Wednesday, April 14, 2021
Home बिचार श्रम र श्रीको मूल्य स्वदेशमै खोजौं

श्रम र श्रीको मूल्य स्वदेशमै खोजौं

,

हरेक मानिसले सुख, सुविधा, समृद्घि, इज्जत एवं प्रतिष्ठाको लागि संघर्ष गरेको हुन्छ । संसारमा सबैलाई मिठो खाऊँ, राम्रो लगाऊँ, सम्पत्तिबाट पूरा हुन सक्ने सुविधा प्राप्त गरौं भन्ने अभिलाषा हुन्छ । त्यसका लागि मानिसले परिश्रम गर्छ, पढ्छ, लेख्छ, सीप सिक्छ वा आपूmले जे गर्न सक्छ, त्यही काम गर्छ । सकभर सुखसँग पैसा कमाउने इच्छा सबैको हुन्छ । तर, परिस्थितिले मानिसलाई लखेट्छ । बाध्य बनाउँछ र ऊ परिस्थितिमा बाँधिन्छ । यस सन्दर्भमा अहिले नेपाली युवा रोजगारीका लागि अन्तर्राष्ट्रिय बजारमा लखेएिका हुन् । श्रम र श्री बेच्न बाध्य बनाइएका छन् ।

जीवन न त आध्यात्मिक चिन्तनले मात्र चल्दो रहेछ न त शास्त्रको ज्ञानले मात्र । भौतिक जीवनमा हरेक मानिसलाई प्राचीनकालदेखि नै गास, बास कपासको आवश्यकता थियो । अहिलेको आधुनिक समयसँगै शिक्षा र स्वास्थ्यलगायतका आवश्यकता बढ्दै गए । चाहना थपिँदै गए । त्यसो त समाजमा ‘सुनको थैला हातको मैला के गर्नु धनले साग र सिस्नो खाएको वेश आनन्द मनले’ भन्ने हाम्रा महाकविको भनाइमा चित्त बुझाउन प्रयास गर्ने पनि भेटिन्छन् । मरेर जाने जीवन न हो किन लोभ गर्न प¥या छ र भनेको पनि सुनिन्छ । परन्तु यस्तो चिन्तन व्यवहारिक जीवनमा लामो समय टिक्न सक्दो रहेनछ । पेटले भोजन खोज्दो रहेछ, शरीरले कपडा । त्यसैले घर, परिवार, छोरा, छोरी, व्यवहार, शिक्षा, स्वास्थ्यको कठोर आवश्यकताले व्यावहारिक जीवन चलाउन पैसा कमाउन युवा विकसित देशमा होमिएका हुन् ।

विश्व जगतको राजनीतिक व्यवस्था र विकासको इतिहासको अध्ययन गर्दा गरिबी, अशिक्षा र पछौटेपनको कारण औपनेवेशिकता मुख्य रूपमा रहेको पाइन्छ । ती राष्ट्र जब औपनिवेशिकताबाट मुक्त भए तब विकास र सुशासनको बाटोमा अघि बढ्न सफल भए । उनीहरूले देश विकासको आधार शिक्षाबाट खोजे । सुशासनबाट रोजे । जोसँग देश विकासको मार्गचित्र छ । इमानदारिता छ । देश र जनताको लागि काम गर्न सक्ने क्षमता छ, त्यस्ता राजनेता स्थापित गरे । देशका शिक्षालयलाई प्राज्ञिक थलो बनाए । हरेक क्षेत्रमा आवश्यक पर्ने सक्षम जनशक्ति उत्पादन गर्ने माध्यम बनाए । अनुसन्धान केन्द्र बनाए । उद्योग, कृषि, पशुपालन, व्यापारलगायतका क्षेत्रको विकास गरे । देशमा रहेको प्राकृतिक स्रोत र साधनको उपयोग दक्ष जनशक्तिमार्फत गरे । यसरी तिनीहरू अघि बढ्दै जाँदा विकासको चरम उत्कर्षमा पुग्न सफल भए ।

