रियल मड्रिड अन्तिम आठ नजिक

मड्रिड । इटालियन क्लब एट्लान्टालाई पराजित गर्दै स्पेनिस जाइन्ट क्लब रियल मड्रिडले अन्तिम आठको बाटो बनाउन सजिलो बनाएको छ। युईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा आफ्नै घरेलु मैदानमा एटलान्टालाई रियल मड्रिडसँग ०–१ गोलले पराजित भएको हो ।

बिहीबार बिहान सम्पन्न खेलमा पहिलो हाफको १७औं मिनेटमै एटलान्टाका मिडफिल्डर रेमो फ्रेउलरले रातो कार्ड पाएपछि खेलको लय नै परिवर्तन भएको थियो । दश खेलाडीमा सीमित एटलान्टाले पहिलो हाफ गोलरहित बराबरीमा खेले पनि दोस्रो हाफको ८५औं मिनेटमा रियलका फरल्याण्ड मेन्डीले गोल गरे । यो गोल नै निर्णायक बन्न पुग्यो ।

त्यसैगरी आजै सम्पन्न अर्को खेलमा आफ्नै घरेलु मैदानमा बोरुसिया मोनचेनगल्यानब्याच म्यानचेष्टर सिटीसँग स्तब्ध बन्न पुगेको छ । च्याम्पियन्स लिगको पहिलो लेगमा बरुसियालाई २–० ले पराजित गर्दै सिटीले पनि अन्तिम आठको बाटोलाई सजिलो बनाएको हो ।

पहिलो हाफको २९औं मिनेटमा बेरनाडो सिल्भाले गरेको गोलले अग्रता लिएको सिटीले दोस्रो हाफको ६५औं मिनेटमा ग्याब्रियल जेससले अर्को गोल गर्दै अग्रतालाई दोब्बर बनाएपछि यो जीत म्यानचेष्टर सिटीको हातमा गएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 319 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी