा अंकित निशान छाप देख्न पाइनेछ । यो प्रावधान छिटै सबै होटलहरूमा लागू हुने पर्यटन विभागले जनाएको छ ।

पर्यटन विभागले सबै स्तरका रिसोर्ट, तारे स्तरका होटल र पर्यटकीय सबै स्तरका बुटिक होटलका लागि पहिलोपटक संकेतहरू निर्धारण गरेको हो ।

यसअघि पर्यटक विभागले तारे होटललाई मात्र स्टार वर्गीकरणमा राखेको थियो । डिलक्स र बुटिक होटलको स्पष्ट मापदण्ड निर्धारण भएको थिएन । यस्ता होटललाई पर्यटकीय स्तरका होटलहरू मात्र भनिँदै आएको थियो । अब सबै वर्गका होटल तथा रिसोर्टले आफ्नो वर्गीकरणअनुरूपको पहिचान दिने संकेतहरू प्र्रस्ट देखिने सरकारी निशानछापसहितको साइनबोर्ड होटलको गेटमै राख्नुपर्ने नयाँ व्यवस्था गरिएको विभागले जनाएको छ ।

– होटल पुग्ने पाहुनाले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा अंकित निशान छाप देख्ने
– होटलहरूले अनिवार्य वर्गीकरणअनुसारको संकेत चिह्न देखाउनुपर्ने
– बुटिक र डिलक्स होटललाई समेत ‘स्टार’ वर्गीकरण

जसअनुसार अब नेपालमा बुटिक र डिलक्स होटलले समेत ‘स्टार’ वर्गीकरण पाउने भएका छन् । यसबाहेक होटल संघसँग सम्बन्धित संघ संस्थामध्ये आफू कुन संघमा आवबद्ध भएको हो, यस्तो आबद्धता रहेको संस्थाको समेतहरू बोर्डमै राख्नुपर्नेगरी विभागबाट निर्णय भएको छ ।

पर्यटन विभागले गरेको यस्तो निणर्यअनुसार अब मुलुकभर सञ्चालित एक तारेदेखि पाँचतारेसम्मका होटलको संकेतहरू क्रमशः एकतारादेखि पाँच तारासम्म स्पष्ट्र देख्नेगरी मुख्य प्रवेशद्वारमा राख्नुपर्नेछ । यसैगरी, पाँचतारे डिलक्स होटलका लागि पाँचतारा र डिलक्स शब्द राख्नुपर्नेछ । साधारण हेरिटेज बुटिक होटलको न्यूनतम स्तर तीनतारे कायम गरिएको छ । जसको संकेतहरूमा ‘तीनतारा र स्टान्डर्ड हेरिटेज’ भन्ने शब्द राख्नुपर्नेछ । डिलक्स हेरिटेज बुटिक होटलका लागि ‘चारतारा र डिलक्स हेरिटेज बुटिक’ शब्दले संकेत गनुपर्ने हुन्छ । त्यसैगरी, पर्यटकीय लक्जरी हेरिटेज बुटिक होटलका लागि ‘पाँचतारा र लक्जरी हेरिटेज बुटिक’ शब्द राख्नुपर्नेछ ।

यस नयाँ व्यवस्थाअनुसार पर्यटकीय रिसोर्टतर्फ साधारण रिसोर्टले तीनतारे स्तरको मान्यता पाएको छ । यस्तो रिसोर्टले तीनतारा र स्टान्डर्ड रिर्सोट शब्द लेखेको संकेतहरू राख्नुपर्ने हुन्छ । डिलक्स रिसोर्टले चारतारा, लक्जरी रिसोर्टले पाँचतारा र लक्जरी रिसोर्ट शब्द राखेर आफ्नो रिसोर्टको पहिचान जनाउन सक्नेगरी निर्णय भएको विभागले जनाएको छ ।

विभागका अनुसार अब पर्यटक स्तरका होटलको संकेतहरू ‘टीएस’ हुनेछ । साबिकमा पर्यटन विभाग र मातहतका कार्यालयबाट पर्यटक स्तरको होटलको स्तर वर्गीकरण भएका र हाल प्रदेश सरकारको निकायबाट यस स्तरको होटलमा वर्गीकरण भएका सबै होटलले गोलाकार रेखाभित्र रातो रंगमा (टीएस) लेखेकोहरूलाई आफ्नो होटलको संकेतहरूका रूपमा प्रयोग गरी देखाएर राख्नुपर्नेछ ।

