Sunday, April 18, 2021
Home Not-to-be-missed 'वरदान'मा दयाहाङ राई र नम्रता श्रेष्ठकाे अभिनय

‘वरदान’मा दयाहाङ राई र नम्रता श्रेष्ठकाे अभिनय

,

 काठमाडाैं । दयाहाङ राई र नम्रता श्रेष्ठले ‘वरदान’ नामक सर्ट फिल्ममा अभिनय गरेका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्मको छायांकन शनिबार ललितपुरमा सकिएको छ । दयाहाङ र नम्रताले लामो समयपछि एउटै फिल्ममा अभिनय गरेका हुन् ।

मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको विषय फिल्ममा उठाइएको छ । विविध कारणले आत्महत्याको प्रयास गर्न बाध्य एक नारीको कथा दर्शकले हेर्न पाउनेछन् । मुख्य भूमिका नम्रताले निर्वाह गरेकी छिन् । फिल्म कोसिस नेपालले निर्माण गरेको हो ।

कोरोना र लकडाउनपछि मानसिक स्वास्थ्यबारे बहस बढेकोले यस विषयमा फिल्म बनाउने सोच पलाएको निर्देशक दीपेन्द्रले बताए । ‘डिप्रेसनमा गएकाहरुले आत्महत्याको बाटो रोज्ने सम्भावना धेरै रहन्छ, तर हामीले बेलैमा सही सल्लाह लिन व दिनसक्यौं भने उनीहरुलाई बचाउन सक्छौं,’ दीपेन्द्रले भने, ‘डिप्रेसनबाट उठेर अरुलाई समेत प्रेरणा दिँदै सकारात्मक जीवन बाँचिरहेकी हुनाले नम्रतालाई नै मुख्य भूमिकामा छनोट गरिएको हो ।’

फिल्मको कथावस्तु मन परेर नै अभिनय गर्न आफू तयार भएको नम्रता बताउँछिन् । ‘मानसिक स्वास्थ्य र आत्महत्या रोकथामका विषयमा मैले विभिन्न मञ्चमा बोल्दै आएको छु,’ नम्रताले भनिन्, ‘यो फिल्मले यस विषयमा सशक्त सन्देश दिन्छ भन्ने विश्वास लिएको छु ।’

करिब २० मिनेट अवधिको हुने फिल्ममा नम्रता र दयाहाङसहित प्रवीण खतिवडा, लुनिभा तुलाधर, पुष्कर गुरुङ, जयनन्द लामा, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनले अभिनय गरेका छन् ।

शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेस श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको फिल्म केही हप्तापछि अनलाइन प्ल्याटफर्ममा रिलिज गरिनेछ ।

(Visited 88 times, 1 visits today)
Loading comments...

आजको समाचार

दुर्घटनाको बाटोमा नेपाली कम्युनिस्ट आन्दोलन

२००६ सालको वैशाख १० गते भारतको कलकत्तामा नेपालको पहिलो कम्युनिस्ट पार्टीको जन्म हुँदै गर्दा राणा शासनविरोधी आन्दोलनको मोर्चा बन्दै थियो । पुष्पलाल श्रेष्ठ, नरबहादुर...

एमसीसीको पक्षमा कांग्रेस

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ । मुलुकको राजनीति लामो समयदेखि एमसीसीकै वरिपरि घुम्दै आइरहेका बेला प्रधानमन्त्री...

पार्टीको ह्वीप उलंघन गर्ने तीन सांसद पार्टीबाट निष्कासित

काठमाडौं । संसदीय दलको ह्वीप उल्लंघन गर्दै कर्णालीमा रहेको माओवादी सरकारको पक्षमा मतदान गर्ने तीन जना सांसदलाई एमालेले पार्टीबाट निष्कासित गरेको छ । एमाले...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

सभामुखले एमसिसी संसदमा प्रवेश नगराएकोमा प्रधानमन्त्रीको चित्त दुखाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कोभिड–१९ सङ्क्रमणको रोकथाम, तीनै तहका रिक्त क्षेत्रका उपनिर्वाचन र संसद्का कामकारवाहीका विषयमा छलफल भएको छ...

साताका लोकप्रिय समाचार

सुवेदीलाई सर्वोच्चको न्यायाधीश बन्ने बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालत स्थायी न्यायाधीश सिफारिस उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीश...

कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न सबै आरोपीले पाए सफाइ

काठमाडौं । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको आरोप लागेका सबै प्रतिवादीलाई उच्च अदालत पाटन, हेटौंडा इजलासले सफाइ दिने फैसला गरेको छ ।...