तर, हाम्रो देशको इतिहास अरू मुलुकको भन्दा फरक छ । हाम्रा अग्रजले देशलाई उपनिवेश हुनबाट बचाए । भीमसेन, थापा, भक्तिथापा अनि अमरसिंह थापाले रगत बगाएर देशलाई स्वाधीनमा राखे । उनीहरूको योगदानले देशको इतिहास गौरवमय त बन्यो परन्तु औपनिवेशका बादशाहभन्दा हाम्रै देशका शासक नै जनता र देश विकासका बाधक बने । राणा पनि नेपाली नै थिए । शाहवंशीय राजालाई नेपाली जनताले अत्यन्तै सम्मान दिएका शासक थिए । ती शासकबाट देश र नेपाली जनताको समृद्घि हुन सकेन । देशको विकास हुन सकेन । लामो समयसम्म राज्यको ढुकुटीमा उनीहरूकोे कब्जा रह्यो ।

इतिहासमा यो मुलुक स्वतन्त्र एवं प्राकृतिक स्रोत र साधनले भरिपूर्ण भएर पनि विकास हुन सकेन । नेपालीहरू आफ्नै देशका टाठा बाठाबाट ठगिनुप¥यो । उनीहरूको चिन्तन, कार्यशैली, असक्षमता र कुटिलताबाट पीडित हुनुप¥यो । देशमा क्रान्ति भए पनि लोकतन्त्र र गणतन्त्र आए पनि सिस्टम परिवर्तन भए पनि अवस्था उस्तै छ । भएका उद्योग बन्द गरिए । त्यसैले युवापुस्ताले स्वदेशमा सुरक्षित भविष्य देख्न सकेन र श्रम बजारको खोजी गर्दै जाँदा आज उनीहरू संसारका हरेक देशमा श्रम र श्री बेच्न बाध्य छन् ।

कुनै ठाउँ धार्मिक स्थलका रूपमा महत्वपूर्ण छन् भने अरू प्राकृतिक सुन्दरताले भरिपूर्णका साथै हस्तकला, चित्रकला र वास्तुकलामा प्रख्यात छन्

विगतको आधा शताब्दीलाई मात्र दृष्टिगत गर्दा एसिया महादेशका धेरै मुलुकले विकासमा फड्को मारेको पाइन्छ । विकास र राजनीतिको सम्बन्धलाई स्थापित गर्न कतिपय देश लोकतान्त्रिक राज्य प्रणाली लागि लडे भने कतिपय देशले असल नेतृत्वको खोजी गरे । नेतृत्व सक्षम, असल, इमानदार र देशका लागि काम गर्ने भएमा जनताले समर्थन गर्दा रहेछन् र देशले विकास र सुशासनमा फड्को मार्दोरहेछ भन्ने कुरा चीन र भुटानको दृष्टान्त नै काफी छ । यसरी हेर्दा देश विकास गर्ने राजनीतिक सिद्घान्त र वादले होइन रहेछ । राजनीतिक मोडेल जे भए तापनि विकास गर्न चाहानेका लागि असम्भव हुँदो रहेनछ ।

नेपालको सन्दर्भमा २१आंै शताब्दीको पहिलो दशकदेखि नै गरिबी, अभाव र अत्याचारको अन्त्यका लागि लोकतन्त्र नै उत्कृष्ट व्यवस्था भएको चेतनाको विकास भएको पाइन्छ । विकासको लागि जनताले लोकतान्त्रिक व्यवस्था चाहे । जननिर्वाचित शासक चाहे । त्यसका लागि लडे । क्रान्ति सफल भयो । फलतः दलरूपी शासकले देशको बागडोर सम्हाले । तर के गर्नु ? लोकतन्त्रका शासक देशलाई कंगाल बनाउने, दन्त बजान गर्ने, आपसमा पदर पैसाका लागि झगडा गर्ने, क्षणिक फाइदाको लागि गुट टुटफुटका धन्दा गर्ने, समूह खडा गर्ने र अर्बांै भ्रष्टचार गर्ने एजेन्टका रूपमा देखिए । देश विकासको गहन जिम्मेवारीलाई लात हान्दै राजनीतिक सिद्घान्तका गफ चुट्ने भाषणबाजले जोस र होस भएका युवालाई उपेक्षा गर्दै विदेश निर्यात गर्ने काम गरे । फलतः आज देशमा युवापुस्ता रित्तिदै गएको अवस्था छ ।

