छोराले गरे बाबुको हत्या

सांकेतिक तस्वीर

पोखरा । भ-याङबाट खसेर बावुको मृत्यु भएको दाबी गरेका उनका छोरा नै हत्या अभियोगमा पक्राउ परेका छन् ।

अन्नपूर्ण गाउँपालिका ३ पाउँदुरकोट घर भई पोखरा महानगरपालिका ३२, महकुना बस्दै आएका ३४ वर्षी रामकृष्ण कामीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय डाँडाकोनाकको प्रहरी चौकीबाट खटिएको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो ।

गत आइतबार ५८ वर्षीय बाबु जुमबहादुर कामीको घरकै भ-याङबाट खसेर मृत्यु भएको भन्ने खबर आएपछि प्रहरीले गहिरो अनुसन्धान गरेको थियो । प्रहरी समक्ष बयान क्रममा रामकृष्णले घरायसी सामान्य विवादमा ढोकाको गजबारले टाउकोमा हानेर हत्या गरेको स्वीकारेको डिएसपी सुवास हमालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 230 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उपसभामुख हटाउने कुराबाट काँग्रेस एमाले ब्याक हुन्छन्: प्रचण्ड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ललितपुर महानगरमा पुरानै उम्मेद्वार, जित्नेमा दुवै ढुक्क