सेना परिचालन गरेर तत्काल सिमा नाका बन्द गर्नुपर्छ : डा. दिक्षित

काठमाडौं । जनस्वास्थ्यविद् डा. शरद वन्तले अहिले प्रकोपको मुखमा पुग्नु भनेको अपेक्षित नभएको टिप्पणी गरेका छन्। उनले भने,‘हामीले पटक–पटक, बारम्बार–बारम्बार यस्तो हुनसक्ने सम्भावनाहरुको बारेमा...

सुदूरपश्चिम प्रदेश सभा : संविधान र नियमावली मिच्दै

धनगढी । प्रदेश सभालाई जानकारी नदिएर लगातार १० वटा बैठकमा अनुपस्थित हुने प्रदेश सांसद्को पद प्रदेश सभाबाट जोगाइदिने गरी प्रदेश सभा नियमावली प्रयोग गरिएको...

‘जलेर खरानी’

काठमाडौँ । राज लिम्बु र बिष्णु कट्टेल फिचर्ड 'जलेर खरानी'बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। हृदयस्पर्शी यस गीतमा स्वर, शब्द र संगीत...

ट्रेन्डिङ

चौलानी नदीमा बालक मृत फेला, आमा र भाई अझै बेपत्ता

बैतडी । बैतडीस्थित चौलानी नदी किनारमा एक बालक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका ३ बगडीका ४ बर्षीय बालक संगित लुहार...

सडकमा आन्दोलन गरेर अदालतलाई धम्क्याउन पाइन्न : देउवा

सिन्धुपाल्चोक । नेपाली काग्रेसका सभापति एवम पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सडकमा आन्दोलन गरेर ,धम्काएर आफ्नो पक्षमा फैसला गर्न लगाउने प्रवृत्ति गलत रहेको बताएका छन् ।...

चित्तल बोकेको एम्बुलेन्स प्रहरी नियन्त्रणमा

दार्चुला । बिरामीका लागि प्रयोगमा ल्याइने एम्बुलेन्समा चित्तल भेटिएको छ । बैतडीको डिलासैनी गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्सभित्र प्रहरीले चित्तल भेटाएपछि नियन्त्रणमा लिएको छ ।...

डेढ महिनापछि खुलेकाे शेयर बजार २५.३० अङ्कले घट्यो

काठमाडाै‌ । झण्डै डेढ महिनापछि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दुई प्रतिशतभन्दा बढीले घटेर बन्द भएको छ । नियामक निकाय...

धान आयतमा साढे तीन अर्ब बाहिरियो

वीरगन्ज । सात महिनामा वीरगन्ज नाकाबाट धान आयात गर्दा ३ अर्ब ४८ करोड ८९ लाख रकम बाहिरिएको छ । तर, कृषि प्रधान देश नेपालमा...

मनिकापुरमा कुलाले बगाउँदा बालकको मृत्यु

तुलसीपुर । दाङको मनिकापुर स्थित मचोट कुलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–२ मनिकापुर निबासी घनश्याम भण्डारीका ढाई बर्षका...

ऊर्जा मन्त्रालयलाई १ खर्ब १२ अर्बको बजेट सिलिङ

काठमाडौं । राष्ट्रिय योजना आयोगले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई १ खर्ब १२ अर्ब बराबरको बजेट सिलिङ दिएको छ । विश्वव्यापी रूपमा कोरोना...

कालापानी, लिपुलेकसहितको नक्सा पढाउन शिक्षामन्त्रीको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको नक्सामा कालापानी, लिपुलेकसहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागू गर्ने व्यवस्था गर्न लागिएको बताएका छन्...

कोरोना संक्रमण देखिएपछि गंगालाल अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द

काठमाडौं । काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अस्पतालले आज एक सूचना जारी गरी अर्को व्यवस्था...

बारामा चट्याङ लागेर चार जनाकाे मृत्यु ,पाँच जना घाइते

बारा ।  बारामा चट्याङ लागेर ४ जना मृत्यू भएको छ भने ५ घाइते भएका छन् । बिहिबार बिहान जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर १२...

बुन्डेस लिगा अर्का सातादेखि

म्युनिख । कोरोना भाइरस (कोभिड–१९)का कारण गत मार्च पहिलो सातादेखि स्थगित रहेको जर्मन बुन्डेस लिगा अर्काे साताबाट सुरु हुने भएको छ । जर्मन सरकारले...

कोरोना संक्रमणले भारतमा थप १ को मृत्यु

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमणले थप एकको मृत्यु भएको छ । यो मृत्युसँगै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ३ पुगेको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)