स्वदेशमा नै आर्थिक उन्नति गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्न सक्नु शिक्षाको आर्थिक कार्य हो । शिक्षा व्यक्तित्व विकास र देश विकासकोे आधार स्तम्भ हो । परन्तु राज्यले तय गरेको शिक्षाले देशमा भएको प्राकृतिक स्रोत र साधनको उपयोग गर्न सक्ने ज्ञान र सीप भएका जनशक्ति उत्पादन गर्न सकेन । कृषि, पशुपालन, उद्योग, व्यापार, कला, साहित्य, विज्ञानलगायतका क्षेत्रमा चाहिने जनशक्ति उत्पादन गर्न सकेन । शिक्षितलाई आत्मनिर्भर बनाउन सकेन । विश्वविद्यालयसम्मको अध्ययनले आफ्नो खुट्टामा उभिन सक्ने, उद्यमी हुने र स्वरोजगारको ढोका खोल्ने सीप भएको जनशक्ति उत्पादन हुन सकेन । फलतः आफ्नै गाउँठाउँमा रोजगारी खोज्ने, रोज्ने र टिकाउने ज्ञान एवं सीपको अभावका कारण शिक्षित जनशक्ति विदेश पलायन हुनुप-यो ।

घर, परिवार, छोरा, छोरी, व्यवहार, शिक्षा, स्वास्थ्यलगायतको कठोर आवश्यकताले व्यावहारिक जीवन चलाउन युवा विदेश होमिएका छन्

देशलाई आजको अवस्थामा धकेल्न लागि राज्यर राजनीतिक दलकै भूमिका जिम्मेवार रहेको जानकार बताउँछन् । त्यसैले प्रिय युवामित्र अब राजनीतिक दल र राज्यको मुख ताकेर नबसौं । दलको झोला बोकेर समय खेर नफालौं । श्रम र श्रीको मूल्य स्वदेशमा खोज्ने अठोट गरौं । यसो गर्दा आफ्नै गाउँठाउँमा काम गर्न सकिने सम्भावनाको अध्ययन गरौं । आफ्नै स्थानीय तहमा भएको प्राकृतिक स्रोतसाधनको उपलब्धताको आधारमा उपयुक्त विकासको मोडेल तयार गरौं । कृषि र पशुपालन क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरणका लागि कृषि शिक्षाका अल्पकालीन तालिममा संलग्न होआंै । उत्पादनको सम्भावनाअनुसार व्यवसायिक स्याउ, च्याउ, कुरिलो, भुइँकटर, सुन्लला, नस्पाती, अंगुर, तरकारी, फलफूल, पुष्पखेतीलगायतका खेतीलाई प्राथमिकतामा राखौं ।

औषधि विज्ञानसँग सम्बन्धित वनस्पति चिराइतो, अर्चल, बोझो, पहेले लहरा, पाखनवेद, जटामसी, बामरी, पुदिना, तीतेपाती, घिउ कुमारीलगायतका जडीबुटी संकलन, प्रशोधन र उत्पादनको क्षेत्रलाई आयआर्जनको स्रोत बनाउने उपायमा लागौं । श्रममा लागांै । अनुसन्धानमा लागौं । हरेक स्थानीय तहमा पशु विकास तथा व्यवसाय केन्द्रको स्थापना गर्न सरकारलाई दबाब दिऔं । कृषकलाई प्राविधिक सुविधासहित कृषि र पशुपालनसम्बन्धी व्यावसायिक तालिम दिनुपर्ने नारा तय गरौं । कृषिमा संलग्न कृषक परिवारलाई उन्नत जातका गाई, भंैसी, भेंडा, बाख्रापालनमा अनुदान, बिमा, बजारको व्यवस्थापनलगायतको प्रबन्ध मिलाई दिने एजेन्डामा बालुवाटार र सिंहदरबार घेरांै । पशुमा नश्ल सुधारका लागि प्राविधिकको उपलब्धताका साथै गाउँमा विकासे घाँस, डालेघाँसको खेती, दाना उत्पादनलगायतका कृषि उत्पादनमा आधारित घरेलु उद्योग स्थापित गर्नेजस्ता पेसागत सीपका तालिमको व्यवस्था गरिदिने माग गरौं ।

