Sunday, April 18, 2021
Home भर्खरै सत्ता साझेदारीका लागि दाहाल नेपालको दौडधूप

सत्ता साझेदारीका लागि दाहाल नेपालको दौडधूप

जसपा नेताको व्यंग्य –तपाईंहरूको पार्टी कुन हो ?’

,

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णय गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल नयाँ सरकार निर्माण र सत्ता साझेदारीका लागि दौडधूपमा छन् बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता सहकार्यको प्रस्ताव गरेका दाहाल–नेपालले बिहीबार जनतासमाजवादी पार्टी (जसपा)का नेतालाई भेटेर सरकार निर्माणमा सहभागी हुन र सहकार्य गर्न आग्रह गरेका छन् ।

नेकपा कार्यालय पेरिसडाँडामा जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग दाहाल नेपालले करिब १ घण्टा सरकार निर्माणबारे छलफल गरेका थिए । छलफलमा दाहाल–नेपालले सरकार निर्माणमा सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेका छन् । सो छलफलमा जसपाका नेताहरूले दाहाल–नेपाललाई तपाईंहरूको पार्टी कुन हो भन्दै व्यंग्यसमेत गरेका छन् ।

छलफलमा बोल्दै अध्यक्ष दाहालले सत्ता समीकरणका लागि कांग्रेस सभापति देउवा पनि सकारात्मक रहेको बताउँदै जसपा नेताहरूलाई फकाउने प्रयास गरेका थिए । उनले प्रतिनिधिसभा विघटनसँगै नेकपा फुटिसकेकाले अब मिल्ने सम्भावना नरहेको तथा कांग्रेस र जसपासहितका शक्तिसँग मिलेर आफूहरूले सरकार बनाउन चाहेको बताएका थिए ।

– संविधान संशोधन गर्न तयार भए मात्रै सहकार्य हुन सक्ने सर्त

दाहाल–नेपालले सरकारमा सहकार्य प्रस्ताव गरे पनि जसपा नेताहरूले भने उनीहरूमाथि आधिकारिकताको प्रश्न उठाएका छन् । जसपा अध्यक्ष ठाकुरले दाहाल–नेपाललाई नेकपाको आधिकारिकताबारे प्रश्न उठाएका थिए ।

‘तपाईंहरूको पार्टी कुन हो ? पहिले तपार्इंहरूले पार्टीको टुंगो लगाउनुस्’, ठाकुरको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘यदि नेकपा नै यथावत् हो भने ठीकै छ । होइन, फुटेकै हो भने पनि तपार्इंहरूले राजनीतिक रूपमा मान्यता प्राप्त नगरी हामी सहकार्य गर्न सक्ने अवस्था रहँदैन ।’

सत्ता समीकरणका लागि गरेको प्रस्तावमा जसपाका अध्यक्ष ठाकुरसँगै वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठले पनि सरकार निर्माणका लागि पार्टी चाहिने तर्क राखेका थिए । ‘पहिलो कुरा त सरकार निर्माणका लागि तपाईंहरूको पार्टी चाहियो नि’ वरिष्ठ नेता महतोले भने, ‘पार्टीको कुरो टुंगो नलागी सरकार निर्माण कसरी अघि बढ्छ ? पहिले एउटै हो कि दुईवटा भइसक्यो ? त्यसलाई कानुनी रूपमा टुंगो लगाउनुस् अनि सरकारमा सहकार्यको कुरा अघि बढ्न सक्छ ।’

बैठकपछि बाहिरिँदा पनि आफूले त्यही कुरा राखेको जानकारी महतोले पत्रकारलाई दिएका छन् । ‘तपार्इंहरूको कुन पार्टी हो ? पार्टी चाहियो नि त त्यसमा पहिले प्रस्ट हुनुहोस्’, बैठकमा आफ्नो भनाइबारे महतोले भने, ‘तपाईंहरूले राखेका सबै कुरा हामी हाम्रो पार्टीको बैठकमा छलफल गर्छौं भनेका छौं ।’

