विराटनगर । नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आगामी ११ देखि १५ गतेभित्र फैसला आउने बताएका छन् । सर्वाेच्च अदालतमा बहस सकिएको भन्दै उनले शनिबार विराटनगरमा आयोजित आमसभामा यही फागुन १५ गतेभित्र फैसला आउने बताएका हुन् ।
सर्वोच्चको विचाराधीन मुद्दामा आफू केही नबोल्ने बताएपनि उनले संसद पुनस्र्थापना नहुने संकेत गर्दै तोकिएको समयमा निर्वाचन हुनेमा प्रधानमन्त्री ढुक्क रहेको बताए । नेम्वाङले भने, ‘निर्वाचन हुन्छ भन्नेमा प्रधानमन्त्री ढुक्क हुनुहुन्छ ।’