Wednesday, March 3, 2021
Home प्रदेश प्रदेश ३ धादिङमा राष्ट्रिय गौशाला निर्माणको लागि ज्ञान महायज्ञ हुने

धादिङमा राष्ट्रिय गौशाला निर्माणको लागि ज्ञान महायज्ञ हुने


काठमाडौं । ब्रम्हाण समाज निलकण्ठ नगर कार्यसमिति, धादिङले धादिङमा राष्ट्रिय गौशला निर्माणको लागि यही चैत्र ३ देखि चैत्र १० गतेसम्म धादिङ, निलकण्ठ नगरपालिका वडा नम्बर–८ स्थित् अमरावतीडाँडामा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ–२०७६ को आयोजना गर्ने भएको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकद्धारा यस्तो जानकारी गराइएको हो । शिरोमणि पण्डित रामकृष्ण उपाध्यायको मुखारविन्दुबाट उक्त सप्ताह ज्ञान महायज्ञको वाचन हुने पनि आयोजकले जनाएको छ । आयोजक संस्थाकाअनुसार उक्त महायज्ञबाट एक करोड रुपैयाँ संकलन गरिने उद्देश्य राखिएको छ । महायज्ञ सफल बनाएर गौमाताको संरक्षणको लागि निर्माण गर्न लागिएको राष्ट्रिय गौशला निर्माणको लागि संघीय सरकार, प्रदेश र स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने अपिल आयोजकले गरेको छ ।

कार्यक्रममा ब्रम्हाण समाज धादिङ जिल्ला अध्यक्ष गंगादत्त तिमल्सिनाले यो पवित्र उद्देश्य राखेर सुरु गर्न लागिएको महायज्ञलाई सफल बनाउनको लागि सहयोगको अपिल गरे । उनले गौमाता, जन्ममाता, धर्तीमाताको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, ब्रम्हाण समाज निलकण्ठ नगर कार्यसमितिका संयोजक पशुपति लम्सालले पनि सहयोगको अपिल गरेका थिए । उनले भने,‘मेरै संयोजकमा केन्द्रियमा तहमा पनि यो काम गर्छु । देशव्यापी रुपमा शाखा विस्तार गर्नतर्फ लाग्छु ।’
कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले आफूले पनि यो अभियानलाई सफल बनाउनको लागि आफ्नो तर्फबाट सकेको सहयोग गर्ने बताए । ‘मिडियाबाट प्रचारप्रसार गर्छु । धादिङ मेरो जिल्ला हो । जन्मभूमि हो । म लागिपरेको छु । धादिङमा हुने हरेक पवित्र काममा मेरो साथ र सहयोग रहन्छ । यो अभियान सफल हुन्छ ।’ उनले महायज्ञको सफलताको लागि शुभकामना पनि दिए । धादिङको विकास र समृद्धिको लागि आगामी दिनमा समेत निरन्तर सक्रिय हुने उनको भनाई छ ।

यो पनि पढ्नुहोस   रोटरी र संचार जगतबीच सहकार्य आवश्यक

हिन्दुवादी एक हुनुपर्छ

ब्रम्हाण समाज निलकण्ठ नगर कार्यसमिति सदस्य भवननाथ अधिकारीले लोप हुन लागेको गौसंरक्षणको लागि हन्दिूवादीहरु एक हुनुपर्ने धारणा राखे । ब्रम्हाण समाज निलकण्ठ नगर कार्यसमितिका उपाध्यक्ष गुणनाथ नेपालले उक्त कार्यक्रम सफल बनाउनको लागि रिपोर्टर्स क्लबलगायत सबैलाई प्रचारप्रसार गरी सहयोग गरिदिन आग्रह गरे ।

कार्यक्रममा लाकुरीबोट आमा समूह, धादिङकी अध्यक्ष मेघा कुमारी घिमिरेले यो अभियान सफल हुने विश्वास दिलाईन् । उनले राम भट्टको अभियानमा सञ्चालन भएका अभियानहरु सफल भएको सुनाउँदै यो पनि सफल हुनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिईन् । उनले भनिन्,‘उहाँकै नेतृत्वमा धादिङको मैदीमा मातातीर्थ आमा भवन सम्पन्न भयो । यो पनि सफल हुन्छ । उहाँले गरेका पु०यका अभियानहरु सफल भैरहेका छन् । हामी सबै जिल्लावासीको साथ छ ।’

कार्यक्रममा वाल्मिकी क्याम्पसका प्राध्यापक प्रकाशमणि लम्सालले पनि यो अभियान सफल बनाउनको लागि केन्द्रबाट भरपुर सहयोग गर्ने वचनबद्धता जनाए । कार्यक्रम सञ्चालन तथा उक्त अभियानका संयोजक राम भट्टले ७७ वटै जिल्लामा गौशला निर्माण गर्न महायज्ञ लगाउने घोषणा गरे । ‘२०७७ सालभित्र हामी यो अभियान सफलताका साथ सम्पन्न गर्छौं ।’–उनले भने ।

(Visited 97 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

नेपालका लागि सुनौलो अवसर

आउँदा पाँच वर्षभित्र नेपाल विकासशील देश बन्नु नेपालका लागि आफंैमा अवसर र चुनौती दुवै हो । आन्तरिक रूपमा यो बढी चुनौती हो भने बाह्य...