यसैगरी, मोटलका लागि भने सरकारले ‘एम’संकेतहरू दिएको छ । यस्तो प्रकारका होटलका लागि गोलाकार रेखाभित्र रातो रंगमा ‘एम’ लेखिएका निर्धारण गरिएको छ । साबिकमा पर्यटन विभाग र मातहतका कार्यालयमा दर्ता भएका र अहिले प्रदेश सरकारको सम्बन्धित निकायमा दर्ता भएका मोटेलले यस्ता चिह्न प्रयोग गर्नुपर्नेछ । ‘पर्यटक इन’ स्तरमा वर्गीकरण भई सञ्चालनमा रहेका होटलले भने ‘आई’ संकेतहरू प्रयोग गर्नुपर्नेछ । बेड एन्ड ब्रेकफास्टका रूपमा दर्ता भएका होटलहरूको संकेतहरू गोलाकार घेराभित्र रातो रंगमा ‘बीएन्डबी’ लेखिएकोलाई संकेतका रूपमा निर्धारण गरिएको छ ।

पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले मुलुकभर सञ्चालित होटलहरूलाई थप व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले सरकारले पहिलोपटक वर्गीकरणअनुसारको संकेतहरू देखाएर राख्नुपर्ने नयाँ व्यवस्था गरिएको बताए । उनले यस्तो नियमले अव्यवस्थित रूपमा रहेका होटललाई नियमन गर्न र होटलमा पुग्ने पाहुनालाई पनि आफू बस्ने होटलको स्तरका बारेमा राम्रो जानकारी हुने अपेक्षा गरिएको बताए ।

(Visited 113 times, 1 visits today)
Loading comments...

आजको समाचार

सरुमारानी गाउँपालिकामा ‘छोरी पेवा बचत कार्यक्रम’

प्यूठान । छोरा र छोरीमा गरिने लैङ्गिक विभेद हटाउन सरुमारानी गाउँपालिकाले ‘छोरी पेवा बचत कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । पालिकाका सवै छोरीलाई शिक्षामा...

जीवनको आधार नै जैविक विविधता

विश्वको कुल क्षेत्रफलको झन्डै ३१ प्रतिशत वनजंगलले ढाकेको छ भने कुल वन क्षेत्रको करिब १८ प्रतिशत हिस्सा संरक्षित क्षेत्रले ओगटेको अनुमान छ । एक...

संक्रमित बढेकाे बढ्यै, मास्क समेत लगाउन मान्दैनन् स्थानिय

बझाङ । बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विहीबार दिउसो जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४८ बर्षिया पुरुषको मृत्यु भएको...

धरहरामा ३३० किलोको गजुर

काठमाडौं । पुरानो भूकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्माण जारी नया धरहराको २२ तलामाथि गजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक...

नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

काठमाडाैं ।  त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस...

साताका लोकप्रिय समाचार

मेलम्ची पानीले खाल्डाखुल्डी

काठमाडौं । राजधानीमा ल्याइएको मेलम्ची पानीको उचित व्यवस्थापन कमजोरीका कारण ठाउँठाउँका सडक खाल्डाखुल्डी परेका छन् । पुरानो प्रणालीबाट पानी वितरण गरिँदा ३ सय स्थानसम्म चुहावट...

एमालेमा ३२ सांसदको पद खोस्न सूचि तयार

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ३२ जना सांसदको पद खोस्न सूचि तयार पारेको छ । संघीय संसदका २७ जना र...

जुम्लामा युवाले बनाए साेलारबाट गुड्ने कार

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर २ चुलेल गाउँका २ युवाले कार बनाएर गुडाएका छन् । उनीहरूले स्थानीय स्रोत–साधनबाट कार बनाएर गुडाएका स्थानीय...

प्रधानमन्त्री कार्यालयको प्रवक्तामा शर्मा

काठमाडाैं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कायार्यालयले वरिष्ठ सहसचिव किरणराज शर्मालाई प्रवक्ताको जिम्मेवारी दिएको छ । शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै शासकीय सुधार महाशाखा प्रमुखको रूपमा...

