Sunday, April 18, 2021
Home Editor-Picks सत्तामा निर्णायक कांग्रेस

सत्तामा निर्णायक कांग्रेस

दाहाल–नेपालले गरे सत्ता सहकार्यको प्रस्ताव

,

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै बनेको नयाँ राजनीतिक ‘कोर्स’मा नेपाली कांग्रेस निर्णायक देखिने भएको छ ।

संसद् विघटनको निर्णय बदर भएर संसद् सुचारु भएसँगै सरकार गठनको प्रक्रियासमेत सुरु हुनेछ । सर्वोच्च अदालतले संसद् पुनस्र्थापनाको निर्णय गर्दा नै २४ फागुनभित्र संसद् बैठक आह्वान गर्न आदेश दिएको छ ।

संसद् बैठक सुरु भएर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रक्रिया अघि बढ्दा कांग्रेस अविश्वासको प्रस्तावमा वा विपक्षमा कता खुल्ने भन्ने चासो बढ्दो छ । हाल नेपाल कम्युनिस्ट पार्टीका केपी ओली समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधकुमार नेपाल गरी दुवै समूह नयाँ सत्ता समीकरणका लागि कांग्रेसको साथ खोजिरहेका छन् ।

अहिले कांग्रेस जता खुल्यो, उसकै सरकार बन्ने अवस्था देखिएको छ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता सहकार्यको प्रस्ताव गरेका छन् ।

अध्यक्षद्वय बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका थिए । देउवासँगको भेटमा नेकपाका अध्यक्षद्वयले देउवासमक्ष प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउने र प्रस्तावका पक्षमा र सत्ता सहकार्यमा साथ दिन आग्रह गरेका थिए ।

तर, उनीहरूको भेटलगत्तै आयोजित एक सार्वजनिक कार्यक्रममा सभापति देउवाले कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा रहेको संकेत गरे । सोही कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले जनताले सरकार चलाउने म्यान्डेट नदिए पनि संसद्का अन्य दलहरूले आग्रह गरेमा कांग्रेसले विचार गर्नुपर्ने बताएका थिए ।

निधिपछि बोलेका देउवाले भने सरकारको नेतृत्वमा दाबी नगरी घुमाउरो भाषामा जवाफ दिएका थिए । उनले नेकपाको विवादबारे छिनोफानो हुनुपर्ने र अविश्वास प्रस्ताव कसरी आउँछ त्यसपछि मात्रै कांग्रेसले निर्णय लिने बताए ।

प्रतिनिधिसभातर्फ कुल २ सय ७५ सांसद छन् । जसमा कांग्रेसतर्फ ६३ सांसद छन् । यसैगरी, नेकपाका १ सय ७४ सांसद छन् । त्यसमध्ये एक जनाको निधन भएको छ । यो संख्यामा हाल नेकपाको प्रचण्ड—नेपाल समूहतर्फ ८७ सांसद रहेको दाबी गरिएको छ भने प्रधानमन्त्रीसमेत रहेका ओली समूहतर्फ ८३ जना रहेको भनिएको छ । तर, तीन जना सांसद भने खुलेका छैनन् । नखुलेका समेत प्रचण्ड—माधव पक्षमा नै जान सक्ने सम्भावना छ ।

यो अवस्थामा संसद्बाट नयाँ सरकार गठनका लागि १ सय ३८ सांसद आवश्यक पर्ने देखिन्छ । यो संख्या नेकपाका कुनै एक समूहले कांग्रेसको साथ बिना पु¥याउन सम्भव देखिएको छैन । यो अवस्थालाई समेत ख्याल गर्दै नेकपाका दुवै समूहले कांग्रेस नेतृत्वसँगको निकटता बढाउन खोजिरहेका छन् ।

यसैगरी, संसद्मा नेकपा र कांग्रेसबाहेकको ३८ सिट छ । जसमा जनता समाजवादी पार्टीको ३४, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्रका एक–एक गरी चार सांसद छन् । यसरी हेर्दा अबको सरकार गठन प्रक्रियामा कांग्रेस नै निर्णयक देखिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आगामी दिनमा मिलेर जाने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोनमार्फत कुरा गरिसकेको स्रोतले बताएको छ । ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले दुवै पक्षले कांग्रेससँग सहकार्य गर्ने सम्बन्धमा चासो राखेको भए पनि कांग्रेसले कम्युनिस्टलाई अहिलेसम्म विभाजनको नजरले नहेरेको बताए ।

‘अहिलेसम्म कम्युनिस्ट पार्टी वैधानिक रूपमा एउटै छ, उनीहरू कसरी अघि बढ्छन्, अहिले नै स्थिति परिपक्व भइसकेको छैन । कांग्रेसले हतारमा निर्णय गर्दैन,’ सहमहामन्त्री महतले राजधानीसँग भने । कांग्रेसले संसद् पुनस्र्थापनापछिको राजनीतिक अवस्थाका विषयमा छलफल गर्न बिहीबारका लागि पदाधिकारी बैठकसमेत बोलाएको छ ।

(Visited 354 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

हैदरावादविरुद्ध कोलकाताको रोमाञ्चक जित

चेन्नइ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगितामा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । १ सय ८८ लक्ष्य पछ्याएको सन राइजर्स हैदरावादलाई...