हाम्रा गाउँ प्रकृति, संस्कृति तथा पुरातात्विक दृष्टिकोणले भरिपूर्ण छन् । कुनै ठाउँ धार्मिक स्थलको रूपमा महत्वपूर्ण छन् भने कतिपय ठाउँ प्राकृतिक सुन्दरताले भरिपूर्णका साथै हस्तकला, चित्रकला र वास्तुकलामा प्रख्यात छन् । यस्ता सम्भावना बोकेका ठाउँमा आन्तरिक तथा बाह्य पर्यटनको विकासको सम्भावना नदेख्ने राज्यलाई देखाऔं । नसुन्ने राज्यलाई सुनाऔं । देश विकासको मोडेलसहित गाउँगाउँबाट जनता आएर बालुवाटार र सिंहदरबारमा बस्ने अक्षमका आँखा खोलिदेआंै । नेताका भाषण सुन्न बन्द गरौं । भ्रष्टलाई सामाजिक बहिष्कार गरौं । युवा मित्र अब श्रम र श्रीस्वदेशमै खोजौं ।

(Visited 82 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘जलेर खरानी’

काठमाडौँ । राज लिम्बु र बिष्णु कट्टेल फिचर्ड 'जलेर खरानी'बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। हृदयस्पर्शी यस गीतमा स्वर, शब्द र संगीत...

चर्चामा नयाँ नक्सादेखि सत्तारुढ दलभित्रको विवादसम्म

काठमाडौं । आज वैशाख १ गते, अर्थात्, विसं २०७८ को पहिलो दिन । नयाँ वर्ष हरेक वर्ष आउँछ । वर्षहरू आउँछन् र जान्छन् पनि...

सप्तरीमा लाग्ने ऐतिहासिक मेला प्रशासनको निर्देशनपछि स्थगित

सप्तरी, राजविराज । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको...

विक्रम संवत्को सान्दर्भिकता

आजबाट २०७८ साल शुभारम्भ भएको छ । नेपालमा सर्वमान्य, वैधानिक र संवत्का रूपमा विक्रम संवत्लाई लिइन्छ । यही संवत्का आधारमा नेपालको राष्ट्रिय पञ्चांग अथवा...

राष्ट्रपति रनिङ शिल्डको उपाधि सेतीदेवीलाई (फोटो फिचर)

सुनकोशी गाउँपालिकाको आयोजना र सुनकोशी खेलकुद विकास समितिको समन्वयमा आयोजीत तेस्रो सुनकोशी गाउँपालिका स्तरी राष्ट्रपति रनिङ शिल्डको उपाधि यो वर्षपनि सेतीदेवी शारदा माध्यमिक विद्यालयले...

साताका लोकप्रिय समाचार

सिँगटीमा जिप खस्दा चार जनाकाे मृत्यु

दाेलखा ।  दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा जिप खस्दा चार जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । मृत्यु हुनेमा बिगु–३ का...

आरक्षण होइन, सक्षमतामा खोजौं

अघिल्लो साता एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आरक्षणका नाममा योग्यता, सक्षमता र दक्षतालाई ओझेलमा पारिएकाले यसमा पुनर्विचार गर्न जरुरी भएको अभिव्यक्ति दिए ।...

नेप्से सूचक हालसम्मकै उच्च बिन्दु २ हजार ६७४ मा

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकले विगतका सबै रेकर्डलाई तोड्दै यो साता सेयर बजारले ऐतिहासिक सफलता हासिल गरेको छ । गत...

आफ्नै मैदानमा टोटनह्याम स्तब्ध

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा म्यान्चेस्टर युनाईटेड, आर्सनल, वेष्ट ह्याम युनाईटेड र न्यूकासल युनाईटेड विजयी भएका छन् । तालिकाको...

वर्षको अन्तिम दिन सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं । नयाँ वर्षको अन्तिम दिन नेप्से सूचक २७ सय अंक क्रस गरेर अर्को नयाँ रेकर्ड पनि कायम गरेको छ । २३.२३ अंकले बढेर...

