सरकारको प्राथमिकतामा मेलम्ची खानेपानी

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा दोस्रोपटक पानी पथान्तरणसँगै लामो समयदेखि पर्खाइमा रहेको मेलम्ची खानेपानी अबका दुई महिनाभित्र काठमाडौंमा आउने आयोजनाले जनाएको छ । यसले काठमाडौंमा काकाकुल रहेको जनसंख्याले सफा पानी पिउन अब धेरै लामो समय कुर्नु नपर्ने भएको छ । बहुचर्चित राष्ट्रिय गौरवको आयोजनासमेत रहेको मेलम्ची खानेपानीको सुरुङमा पहिलोपटक पानी पठाएर पथान्तरण गर्न खोज्दा मूलढोका नै भत्किएपछि यसले कर्मचारीको ज्यानसमेत लिएको थियो । त्यतिबेला यसले राजधानी सहरवासीमा निकै नमीठो सन्देश दिनुका साथै मेलम्चीको पानी आश्वासन मात्र हो कि भन्ने गराएको पनि थियो । तर, मेलम्ची खानेपानी आयोजनाले सोमबार दोस्रोपटक सुरुङमार्गमा पानी पथान्तरण गरी सफल परीक्षण गरेसँगै अबका दुई महिनाभित्र काठमाडांैमा पानी आउने सुनिश्चितजस्तै भएको छ । पछिल्लो चरणमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पनि यसका ’boutमा निकै चासो लिएर लागिपरेको थियो । यसअघि पटक–पटक भाकाकबोल गरिएको मेलम्चीको भाकाकबोल पूरा हुन सकेको थिएन । यसपटक भने दुई महिनाभित्रै काठमाडांैमा पानी ल्याइने भनिएको र पानी राखेरै सुरुङ टेस्ट पनि गरिसकिएकाले पानी आउने सम्भावना बढेर गएको छ ।

मेलम्चीको खानेपानी मुहान स्थलदेखि काठमाडौंको सुन्दरीजलसम्म साढे २६ किलोमिटर सुरुङभित्र पानी हालेर सफलतापूर्वक यसको परीक्षण भइरहेको छ । अब यसको केही दिनसम्म सुरुङको जोडन गरिएका भाग, निकासका भाग, ढोका र पानी निकासका ठाउँको सूक्ष्म अध्ययन गरिनेछ । यसरी सम्भावित खतराको अध्ययन सकिएसँगै अबको दुई महिनाभित्र उपत्यकाका बस्तीमा जडान गरिएका धारामा पानी वितरण गर्न सकिनेछ । सोमबार सुरुङभित्र पठाइएको पानी बढीमा १५ दिनभित्र सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रमा पुगिसक्ने मेलम्ची खानेपानी आयोजनाले विश्वास गरेको छ । हाल परीक्षणका लागि सुरुङको कुल क्षमताको मात्र ३ प्रतिशत पानी पठाइएको छ । सुरुङमा पठाइएको पानी अहिले २ दशमलव ६ मिटर प्रतिसेकेन्डका दरले अघि बढिरहेकाले यसलाई सुन्दरी जल पुग्न केही दिन लाग्ने देखिएको हो । यसअघिको सुरुङ परीक्षण गर्दा गएको ३० असारमा आयोजना स्थलको अम्बाथानमा रहेको १७ नम्बर टनेलको गेट फुटेपछि दुर्घटना निम्तिएको थियो । अहिले आयोजनाले पुनः अर्काे गेट निर्माण गरिसकेकाले नयाँ डिजाइनमा निर्मित गेट नफुट्ने विश्वास गरिएको छ ।

यसबीचमा काठमाडौंमा मेलम्ची खानेपानीको आपूर्ति केवल नारा मात्र भएको र यसले सार्थकता नपाउने विषयमा चर्चा पनि निकै भए । यस विषयलाई लिएर राजनीति पनि भए, झडप पनि भए । तर, अहिले मेलम्ची खानेपानीको विषय व्यवहारमा परिणत भइसकेको छ । यो कार्यान्वयनमा आइसकेको छ । यसले अब विगतको लामो पर्खाइको तीतो मेटाउन धेरै दिन बाँकी छैन । त्यसपछिका दिनमा आवश्यक पानीको मात्रा पुगे नपुगेको कुरा हुन सक्ला तर मेलम्चीको पानी नै नआएको कुरा हुने छैन । सरकारले राष्ट्रिय गौरवका आयोजनालाई निकै तीव्रतामा अघि बढाउने प्रयास गरिरहेका बेला मेलम्ची पनि पहिलो प्राथमितामा रहेकाले काकाकुल काठमाडौंवासीले छिट्टै सफा पानी खान पाउनेछन् । अब भने विगतको जस्तो गलत प्रवृत्ति दोहारिएर मेलम्ची सपना अपुरो हुने अवस्था आउन दिनुहँुदैन ।

तपाइको प्रतिक्रिया
(Visited 158 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरामा नयाँ समीकरणः उपमेयरमा एमालेकी गुरुङको अग्रता बढ्यो