स्रोतका अनुसार बैठकमा जसपा नेताहरूले संविधान संशोधन र हाल जेलमा रहेका टीकापुर हत्याकाण्डका प्रमुख योजनाकार भनिएका सांसद रेशम चौधरीबारे साझा एजेन्डा बनाए सहयात्रा सम्भव हुने बताएका थिए । उनीहरूले यी दुई एजेन्डामा दाहाल–नेपाल तयार भएमा पार्टीले आधिकारिकता पाएपछि सरकारसम्मको सहयात्रा सम्भव हुने तर्क गरेका छन् ।

जसपा नेताहरूसँगको संवादका क्रममा दाहालले आफ्नै समूह आधिकारिक रहेको जिकिर गरेका थिए । उनले ओलीको प्रतिगामी कदमका कारण विभाजित पार्टी अब एक हुनै नसक्ने तर्क गर्दै बहुमत रहेकाले आफूहरू नै आधिकारिक रहेको तर्क गरेका हुन् ।

अर्का अध्यक्ष नेपालले पनि संसद्देखि पार्टीसम्म आफूहरूकै बहुमत रहेकाले सबैतिर आफूहरू नै आधिकारिक हुने व्याख्या बैठकमा गरेका छन् । तर, जसपा नेताहरूले जवाफमा दाहाल नेपाललाई ओलीको प्रतिगमन अदालतले सच्याए पनि संविधान बनाउँदा भएको प्रतिगमन पनि सच्चिनु नपर्ने मत राखेका छन् । उनीहरूले संविधान संशोधन गर्न तयार भए मात्रै सहयात्रा सम्भव हुने सर्त राखेका थिए ।

जसपाले बैठकमा संविधान संशोधनबारे कांग्रेस, एमाले र माओवादीसँग गरिएका सम्झौता कार्यान्वयन हुनुपर्ने अडान राखेका थिए । उनीहरूले टीकापुर हत्याकाण्डसहितका जोडिएका आफ्ना नेताकार्यकर्ता रिहा नभएसम्म सहकार्य असम्भव रहेको जवाफ दिएको स्रोतको दाबी छ ।

(Visited 85 times, 1 visits today)
Loading comments...

आजको समाचार

जिकज्याक मोटरसाईकल चलाएर चालकसंग निउ खोज्ने ६ जना पक्राउ

धनकुटा । धनकुटामा दादागिरी देखाएको आरोपमा ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । साँगुरीगढी गाउँपालिका–६ मालवासेस्थित कोशी राजमार्गमा सवारी साधनलाई रोकेर हुल हुज्जत...

कोरोना नियन्त्रणका लागि सहयोग गर्न दलहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सम्मपन्न सर्वदलीय बैठकमा...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

एमसीसीको पक्षमा कांग्रेस

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ । मुलुकको राजनीति लामो समयदेखि एमसीसीकै वरिपरि घुम्दै आइरहेका बेला प्रधानमन्त्री...

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

साताका लोकप्रिय समाचार

नेपालमा काेराेना संक्रमणबाट एकै दिन ८ जनाकाे मृत्यु

काठमाडाैं ।  कोरोनाभाइरसबाट संक्रमणबाट पछिल्लाे २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । नेपालमा सोमबार ५५९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ५...

गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, चारको अवस्था गम्भिर

गुल्मी । गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना गम्भिर घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेकमा लु २...

जिकज्याक मोटरसाईकल चलाएर चालकसंग निउ खोज्ने ६ जना पक्राउ

धनकुटा । धनकुटामा दादागिरी देखाएको आरोपमा ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । साँगुरीगढी गाउँपालिका–६ मालवासेस्थित कोशी राजमार्गमा सवारी साधनलाई रोकेर हुल हुज्जत...

सरकार निर्माणका लागि दौडधूप तीव्र, अलमलमा जसपा

काठमाडौं । सरकार निर्माणका लागि नेताहरूको दौडधूप भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का नेताहरू अलमलमा छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख...

टुँडिखेलमा घाेडेजात्रा (फाेटाेफिचर)

काठमाडाैं । हरेक वर्ष चैत्र कृष्ण औँशीका दिन मनाइने घोडेजात्रा पर्व आइतबार काठमाडौं उपत्यकामा परम्परागत रुपमा मनाइएको छ । घोडेजात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला,...