ट्रेन्डिङ

नेपालमा कोभिड–१९ निको हुने दर बढ्दो

काठमाडौँ । नेपालमा कोभिड–१९ निको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो । बिहीबारको तथ्याङ्कानुसार विश्वमा निको हुने...

हामी राहत कहिले पाउँछौं, सरकार !

दैलेख । एकबर्ष अघि ठाटिकाँध गाउँपालिका–१ बेल नेपालीले छोरा र श्रीमान पैसा कमाउन कालापहाड गएकाले साहुमहाजनबाटै गहुँको विउ एक हल गोरु ल्याएर १ रोपनी...

फिल्म रोकिएपछि पल र पूजा म्युजिक भिडियोमा

काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ गत १ चैतमा रिलिज हुन सकेन । त्यतिबेलाबाटै कोरोनाको...

किसानले मल बिउ र किटनासक पाएनन्, तरकारी बारीमा कुहियो

नेपालगन्ज । कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनको कारण सबै क्षेत्र प्रभावित रहेको बेलामा कृषिक्षेत्र झनै समस्यामा परेको गुनासो किसानको छ...

तीज, आत्मनिर्भरता र नारी सुन्दरता

कोरोना भाइरस संक्रमण संकटको सामना गरिरहेको बेला नेपाली महिलाको महान् चाड तीज आएको छ । यो बेलामा हामीले अत्यन्तै सतर्कतापूर्वक चाडपर्व, संस्कार, संस्कृति मनाउनुपर्ने...

आइसोलेसन वार्ड कोरोना संक्रमितले भरिए, ३८ संक्रमित सम्बन्धित पालिकामै

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा रहेको सन्त अल्पमाई रामनारायण नर्सिङ्ग कलेजमा निर्माण गरिएको अस्थायी कारोना विशेष अस्पताल (आइसोलेसन वार्ड) कोरोना संक्रमित बिरामीले भरिएको छ...

भारतमा कोरोनाबाट मर्नेको संख्या ९३४, संक्रमित २९ हजार ४३५

भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २९ हजार ४३५ भएको मङ्गलबार जनाइएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ५४३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका...

मोरङमा पछिल्लो १८ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु

मोरङ । मोरङमा पछिल्लो १८ घण्टाका अवधिमा कोरोना सङ्क्रमणबाट १० जनाको मृत्यु भएको छ । विराटनगरका विभिन्न अस्पतालमा आठ र दुई जनाको होम आइसोलेसनमा...

बैदेशिक रोजगारीबाट फर्किएकाहरुको तथ्य संकलन गर्दै जनप्रतिनिधी

पाल्पा । बैदेशिक रोजगारीबाट फर्किएकाहरुबाट कोरोना भाइरसको संक्रमण जोखिम रोकथाममा चुनौती बन्न थालेपछि स्थानीय तहहरुले त्यस्ता व्यक्तिहरुको तथ्याङक संकलन सुरु गरेका छन् । तथ्याङकसंगै...

मोरङको बाहुनीमा सशस्त्र प्रहरी बेशको आफ्नै भवन, साढे दुई करोड बढीमा निर्मित

विराटनगर । सशस्‍त्र प्रहरी बल नेपाल सुरक्षा बेश बाहुनीको आफ्नै भवन निर्माण भएको छ । नवनिर्मित भवनको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र...

रातो मच्छिन्द्रनाथको रथ तान्न गलत साइत दिइएको भन्दै ज्योतिषीको आपत्ति

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष ढिला गरी तानिएको रातो मच्छिन्द्रनाथको रथ यात्राको साइत नमिलेको भन्दै ज्योतिषीहरुले आपत्ति जनाएका छ्न । साइत...

पठानमा शाहरुख खानसँगै जोन अब्राहम

मुम्बई । बलिउड अभिनेता शाहरुख खान नयाँ फिल्म पठानको तयारीमा छन् । पछिल्लो दुई वर्षयता फिल्म नखेलेका उनी यतिबेला भने पठानको तयारीमा जुटेका हुन्...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)