Sunday, April 18, 2021
Home प्रदेश प्रदेश ४ नेकपा फुटेको छैन : मन्त्री अर्याल

नेकपा फुटेको छैन : मन्त्री अर्याल

,

स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले नेपाल कम्युनिष्ट पाटी(नेकपा) कानुनी रुपमा नफुटेको दावी गरेकी छन् । स्याङ्जाको वालिङ स्थित भुम्रे अर्चलेबाट तमादी डुम्रेभञ्याङ बानीडाँडा हुदै सेतीवेणी गुल्मी सम्म पुग्ने कालोपत्रे सडकको शिलन्यास गर्दै मन्त्री अर्यालले केही साथीहरु सडकमा गएपनि नेकपा कानुनी रुपले नफुटेको बताएकी हुन् । ‘नेपाल अब चुनावी बाटोमा लागेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा गएका साथीहरुलाई तपाईहरुलाई चित्त नबुझेर सडकमा जानु भएको छ फकेर आउनुहोस भनेर आव्ह्रान गर्नुभएको छ’ मन्त्री अर्यालले भनिन् ।

३० बर्षको इतिहासमा नेपाललाई चिनाउने काम नभएको भन्दै मन्त्री अर्यालले यो तिन बर्षमा सरकारले उल्लेख्य काम गरेको दावी गरिन् । लिपुलेक लिपियाधुरालाई नक्सामा समेट्ने देखि सगरमाथाको उचाई नाप्ने काम यही सरकारले गरेको भन्दै प्रश्न गरिन् ‘३० बर्ष सम्म सरकारले किन यस्तो काम गर्न सकेन् ?’

यो सरकारले युगौ युग सम्म देशले सम्झनलायक काम गरेको मन्त्री अर्यालको भनाई थियो ।‘यो क्षेत्रका मतदाता शक्तिशाली रहेछन् भन्ने प्रष्ट हुन्छ ।’ चुनाबका बेला बोलेका प्रतिवद्धता यो सरकारले पुरा गरेको छ उनले भनिन् ।

स्याङ्जाको समग्र विकासमा सबै एकताबद्ध भएर लाग्नु पर्ने बताउदै मन्त्री अर्यालले तीन वर्षमा शिक्षा, स्वास्थ्य, खानेपानी र सडको योजनामा धेरै काम भएको जिकिर गरिन् । शिलन्यास कार्यक्रममा गण्डकी प्रदेश समितिका सभापति मोहोन रेग्मी, वालिङ नगर प्रमुख दिलिपप्रताप खाँण लगायतका बक्ताहरुले तिनै तहका सरकारका प्रतिनिधि मिलेर स्याङ्जाको समग्र विकासमा लाग्नुपर्ने धारणा व्यक्त गरेका थिए । यस आर्थिक बर्षमा ४० लाखको बजेट विनियोजन भई शुरु भएको कालोपत्रे सडक दर्शन कन्स्ट्रक्सन प्रालि वालिङ स्याङ्जाले जिम्मेवारी पाएको छ । कक्रिमरुपले निर्माण हुने सडक १ करोड ५० लाख ९३ हजार ८ सय ८७ रुपैयामा सम्पन्न हुने सडक डिभिजन पोखराले जनाएको छ ।

(Visited 154 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

जीप दुर्घटनामा प्रशासकीय अधिकृतसहित पाँचको मृत्यु

दाङ । प्युठानको स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ । बुधवार बिहान भएको...

७२ घन्टाका लागि काँकडभिट्टा र भद्रपुर नाका सिल

झापा । भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम बङ्गालमा यही...

काठमाडौंसहित ठूला शहर विद्यालय एक महिना बन्द गर्न सुझाव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ । यो अवधिमा अनलाइन कक्षामार्फत पठनपाठन गराउन...

चक्रब्युहमा नेपाली राजनीति

प्रारम्भ: माओवादी केन्द्रसँग चुनावी एकता गर्दै अघि बढेको एमाले र माओवादी केन्द्र अन्ततः दलीय एकता भंग गर्दै पुनः आआफ्नै कित्तामा खुम्चिन पुगेका छन् । प्रधानमन्त्री...