हात्तिको आक्रमणबाट मृत्यु

सप्तरी । जंगली हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । खेत रेखरेख गर्न गएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह (कोशी ब्यारेज) का...

ट्रेन्डिङ

‘लकडाउन’ मा सर्वसाधारणको हेलचेक्य्राइँ, आजदेखि झनै कडाइ गरिने

काठमाडौं । सरकारले विश्वव्यापी महामारीका रूप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि चालेको कदमअन्तर्गत ‘लकडाउन’ मा सर्वसाधारणको हेलचेक्य्राइँ बढेको पाइएको छ । एक...

कौटिन्होको चोट गम्भीर

क्याटलान । क्याटलान क्लब बार्सिलोनाका ब्राजिलियन प्ले मेकर फिलिपे कौटिन्हो लामो समय मैदान बाहिर रहने भएका छन् । मंगलबार राति एयपरविरुद्ध बार्सिलोनाले १–१ गोलको...

निर्वाचन तयारीमा आयोगः मतदान केन्द्र निर्धारण तथा पुनरावलोकन गरिदै

काठमाडौं । निर्वाचन आयोगले मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ र मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम, २०७७ स्वीकृत गरेको छ । आयोगको...

मुलुकभर बाढीपहिरोः मुख्य कारण ग्रामीण सडक

काठमाडौं । मुलुकभर बाढीपहिरोको अत्यधिक जोखिम हुनुको मुख्य कारण नै ग्रामीण सडक भएको पाइएको छ । स्थानीय तहले बिनाइन्जिनियरिङ डोजर लगाएर निर्माण गरेका ग्रामीण...

विशेष अन्तर्वार्ता : भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन् : ऊर्जामन्त्री पुन

कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५...

डोटीमा कोरोना खोप लगाएका ३३ जनामा सामान्य समस्या

डोटी । डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । खोप लगाउने जम्मा ८७७ मध्ये ३३ मा समस्या देखिएको जिल्ला...

जो वाइडेनले काेराेना भाइरस नियन्त्रणकाे काम साेमबारबाट सुरु गर्ने

वाशिङ्गटन डिसी । अमेरिकाको राष्ट्रपतिमा डेमोक्र्याट पार्टीका जो वाइडेन विजयी भएसँगै आप्रवासीले खुशी मनाएका छन् । यसरी खुशी मनाउने आप्रवासीमा नेपाली अमेरिकी पनि छन्...

कोरोनाकाल लम्बिएपछि ‘वामअप’ गर्दै उद्योगहरु

चुरे,मकवानपुर । विश्व्व्यापि रुपमा फैलिएको कोरोनाको कारण अस्तव्यस्त भएको मकवानपुर जिल्ला हेटौंडाका उद्योगहरु अब विस्तारै ‘वामअप’ गर्न थालेका छन् । लामो समय कोरोना भाइरस (कोभिड–१९)को...

सकसमा श्रीमान् श्रीमतीबीच जब १५ मिनेट भेट भयो

वीरगञ्ज । निधारभरि चिन्ताको रेखा, मुहारभरि पछुतोपन लिएर जब सञ्जय थारु र उनका श्रीमती काजल लखेरको एक्कासि भेट हुँदा एकछिन वातावरणमा शून्यता छायो ।...

सुन्तला बेचेर भोजपुरमा ३० करोड रुपैयाँ भित्रियो

भोजपुर । भोजपुरमा यस वर्ष सुन्तला विक्रीबाट ३० करोड बढी रकम भित्रिएको छ । उत्पादित चार हजार ७०६ मेटिक्टन सुन्तला बिक्रीबाट सो...

दिल्लीको तेस्रो जित

भारतमा जारी आईपीएलमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा मुम्बईविरुद्धको खेलमा दिल्ली ६ विकेटले विजयी भयो । जितका लागि १३८...

मौलापुर नगरपालिकाका स्वास्थ्यकर्मीलाई तलबको ५० प्रतिशत प्रोत्साहन भत्ता

गौर । रौतहटको मौलापुर नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण एवं रोकथामका लागि कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीलाई तलबको ५० प्रतिशत रकम प्रोत्साहन भत्ता दिने...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)