नेपाली काँग्रेस पदाधिकारीहरुको बैठक आज बस्दै

काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे...

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्ध दिइने

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन...

ट्रेन्डिङ

भ्रष्ट न्यायाधीश र प्रहरीलाई कारबाही गरेपछि नियन्त्रण हुन्छ बलात्कार

सिरहाको विष्णुपुर–१ मा २० वर्षीय तन्नेरी मुकेशकुमार सिंहले गाउँकै १६ वर्षीया किशोरीलाई बलात्कार गरे । बलात्कृत भैसकेपछि एउटी किशोरीले कुन हदसम्मको मानसिक पीडा झेल्न...

कर्मचारीमा कोरोना संक्रमण बढेपछि जिल्ला अस्पताल सिल

बझाङ । जिल्ला अस्पताल बझाङले आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरेको छ । विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस ‘कोभिड १९’ परिक्षणका क्रममा...

एकै रातमा चिहान बनेको घुम्थाङ गाउँको फोटोकथा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बारबिसे नगरपालिकाको घुम्थाङ नागपुजेमा पहिरो जाँदा २४ जना बेपत्ता भएका छन् भने ६ जनाको शब फेला परेको छ । घुम्थाङ...

जापानमा एकै दिनमा अहिलेसम्मकै धेरै एकैदिनमा ३ हजारभन्दा बढी कोरोना संक्रमित

टोकियो । जापानमा पछिल्लो समयमा कोरोना भाइरसको समस्या बढ्दै गएको देखिएको छ । जापानमा शनिबार एकैदिन अहिलेसम्मकै धेरै संक्रमितहरु थपिएका बताइएको छ । जापानको...

नक्सा पास नगरी स्कुलको भवन व्यापारिक प्रयोजनका लागि निर्माण, वडाध्यक्षको गैरजिम्मेवारी जवाफ–‘सबै कुरा मलाई थाहा हुन्छ ?’

इटहरी । इटहरी ५ मा रहेको ज्योति माध्यमिक विद्यालयमा निर्माणाधिन रहेको भवन नक्सा पास नै नगरी बनाईएको पाईएको छ । बिद्यालयले केही समययता मात्र...

गण्डकी प्रदेशमा ६ जना थपिए कोरोना सङ्क्रमित

कास्की । गण्डकी प्रदेशको तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पुर्व) जिल्लामा गरी थप छ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले...

चैत्य, मठमन्दिर र गुम्बा निर्माण गर्दै बैत्यश्वर

दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिकाले प्राकृतिक, धार्मिक र पुरातात्विक महत्व बोकेको ३४ स्थानको पहिचान गरी चैत्य, मठमन्दिर र गुम्बा निर्माण गरेको छ । भ्रमण...

अक्षय कुमार : फोब्सको सूचीमा १०० करोड कमाई गर्ने एक्ला भारतीय

मुम्बई । अमेरिकी बिज्नेस म्यागजिन फोब्सले सन २०२० मा सबै भन्दा धेरै कमाई गर्ने विश्वका एकसय जनाको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आज आगलागी हुँदा कम्तीमा चालीस घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास...

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

भर्खरै

बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्ध दिइने

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन...

रोटरी र संचार जगतबीच सहकार्य आवश्यक

ललितपुर । समाजसेवाको पर्याय मात्र होइन, रोटरी क्लबले व्यक्तित्व र नेतृत्व विकासका लागि धेरै महत्वपूर्ण भूमिका खेलेको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रक गभर्नर राजीव...

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका...

भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन्...

धेरै पढिएका

लोकतन्त्र र संविधान रक्षाका लागि बुद्धिजीवी पेसाकर्मी

बुद्धिजीवी एवं पेसाकर्मीहरू समाजको चेतनाका वाहक हुन् । उनीहरू समाजलाई सही बाटो देखाउने अग्रदूत पनि हुन । बुद्धिजीवी जो मानसिक श्रम गरेर जीविकोपार्जन गर्दछन,...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

सत्तामा निर्णायक कांग्रेस

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै बनेको नयाँ राजनीतिक ‘कोर्स’मा नेपाली कांग्रेस निर्णायक देखिने भएको छ । संसद् विघटनको निर्णय बदर भएर...

जनादेशअनुसार जुटेर अघि बढ

विघटित संसद् पुनस्र्थापना हुने भएपछि अबको नेपालको राजनीतिक परिदृश्यमा बन्ने सरकार नेकपाकै हुन्छ वा अरू कुनै दलको भनेर निकै चर्चा हुने गरेको छ ।...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)