विकास खर्च कमजोर

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ९ महिने अवधिमा कुल विनियोजित बजेटको २९.२२ प्रतिशतमात्र पुँजीगत (विकास) खर्च गरेको छ । सरकारको विकास कार्य तीव्र गतिमा...

विवेक र नर्मतालाई उपाधि

पोखरा । १५ औं संस्करणको पोखरा म्याराथनअन्तर्गत ५ किमी छात्र–छात्रा दौड भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार भएको दौडमा छात्रतर्फ ज्ञानज्योति इङलिस...

नेपाली नागरिकताका व्यावहारिक सवाल

मान्छेको अस्तित्व पहिचानमा निहित हुन्छ, किनकि पहिचानको अभावमा मानिस अस्तित्वको संकटमा पर्दछ । मातृभूमिप्रति उसको अपनत्व र वैद्यताको गाँठो व्यक्तिको हृदयमा प्रश्न बनेर रहेको...

डिमोन र सिर्जनाको प्रेम

काठमाडौँ । दिप गिरीको शब्द, शंकर थापा'स्माइल'को संगीतमा रहेको 'मन खाने माया' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा किरण भुजेल...

ट्रेन्डिङ

भक्तपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुर । सूर्यविनायक नगरपालिका–८ जगाती महेश्वरी पेट्रोल पम्प नजिकै ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बिहान करीब २ः१५ बजे अरनिको राजमार्ग...

लकडाउनमा शान्त जनकपुरधाम (फोटोफिचर)

जनकपुरधाम । लकडाउनपछि जनकपुरधामको बजार आज पनि पूर्णरुपले बन्द नै रह्यो । हरेका चोकमा प्रहरीहरुले कडा सुरक्षा दिइरहेका थिए । लकडाउनको अवज्ञा...

पीएसजीका थप तीन खेलाडीमा कोरोना संक्रमण

पेरिस । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)का थप तीन जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि ब्राजिली स्टार नेयमारसहित थप...

गृहमन्त्रीका भाइलाई थुनामा राख्न आदेश

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापालाई थुनामा राख्न उच्च अदालत पाटनले आदेश दिएको छ । जिल्ला अदालतको आदेश उल्ट्याउँदै उच्च अदालतका मुख्य...

अब पुरानै भवनमा प्रधानमन्त्री कार्यालय

काठमाडौं । सरकारले सिंहदरबारभित्र पुरानै भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने तयारी गरेको छ । सिंहदरबारको मुख्य प्रशासनिक भवनको उत्तर, दक्षिण र पूर्वी भाग...

देउडा खेलेर ‘जनयुद्ध’ दिवस मनाइयो

जुम्ला । २५ औँ जनयुद्ध दिवसको जिल्लामा देउडा मार्फत सम्झना गरिएको छ । दिवसको अवसरमा जिल्लाको कनकासुन्दरी गाउँपालिकामा बृहत देउडा खेलको...

हर्षिका श्रेष्ठ पनि सानो पर्दामा

काठमाडौं । कोरोना (कोभिड–१९) संक्रमणका कारण नेपाली चलचित्र उद्योग विगत नौ महिनादेखि ठप्प छ । चलचित्रको छायांकन अझै राम्ररी हुन नसक्दा अभिनेता अभिनेत्रीहरू म्युजिक...

वडाध्यक्ष धामीको हत्या: अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा

अछाम । पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमाबहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौंदेखि आएको सिआइबीको...

बाँकेमा कोरोना संक्रमणबाट चिकित्सकसहित ३ जनाको मृत्यु

नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणको कारण बिहीबार एक चिकित्सकसहित ३ जनाको उपचारको क्रममा ज्यान गएको छ । कोभिड–१९ को संक्रमणका कारण गम्भीर भएका उनीहरु...

सप्तरी काँग्रेसको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

  सप्तरी, राजविराज । मापदण्ड विपरीतका क्वारेन्टाइन संचालनमा रहेको, पिसिआर परिक्षण सुस्त गतिमा भइरहेको तथा विपन्न नागरिक भोकभोकै बस्न बाध्य भएको लगायतका विभिन्न माँगसहित नेपाली...

आधा घण्टामै चोरिएको मोटरसाइकलसहित एक पक्राउ

काठमाडौँ । सूचना पाएको आधा घण्टामै चोरिएको मोटरसाइकलसहित एकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको दरबारमार्गबाट राति हराएको मोटरसाइकल बिहान ३ः०० बजेको समयमा कलङ्कीमा...

बैतडीमा पहिरोमा पुरिएर आमा छोराको मृत्यु, दुई जना भागेर बाँचे

बैतडी । बैतडीमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ४ बलालीमा घरमाथिबाट पहिरो खस्दा ४० बर्षीय पशुपति बोहरा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)