‘प्रसाद २’ मा पनि विपीन, नम्रता र निश्चल नै

काठमाडौं । दुई वर्ष अघि निर्माण तथा प्रदर्शन भएको चलचित्र प्रसादले व्यावसायिक सफलता हाँसिल गरेपछि अब यसको सिक्वेलका रूपमा चलचित्र ‘प्रसाद २’ निर्माण हुने भएको छ । यो चलचित्रमा पनि प्रसादकै कलाकारको अभिनय हेर्न पाइने भएको छ ।

चलचित्र प्रसादमा अभिनेता विपीन कार्की, निश्चल बस्नेत र अभिनेत्री नम्रता श्रेष्ठ मुख्य भूमिकामा थिए । यतिबेला चलचित्र प्रसाद २ मा पनि यिनै कलाकार अनुवन्धित भएका छन् । सोमबार यो चलचित्रका लागि अभिनेता निश्चल बस्नेतसँग निर्माण पक्षले साम्झौता गरेपछि चलचित्रको मुख्य कलाकारको चयन क्रम सकिएको छ ।

यस अघि प्रसादलाई दिनेश राउतले निर्देशन गरेका थिए । यता चलचित्र प्रसाद दुईलाई भने सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् । उनले यसअघि चलचित्र लभ डायरीको निर्देशन गरेका थिए । स्क्रिप्टमा लामो छलफलपछि निश्चल यो चलचित्रमा अनुबन्धित भएका हुन् । यसअघि उनी यो फिल्ममा खेल्न तयार भएका थिएनन् । निर्माता सुभाष थापा र निश्चलबीच कागजी सम्झौता भएपछि निर्माण पक्षले फिल्मको कामलाई अब तीव्ररूपमा अघि बढाउने बताइएको छ । यो चलचित्रमा यसअघि नै अभिनेता विपीन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ अनुबन्ध भइसकेका थिए ।

आफूहरूले यी तीन जना कलाकारलाई नै राम्रो पारिश्रमिक दिएको यसका निर्माता सुवासले बताएका छन् । आफ्नो चलचित्रमा निश्चल जोडिएपछि अब अभिनय कार्यशाला सुरु गरेर चलचित्रको छायांकन थाल्ने पनि निर्माण पक्षले जनाएको छ ।

निर्माण पक्षले यो चलचित्रलाई सिक्वेलको रूपमा बनाउँदै छ । यसको छायांकन चैत पहिलो साताबाट सुरु गरिने भएको छ । चलचित्रको कथा सुशील पौडेलले लेखेका हुन् । निःसन्तान दाम्पतिको कथामा निर्माण भएको ‘प्रसाद’ मा पनि उनकै कथा थियो ।

तपाइको प्रतिक्रिया
(Visited 139 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
श्रीमान कांग्रेसबाट श्रीमती एमालेबाट चुनाव लड्दै