मिस इको इन्टरनेसनलमा नेपालबाट अनुष्मा

काठमाडौं । ‘मिस इको इन्टरनेसनल २०२१’मा नेपालको प्रतिनिधित्व अनुस्मा रायमाझीले गर्ने भएकी छन् । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि आधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले नेपाली प्रतिनिधिको रूपमा रायमाझीलाई पठाउन लागेको हो । कोभिड–१९ को संक्रमणका कारण गतवर्ष आयोजना हुन नसकेको यो अन्तर्राष्ट्रिय प्रतियोगिता यसपटक हुने भएको छ ।

जसमा ६० बढी देशका इको सुन्दरीको सहभागिता रहने छ । प्रतियोगिताका लागि रायमाझी नेपालबाट एक्लो सहभागी हुनेछिन् । १८ मार्चदेखि ५ जुनसम्म आयोजना हुने यो प्रतियोगिताका लागि रायमाझी ‘मिस इको इन्टरनेसनल नेपाल २०२०’को विजेता भएपछि छानिएकी हुन् ।

२१ वर्षीय रायमाझी प्रतियोगिताका लागि मार्चको पहिलोसाता इजिप्ट उड्ने तयारीमा छिन् । कल्चरल ड्रेस र देशमा रहेको सांस्कृतिक र पर्यटकीय स्थानको प्रतियोगितामा आफूले प्रचार गर्ने उनले बताइन् ।

यो प्रतियोगितामा यसअघि प्रतियोगिता प्रिन्सा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य, मुना गौचनले, मौनता लामा सहभागिता भइसकेका छन् । ‘मिस इको इन्टरनेसनल’ एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एलटिसिपी अर्गनाइजेसनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि सुरु गरेको हो । यसको मुख्य उद्देश्य विश्वभरिका पर्यावरण, संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्कमार्फत सूचना प्रवाह गर्ने रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 373 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान