Sunday, April 18, 2021
Home Not-to-be-missed कमेडी च्याम्पियन–२ का लागि २४ प्रतियोगी चयन

कमेडी च्याम्पियन–२ का लागि २४ प्रतियोगी चयन

,

काठमाडौं । पहिलो कमेडी च्याम्पियन सफल भएपछि सोही समूहले अब कमेडी च्याम्पिएन सिजन–२ दर्शकमाझ ल्याउने भएको हो । बुधबार काठमाडौंमा एक समारोहबीच आयोजक पक्षले दोस्रो संस्करणको घोषणा गरेको हो ।

आयोजक पक्षका अनुसार कमेडी च्याम्पियन–२ का लागि देश तथा विदेशबाट ६ हजारभन्दा बढी डिजिटल अडिसन प्राप्त भएको थियो । ६ हजारमध्ये १ सय ८० प्रतियोगीलाई काठमाडौं बोलाएर फिजिकल अडिसन गरिएको पनि कार्यक्रममा जानकारी गराइएको छ । जसबाट उत्कृष्ट २४ प्रतियोगी छनोट भएका छन् । उनीहरूको नाम चाँडै सार्वजनिक गर्ने पनि आयोजक पक्षले जनाएको छ ।

कोभिडका कारण दर्शकहरू निकै पीडामा रहेको बेला केही मात्रामा भए पनि खुसी पस्कन आफूहरूले कमेडी च्याम्पियनको दोस्रो संस्करण ल्याउन लागेको यसका निर्देशक विशाल भण्डारीले बताएका छन् । पहिलोभन्दा दोस्रो सिजन अझ भव्य हुने पनि उनको कथन छ ।

विगतको अनुभव सुनाउँदै निर्देशक भण्डारीले कार्यक्रममा भने, ‘गत वर्ष हामीलाई आर्थिक रूपमा पनि धेरै समस्या प¥यो । जसको कारण कतिपय सपनाहरू पूरा हुन सकेनन् ।’ यस वर्ष आर्थिक पक्षको चिन्ता नभएकाले ढुक्क रूपमा काम गर्न पाइएको पनि उनले बताए ।

कमेडी च्याम्पिएनको दोस्रो सिजनको कान्तिपुर टेलिभिजनबाट २१ फागुनबाट प्रसारण सुरु हुने पनि सोही कार्यक्रममा जानकारी गराइएको छ । कान्तिपुर टिभीका स्टेसन हेड दिनेश डिसी कमेडी च्याम्पियन टिमसँग सहकार्यलाई लिएर उत्साहित रहेको बताए,’ कमेडी च्याम्पियन अर्गानिक सोको रूपमा स्थापित भएको छ र यसलाई जैविक सोको रूपमा अघि बढाउने निर्णयसहित हामीले गत सिजनको अन्त्यमा नै पाँच वर्षको लागि सम्झौता गरेर लिइसकेका छौं,’ यो कार्यक्रममा अझै लामो समयसम्म आफ्नो टेलिभिजनमा प्रस्तुत गर्ने पनि उनले बताए ।

आयोकज पक्षका अनुसार कमेडी च्याम्पियनका निर्णायकमा यस वर्ष कुनै परिवर्तन भएको छैन । अघिल्लो वर्षजस्तै यस वर्ष पनि सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा नै निर्णायक भएको पनि कार्यक्रममा जानकारी गराइयो । कार्यक्रमको उद्घोषण रीमा विश्वकर्माले गर्ने पनि निर्देशक भण्डारीले बताए । थ्री प्रोडक्सनले निर्माण गर्ने कमेडी च्याम्पियनको कार्यकारी निर्मातामा केकी अधिकारी, विशाल भण्डारी, रीमा विश्वकर्मा र राज घिमिरे रहेका छन् ।

(Visited 116 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

नयाँ वर्ष राजनीतिक एकताको वर्ष बनोस्

अहिले हामी नयाँ वर्ष २०७८ लाई स्वागत गर्दै छौं । नयाँ वर्षले सबैमा सुख, शान्ति समृद्धि लिएर आओस् । विकृति र विसंगति हटाइदियोस् ।...

कोरोनाले खोस्यो चाडपर्वको रौनक

सप्तरी । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको छ...

जीप दुर्घटनामा प्रशासकीय अधिकृतसहित पाँचको मृत्यु

दाङ । प्युठानको स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ । बुधवार बिहान भएको...

कोरियामा नेपाली मजदूरको भिसा अवधि थप

सिउल । इपिएसमार्फत दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ । यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको...

काँग्रेसकाे नेतृत्वमा मंसिरमा चुनाव गर्नुपर्छ : कोइराला

पाेखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताएका छन् ।...

ट्रेन्डिङ

अब पेट्रोल र डिजेलमा १० रुपैंया पूर्वाधार कर

काठमाडौं । मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकले पूर्वाधार विकास करको दर परिर्वतन गरेको छ । बिहीवार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले...

टिप्परको ठक्करबाट हजुरबा र नातिनीको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–१९ स्थित मिलनचोकमा टिपरको ठक्करबाट टेम्पोमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उत्तरतर्फबाट आइरहेको को१क...

वाग्मती प्रदेशमा रिक्त पद मुख्यमन्त्री पौडेलले सम्हाले

मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तीनवटा मन्त्रालयको काम कारबाही आजदेखि आफै सम्हालेका छन् । वाग्मती प्रदेश प्रमुख सचिवालयका अनुसार मुख्यमन्त्री पौडेलले पुस...

सुरक्षा ‘थ्रेट’प्रति सतर्कता जरुरी

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमै आफूमाथि ‘सुरक्षा थ्रेट’ आएको भन्ने अभिव्यक्ति दिएपछि सिंगो देशको सुरक्षा व्यवस्थाको विषयलाई लिएर चिन्ता छाएको छ । तर,...

कोरोना सर्ने भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट

डोटी । जिल्लाको शिखर नगरपालिका–९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि तीन जनाको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको छ । गाउँको बाटो हिँड्ने...

पुँजीगत खर्चमा निराशाजनक अवस्था

नेकपाको दुई तिहाइको सरकार बनेसँगै विकास र समृद्धिका विषयलाई केन्द्रित गरेर विनियोजन गरिएको चालू आर्थिक वर्षको बजेटअन्तर्गत पुँजीगत तर्फको खर्च अत्यन्तै निराशाजनक देखिएको छ...

बाबुछोरी कोरोना भाइरसबाट सङ्क्रमित

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा पछिल्लो पटक बाबुछोरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पाल्हीनन्दन गाउँपालिका– १ का ३३ वर्षीय पुरुष र उनकी...

कोरोना संक्रमणविरुद्ध गण्डकी प्रदेशको तयारी

पोखरा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्ध गण्डकी प्रदेश उच्च सतर्कता अपनाइएको छ । प्रदेश राजधानी पोखरा क्षेत्रका अस्पतालमा १ सय...

फूलखेतीबाट पाँच लाख आम्दानी

सुरुङ्गा । झापाको विर्तामोड नगरपालिका–९ निवासी लक्ष्मीमाया अधिकारीले सयपत्री फूलको व्यावसायिक खेती गरेको अढाई वर्ष भयो । उनले फूलखेती गरेरै आफ्नो परिचय फेरेकी...

ललितपुरमा तीन हजार कोरोना संक्रमित

ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार...

देशभरका अदालत दुई साताका लागि बन्द

काठमाडौं । कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै देशभरका अदालतहरु आइतबारदेखि दुई साता बन्द हुने भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको...

काठमाडौं उपत्यकामै आइपुग्यो वर्षायाम भित्र्याउने मौसम प्रणाली, यस्तो छ बुधबारसम्मको मनसुनी अवस्था

काठमाडौं । मनसुनी वायु देशभर फैलने क्रममा आजदेखि काठमाडौं उपत्यकामा पनि आइपुगेको छ । मौसमविदहरुका अनुसार वर्षायाम भित्र्याउने मौसमी प्रणाली आज सोमबारबाट देशको मध्य...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)