ट्रेन्डिङ

सिरहा कारागारका १४८ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि

सिरहा । सिरहा कारागारका १ सय ४८ कैदीबन्दीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत भदौ २५ मा २ सय ४६ जनाको स्वाब संकलन...

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

उदयपुर । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चौदण्डीगढी नगरपालिका-७ बस्ने ४७ वर्षीय कुल बहादुर बिष्टलाई बिहीबार दिउँसो...

सम्पादकीय : खोप कार्यक्रम सर्वसाधरणसम्म लक्षित गर

विश्वका विकसित देशमा कोरोना भाइरसविरुद्धको खोप दिन सुरु गरिएसँगै नेपाल सरकारले पनि उक्त खोप नेपाल भित्र्याउन पहल गरिसकेको विषयले सर्वसाधरण सबैमा खुसी ल्याएको छ...

प्रदेश २ को निती तथा कार्यक्रम पारित

जनकपुरधाम । प्रदेश २ सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभामा प्रस्तुत गरेको सरकारको...

काठमाडौँ उपत्यकामा कोरोनाको जोखिम बढ्दै

काठमाडौँ । बन्दाबन्दी खुलेपछि मानिसको आवतजावत बढेकाले काठमाडौँ उपत्यकामा कोभिड– १९ को जोखिम दैनिकरुपमा बढ्दै गएको छ । कोभिड–१९ बाट बच्नका लागि सुरक्षाका उपाय...

करिनाको कामको प्रशंसा

मुम्बई ।  शुक्रबारबाट नयाँ बलिउड फिल्म ‘अंग्रेजी मिडियम’ विश्वव्यापी रूपमा रिलिज भएको छ । यो हिन्दी मिडियमको सिक्वेल हो । कोरोना भाइरसको व्यापाक त्रास...

सार्वजनिक यातायात सञ्चालनको निर्णय भएको छैन : व्यवसायी महासङ्घ

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक यातायात सञ्चालनसम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पारेको छ । केही सञ्चारमाध्यमले यही असार २१ गतेदेखि सार्वजनिक...

बागबजारका व्यवसायीमा काेराेना देखिएपछि थाक्रे गाउँपालिकाको जुँगेखोला क्षेत्र सिल

धादिङ ।  थाक्रे गाउँपालिका–८ स्थित जुँगेखोलामा बसोबास गर्ने एक व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि उक्त क्षेत्र सिल (बन्द) गरिएको छ । जेठ ६ देखि ११ गतेसम्म...

गण्डकी प्रदेश अब बागलुङ केन्द्रित

पाेखरा । बागलुङ जिल्लामा पनि काेराेना परीक्षणकाे र्‍यापिड डाइग्नोस्टिक टेष्ट हुने भएपछि गण्डकी प्रदेशकाे ध्यान त्यतातिर खिचिएकाे छ। संघीय सरकारकाे शनिबारकाे बैठकले बागलुङ...

महामारीमा सरकारी अस्पताललाई थप प्रभावकरी बनाऊ

कोभिड–१९ महामारी संक्रमणको बेलामा आम जनतामा प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने मुख्य दायित्वमा रहेका सरकारी अस्पताल निकै कमजोर र रुग्ण हुँदै गएका छन् । यसले...

अनिल कपुरलाई कोरोना भएको समाचारले सोनम आक्रोसित

मुम्बई । अभिनेता अनिल कपुरलाई कोरोना भाइरस पोजेटिभ भएको समाचार सार्वजनिक भएपछि उनकी छोरी सोनम कपुर आक्रोसित छिन् । यो समाचारले अनिलको परिवारलाई अहिले...

हथौडा प्रहार गरी बृद्धको हत्या

रौतहट, २८ माघ । रौतहटको दुर्गा भगवती गाउँपालीकामा एकजना बृद्धको हथौडा प्रहार गरी हत्या गरिएको छ । सो गाउपालिकाको वडा नं. ३,...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)