Saturday, April 17, 2021
Home प्रमुख राष्ट्रिय गौरवका आयोजना राष्ट्रिय रोग बन्दै ‘ढिलासुस्ती’

राष्ट्रिय गौरवका आयोजना राष्ट्रिय रोग बन्दै ‘ढिलासुस्ती’

,

काठमाडौं । सरकारले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिएको जनाए पनि विगतमा जस्तै हुने ढिलासुस्ती भने हटेको छैन ।

विकास र समृद्धिको मुख्य नारा लिएको सरकारले विकास निर्माणमा छलाङ मार्न भने सकेको छैन । विकास र समृद्धिका लागि न्यूनतम भौतिक पूर्वाधार आवाश्यकता परिपूर्ति गर्न रणनीतिक र रूपान्तरणकारी विकासका आयोजनालाई छनोट गरेर सरकारले राष्ट्रिय गौरवका आयोजनाको रूपमा घोषणा गरेको छ । तर, यस्ता आयोजनाको पनि उल्लेखनीय प्रगति हुन सकेको छैन ।

हाल २५ वटा राष्ट्रिय गौरवका आयोजना छन् । सरकारले सिक्टा सिँचाइ आयोजना, माथिल्लो तामाकोसी जलविद्यत् आयोजना, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र मेलम्ची खानेपानी आयोजनाको म्याद पटकपटक थप गर्दै चालू आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

२०५५/५६ बाट निर्माण सुरु गरिएको मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य हरेक वर्ष सम्पन्न गरिने घोषणा गरिए पनि अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन । सरकारले पछिल्लोपटक चालू आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेको छ । यो २०७०/७१ मै सक्ने लक्ष्य थियो । म्याद थप गरेर चालू वर्ष सम्पन्न गर्ने लक्ष्य लिइएको हो । १७ अर्ब ४३ करोडमा सक्ने सुरुवाती अनुमान भए पनि समय थपिएसँगै हाल ३१ अर्ब ३६ करोड लागत लाग्ने अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०६१/६२ बाट निर्माण सुरु भएको सिक्टा सिँचाइ आयोजनाको २०७१÷७२ मा सक्ने अनुमान रहे पनि समय थप हुादै चालू आर्थिक वर्षमा सक्ने लक्ष्य छ । पटकपटक म्यादथ थप हुँदा यसको लागत २५ अर्ब ५ करोडको अनुमान पुगेको छ । पश्चिम मूल नहर ४५ किलोमिटर निर्माण कार्य सकिएको जनाइएको छ भने पूर्वी मूल नहरको ५० प्रतिशत काम सकिएको छ ।

२०६७/६८ सालबाट निर्माण सुरु भएको बहुप्रतिक्षित माथिल्लो जलविद्युत् आयोजनाको यसै चालू आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ४ सय ५६ मेगावाट जलविद्युत् उत्पादन क्षमता भएको आयोजना अब सञ्चालनको तयारीमा छ । आयोजना अन्तर्गत हेडबक्सको सबै संरचना निर्माण गरी रिजर्भ वायरको परीक्षण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

दोस्रोपटक म्याद थप गरेर यसै वर्ष सकिने लक्ष्य राखिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पुस मसान्तसम्म ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । सरकारले यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

(Visited 67 times, 1 visits today)
Loading comments...

आजको समाचार

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

साताका लोकप्रिय समाचार

ट्र्याक्टर दुर्घटनामा पाँचको मृत्यु, १९ घाइते

चितवन । राप्ती नगरपालिका-११ आमपानीस्थित चिउँडे खोलामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय...

विक्रम संवत्को सान्दर्भिकता

आजबाट २०७८ साल शुभारम्भ भएको छ । नेपालमा सर्वमान्य, वैधानिक र संवत्का रूपमा विक्रम संवत्लाई लिइन्छ । यही संवत्का आधारमा नेपालको राष्ट्रिय पञ्चांग अथवा...

ज्येष्ठ नागरिकसंग आशिष माग्दै हिलो माटो दलेर जुडशीतल पर्व मनाईयो

राजविराज । आरोग्य, शीतलता र दीर्घ जीवनका लागी ज्येष्ठजनसंग आशीष थापेर तथा एक आपसमा हिलोमाटो दलेर मनाईने मिथीलाञ्चलनको साँस्कृतिक महत्वको जुड शीतल पर्व विहीवार...