विक्रम संवत्को सान्दर्भिकता

आजबाट २०७८ साल शुभारम्भ भएको छ । नेपालमा सर्वमान्य, वैधानिक र संवत्का रूपमा विक्रम संवत्लाई लिइन्छ । यही संवत्का आधारमा नेपालको राष्ट्रिय पञ्चांग अथवा...

ट्रेन्डिङ

यो बादल यो बर्षा

काठमाडौं । मनोवादको शब्द संगीत तथा स्वरमा 'यो बादल यो बर्षा' सार्वजनिक भएको छ। रोमान्टिक शैलीको सार्वजनिक गीतमा कुशुम गुरुङ र मौसम खड्का देखिएका...

सासु, ससुरा र नन्द मिलेर गरेका थिए सुस्मिताको हत्या

चुरे मकवानपुर । मकवानपुरकी सुष्मिता केसी (थापा) को हत्या परिवारका सदस्यले नै गरेको प्रहरीले जनाएको छ । श्रीमानको मृत्युपछि लगातार मानसिक यातना दिंदै आएरका...

बुढासुब्बा गोल्डकप : मनाङ फाइनलमा

इटहरी । धरानमा जारी २२ औँ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा एनओसी मनाङ मस्र्याङ्दी क्लब पुगेको छ । बुधबार धरान...

निखारिँदै कला

काठमाडौं । हँसिली–फुर्तिली । स्टेज नउक्लिँदै उनको नाममा ‘हुटिङ’ सुरु भइहाल्छ– कला–कला । सांगीतिक फाँटमा चर्चा बटुल्दै गरेकी कला लम्साल राष्ट्रिय झण्डाअंकित चौबन्दी चोलीमा...

बजार मूल्यभन्दा बढीमा बिक्री भएको टनेलको रकम फिर्ता

गुल्मी । बजार मूल्यभन्दा बढी शुल्कमा किसानहरुलाई टनेल वितरण गर्ने पैचो पसल र छत्रकोट गाउँपालिकाले किसानको रकम फिर्ता गर्ने निर्णय गरेका छन् । गुल्मीको...

फ्रान्स र बेल्जियमको सान

पेरिस । विश्व विजेता फ्रान्स र बेल्जियमले यूईएफए नेसन्स लिगमा सानदार जित हात पारेको छ । कोरोना संक्रणमका कारण आफ्ना स्टार फरवार्ड केलियन एमबाप्पेलाई...

घरेलु मैदान निर्माणमा जोड

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले नेपाली क्लब फुटबलका लागि घरेलु मैदान निर्माणमा जोड दिनुपर्ने बताएका छन् । उनले ‘ए’ डिभिजन...

मनितो गुमाएका माननीयहरू

लोकतन्त्र यो युुगको सर्वाधिक शक्तिशाली व्यवस्था हो । लोकतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र हुन सक्छ । लोकतन्त्रमा कानुन अर्थात् विधिको शासन महŒवपूर्ण मानिन्छ ।...

डोरमणी पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्य संसदीय दलको नेता

काठमाडौं । प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले वागमती प्रदेशको संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाएको छ । पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरेको...

उदयपुरमा सेनाले बनायो २ सय शैयाको क्वारेन्टाइन

उदयपुर । नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डा झुल्केले २ सय बेडको क्वारेन्टाइन निर्माण गरेको छ । कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखी सेनाले उदयपुरको...

सेभियाको सहज जित

मड्रिड । कोरोना महामारीपछि सुरु भएको स्पेनिस ला लिगाको पहिलो खेलमा सेभियाले सहज जित निकालेको छ । ‘डर्वी’ खेलमा सेभियाले रियल बेटिसमाथि २–० को...

मुसिकोटका १० जना कोरोना संक्रमित भारतबाट आएका

गुल्मी । सोमबार गुल्मीको मुसिकोट नगरपालिकामा कोरोना पुष्टि भएका १० जना भारतबाट आएको पुष्टि भएको छ । उनीहरु गत जेठ १२ गते भारतबाट आएको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)