सञ्चारकर्मी मिश्रको कोरोना संक्रमणले निधन

काठमाडौं । कोरोना सङ्क्रमणले अग्रज सञ्चारकर्मी ४८ वर्षीय कमल मिश्रको मृत्यु भएको छ । उनको शुक्रराज ट्राफिल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा निधन...

बिरामीको मृत्युपछि अस्पतालमा नारावाजी

सिरहा । अस्पतालको लापरवाहीले आफन्तको मृत्यु भएको भन्दै स्थानीयले लहानस्थित सप्तऋषि अस्पतालमा नारावाजी गरिरहेका छन् । प्रदेश नं. २ को स्वास्थ्य मन्त्रीको राजिनामा, घटनाका दोषीलाई...

ट्रेन्डिङ

कोरोना प्रकोप र अबको बाटो

मृत्यु हरेक प्राणीको अन्तिम भय हो । बाँच्नको लागि उसले सकेसम्म प्रयत्न गर्दछ । वास्तवमा अहिले विश्व जगत्का मानिस कोरोना भाइरसविरुद्घ मृत्यु र जीवनसँग...

आगलागीबाट बागलुङमा जले दुई घर

बलेवा । बागलुङको ढोरपाटन र जैमिनी नगरपालिकामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । ढोरपाटन–७ बोबाङमा बिहीबार राति भएको आगलागीबाट स्थानीयवासी बमबहादुर...

कोभिड–१९ विरूद्धको लडाईँ, पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन दिल्ली राज्यमा सरकारले कुनै पनि प्रयोजनका लागि पाँच जनाभन्दा बढी व्यक्तिको भेला गर्न निषेध गरिएको मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार...

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथी आजदेखि निरन्तर सुनुवाई

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजदेखि संवैधानिक इजलासमा निरन्तर सुनवाइ हुने भएको छ । बृहत् पूर्ण इजलासमा सुनुवाइ होस् भन्ने रिट निवेदन सर्वोच्च अदालतलले...

नेप्से दोहोरो अङ्कले ओरालो

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । पछिल्ला केही सातामा उकालो लाग्दै आएको बजार पुनः ओरालो...

भ्यारियन्टअनुसार सावधानीका उपाय देऊ

कोरोना महामारीको दोस्रो लहर आएसँगै त्यसले नेपालमा पनि भयावह स्थिति निम्त्याउन सक्ने सम्भावना निकै बढेर गएको छ । कोरोना महामारीको बेलायती भ्यारियन्टले विश्वमा त्रास...

काेराेना स‌ंक्रमित भेटिएपछि नयाँबानेश्वरका तीन घर सिल

काठमाडाैं ।  कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ । प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल...

सीमा समस्या समाधान गर्न दुवै मुलुक प्रतिबद्ध : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । तीनदिने भारत भ्रमण सकेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वदेश फर्किएका छन् । भारतबाट भएको सीमा अतिक्रमणको समाधान र कोरोना भाइरसविरुद्धको खोप उपलब्धताको आश्वासनसहित मन्त्री...

पर्यटकीय क्षेत्र सुकुटेको प्रचारका लागि महोत्सव

सिन्धुपाल्चोक । राजधानीको कोलाहाल र भिडभाडबाट केही समयको लागि भएपनि मन शान्त पार्नेहरुको लागि अहिले सिन्धुपाल्चोकको सुकुटे नयाँ गन्तव्य को रुपमा विकास हुदै गएको...

ग्वाङजाओबाट स्वास्थ्य सामग्री लिएर आइपुगे जहाज

काठमाडौं । चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए–३३० जहाज काठमाडौँ आइपुगेका छन् । व्यवसायीले...

महिना दिन पुग्यो, पिसिआर रिपोर्ट आएन

तुलसीपुर । महिना दिनसम्म पीसीआर रिपोर्ट नआएपछि तुलसीपुरको अश्वारा माध्यामिक विद्यालयको क्वारेन्टाईनमा बसेकाहरु आन्दोलित भएका छन् । क्वारेन्टाईनमा बसेकाहरुले होहल्ला गर्दै बाहिर निस्कने प्रयास...

मैथिली कथा गोष्ठी सम्पन्न

सुजीतकुमार झा, जनकपुरधाम । मैथिली भाषाको कथा गोष्ठी जनकपुरधाममा शनिवार सम्पन्न भएको छ । एकदिवसीय सो गोष्ठीमा १२ जना कथाकारले कथा पाठ गरेका थिए...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)